रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निर्वाचन सम्पन्न भएसँगै जिल्लाका चारवटै क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत छोटेलाल दासका अनुसार मतपेटिका संकलन र आवश्यक व्यवस्थापनको कार्य सकिनेबित्तिकै गणना प्रक्रिया अघि बढाइनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका लागि चारवटा स्थान तोकिएको छ । रौतहट क्षेत्र नं. १ को जुद्ध माध्यमिक…
Read MoreCategory: प्रदेश
भयरहित वातावरणमा बाजुरामा निर्वाचन सम्पन्न, ४४ हजार बढी मत खसे
बाजुरा । बाजुरामा पहिलोपटक शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको छ । २०४८ सालयता बाजुरामा हरेक निर्वाचनमा धाँधली,झैझगडा र बुथ कब्जा हुने गरेका थिए । यो निर्वाचन भने भयरहित वातावरणमा सम्पन्न हुँदा यसलाई नमुना मतदानको रुपमा लगिएको छ । यहाँका नागरिकले आफ्नो मत आफैंले हाल्न पाएका छन् । पहिलो पटक शान्तिपूर्ण तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विहान ७ बजेबाट ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म कुनै अप्रिय घटना नघटी शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको…
Read Moreअर्काको नाममा मतदान गर्न खोज्ने एक युवक रौतहटबाट पक्राउ
रौतहट । रौतहटको राजपुर नगरपालिकामा अर्काको नाममा मतदान गर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । राजपुर नगरपालिका-९, बैरियास्थित मतदान केन्द्रबाट १८ वर्षीय अरजे हयातलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बैरिया अनाथालयस्थित मतदान केन्द्रमा हयातले स्थानीय महमद आसिकको नाममा मत खसाल्न खोजेपछि विवाद उत्पन्न भएको थियो । स्थिति तनावपूर्ण बनेपछि विवादलाई साम्य पार्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णुप्रदिप बस्यालले जानकारी दिए । डिएसपी बस्यालका अनुसार घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ । ‘उनले वास्तवमै अर्काको नाममा मत खसाल्न खोजेका हुन् वा होइनन् भन्ने विषयमा…
Read Moreदोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने
रामेछाप । दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदान केन्द्रमा स्थगित भएको मतदान अर्को मितिमा हुने भएको छ । बुथ कब्जाको प्रयास भएपछि रोकिएको मतदान अब अर्को मितिमा हुने भएको हो । स्थगित मतदानका लागि अर्को मिति तोक्नको लागि जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय मतदान अधिकृतले गरेका छन्। कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि एमाले र रास्वपाले विरोध जनाउँदा सो मतदान केन्द्रमा स्थित असामान्य बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। बुथ कब्जा गर्नको लागि कांग्रेस र नेकपाका कार्यकर्ताले मतपत्रको ठेली बोकेर हिँडेका थिए ।…
Read Moreकर्णालीमा ४५ प्रतिशत मतदान
सुर्खेत । कर्णाली प्रदेशमा तीन बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।१ बजेसम्म ३० दशमलव सात प्रतिशत मत खसेकोमा पछिल्लो दुई घण्टामा थप १५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कर्णालीको १२ निर्वाचन क्षेत्रमा १० लाख ३७ हजार दुई सय ५० मतदाता रहेकोमा तीन बजेसम्म चार लाख ६८ हजार चार सय २५ मत खसेको छ । यो कुल मतदाताको ४५ दशमलब दुई प्रतिशत हो । तीन बजेसम्म सबै भन्दा बढी डोल्पामा ५९ दशमलव ४६ प्रतिशत र सबैभन्दा कम ३५ दशमलब २७ दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा…
Read Moreगौर कारागार कार्यालयमा २२ कर्मचारी र ६१ कैदीबन्दीले गरे मतदान
रौतहट । रौतहटको गौरस्थित कारागार कार्यालयमा प्रतिनिधि सभा निर्वाचनको मतदान कार्य सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दी र त्यहाँ खटिएका सुरक्षाकर्मी एवं कर्मचारीहरूले आज(विहीबार) मतदान गरेका हुन् । कारागार कार्यालय गौर, रौतहट अस्थायी मतदान केन्द्रका मतदान अधिकृत सावित्रा थापाका अनुसार, कारागारमा रहेका कूल २०८ कैदीबन्दीमध्ये ६३ जना मतदाता सूचीमा रहेका थिए । ६३ जना पुरुष मतदातामध्ये दुईजना भर्खरै कैदमुक्त भई गएकाले बाँकी ६१ जना कैदी बन्दीले उत्साहपूर्वक मतदान गरेका छन् । कारागारमा हाल १९९ पुरुष र ९ महिला कैदी बन्दी रहेका भए पनि महिलातर्फ भने कोही पनि मतदाता थिएनन्…
Read Moreहेटौंडामा अनुमती बिना चलाइएका १९० सवारीसाधन नियन्त्रणमा
हेटौंडा । मकवानपुरमा सवारी साधन अनुगमनलाई कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको नेतृत्वमा खटिएको अनुगमन टोलीले विभिन्न स्थानमा जाँच गर्दा १९० वटा सवारी साधनमाथि कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सवारी दर्ता कागजात, सवारी अनुमति पत्र (लाइसेन्स) तथा आवश्यक कागजात नभएका मोटरसाइकल, स्कुटर र अटो लगायतका सवारी साधनलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए । अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी अधिकारीले गरेका थिए । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी…
Read Moreसर्लाही पुगे गगन, मतदान केन्द्रको गरे निरीक्षण
सर्लाही । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा काठमाडौं मैतीदेवीमा मतदान गरेलगत्तै सर्लाही पुगेका छन् । उनले सर्लाही जिल्ला क्षेत्र नम्बर ४ अन्तर्गत रहेको बरहथवा नगरपालिका वडा नं २ को मतदान केन्द्रको निरीक्षण पनि गरेका छन् । मतदानपछि प्रतिक्रिया दिंदै थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएको प्रतिक्रिया दिएका थिए ।
Read Moreकर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गरे मतदान
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मतदान गरेका छन् । वीरेन्द्रनगर नगरपालिका—४ को भैरवस्थान मावि मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । हरेक निर्वाचनमा पहिलो मतदान गर्दै आएका मुख्यमन्त्री कँडेलले यो पटक साढे १ बजे मतदान गरेका थिए ।
Read Moreकांग्रेसका पूर्वकार्यवहाक सभापति खड्काले गरे मतदान
सुर्खेत । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मतदान गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर-१ को गुर्भाकोटस्थित सूर्य ज्योति मावि मतदान केन्द्रमा पुगेर खड्काले मतदान गरेका हुन् । ०४८ सालबाट नियमित सुर्खेत १ बाट उम्मेदवार हुँदै आएका खड्का यस पटक कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्वबाट पदच्युत गरिएपछि चुनाव अवधिभर निष्क्रिय रहेका थिए ।
Read More