विराटनगर । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा विराटनगर विमानस्थलमा बुधबार ‘फूल स्केल एक्सरसाइज’ सञ्चालन गर्दै जहाज दुर्घटनापछिको आपत्कालीन उद्धार तथा व्यवस्थापन प्रणालीको अभ्यास गरिएको छ । अभ्यासका क्रममा दुर्घटनाको अवस्था यथार्थजस्तै सिर्जना गर्दै सूचना प्रवाह, उद्धार समन्वय र संकट व्यवस्थापन क्षमताको तीन चरणमा परीक्षण गरिएको थियो । परिकल्पनाअनुसार काठमाडौंबाट बिहान ७ः२० बजे उडेको ‘एक्सरसाइज एयर’को इए–००६ नम्बरको विमान अवतरणका क्रममा ‘एब्नर्मल रनवे कन्ट्याक्ट’ भएपछि पहिलो प्रयास असफल भई ‘मिस्ड अप्रोच’ गरिएको देखाइएको थियो । त्यसपछि बायाँ ल्यान्डिङ गियरमा समस्या देखिँदा पुनः अवतरण गर्ने क्रममा बिहान करिब ८ः०५ बजे दुर्घटना भएको…
Read MoreCategory: प्रदेश
बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न
बाजुरा । बाजुरा जिल्ला स्तरीय प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक औंपचारीक कार्यक्रमका बिच बडी मालिका नगरपालिकाको सभा हलमा आयोजित उक्त वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । सङ्घ र प्रदेश अन्तर्गतका सम्पूर्ण कार्यालयका कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख लगायतको उपस्थितमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवाल,नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव काँशी विक लगायतको उपस्थिति थियो । त्यस्तै विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि,विभिन्न सङ्घ…
Read Moreकोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीकी ममतामयी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा निधन भएको छ । बुधबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मुख्यमन्त्री कार्कीकी आमाको २०८२ साल फागुन १४ गते आफ्नै निवासको बाथरुममा लड्दा दाहिने खुट्टाको हिपभन्दा मुनिको भाग भाँचिएको थियो । त्यसपछि उनलाई उपचारका लागि विराटनगर स्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना पश्चात् फागुन २० गते डा. सन्तोष नेपालसहितको चिकित्सक टोलीले सफल शल्यक्रिया समेत गरेको थियो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार देखिएको र फिजियोथेरापीसहित थप उपचार भइरहेको…
Read Moreएम्बुलेन्स दुर्घटना, दुई जनाको मृत्यु, दुई घाइते (विवरण सहित)
मुगु । जुम्लादेखि कालिकोट हुँदै नेपालगन्ज बिरामी बोकेर गएको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जुम्लादेखि नेपालगन्ज बिरामी बोकेर गएको हिमा गाउँपालिका जुम्लाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालिकोटको खाडाचक्र नगरपालिका-२ मेयरखोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको कालिकोटका डिएसपी हिम बहादुर खत्रीले बताए । उनका अनुसार मृत्यु हुनेमा हिमा-६ पात खोला बस्ने ३२ वर्षीय भीमबहादुर अधिकारी र हिमा-७ मर्चीगाउँ बस्ने एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेका छन् । कालिकोट जिल्ला प्रहरीका अनुसार एम्बुलेन्स सडकदेखि २५ मिटर तल…
Read Moreसर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु
सर्लाही । सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी राम बैलकोटी ५ बर्षिय छोरा वियान्श बैलकोटी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार बिहान उनका बुवाले आफ्नै खेतमा सिँचाइका लागि जडान गरिएको विद्युत् मोटर नजिकै खेल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
Read Moreमिर्गौला पीडित कुल बहादुरको जीवन बचाउन हारगुहार
रौतहट । जुन हातहरूले हिजोसम्म दैनिक ज्यालादारी गरेर परिवारको बिहान–बेलुकीको छाक टार्ने गर्दथे, आज तिनै हातहरू आफ्नै जीवनको भिक्षा माग्दै अस्पतालको शय्याबाट छटपटाइरहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ का कुल बहादुर सुनार अहिले मृत्यु र जीवनको दोसाँधमा छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको संसार नै अन्धकार बनेको छ । हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत सुनारको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ । चिकित्सकका अनुसार उनको जीवन बचाउने एकमात्र विकल्प ‘मिर्गौला प्रत्यारोपण’ हो । तर, एकातिर मिर्गौला दाताको अभाव छ भने अर्कोतिर उपचारका लागि आवश्यक मोटो रकमले परिवारलाई मर्माहत…
Read Moreकाठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ ले नवयुवाको सीप अभिवृद्धि तथा रोजगारी उन्मुख बनाउने उद्देश्यले विभिन्न प्रविधिमैत्री तालिम सञ्चालन गरेको थियो । ‘ग्राफिक डिजाइन, डिजिटल मार्केटिङ, डेभप्स र एआइ फर एभ्रिवन’ विषयमा सञ्चालन गरिएको उक्त तालिमका सहभागीलाई शनिबार आयोजित समापन कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । समापन समारोहलाई सम्बोधन गर्दै वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले वर्तमान समय प्रविधिको युग भएकाले युवालाई सोहीअनुसारको सीप प्रदान गर्न आवश्यक रहेको बताए । उनले वडाले तालिम प्रदान गरेर मात्रै नछाड्ने, तालिमप्राप्त युवाहरूलाई पुनः समेट्दै तालिमको प्रभावकारिता, व्यवहारिक उपयोगिता तथा आगामी आवश्यकताबारे छलफल गर्ने योजना…
Read Moreरामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा नि:शुल्क स्वास्थ्य शिविर, २०० जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा
रामेछाप । वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले जिल्लामा दोरम्बा सैलुङ गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिबार सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो गाउँपालिकाका विभिन्न वडाका २ सय जानले स्वास्थ्य सेवा लिएका चिकित्सालयका प्रमुख दीपक कार्कीले जनकारी दिए । कार्कीका अनुसार शिविरमा बिरामीको जाँच, परामर्श तथा निःशुल्क औषधि वितरण गरिएको थियो । शिविमा वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालय तथा विभिन्न औषधि कम्पनीहरूले उपलब्ध गराएका औषधीहरू वितरण गरिएको हो । शिविरमा हाड–जोड्नीको दुखाई, पुरानो खोकी, छाला सम्बन्धी रोग, शरीर पोल्ने, झमझमाउने, युरिक एसिड, पायल्स,…
Read Moreवित्तीय सुशासनका आधारमा सहकारीको गुण दोष हेर्नु पर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन पारदर्शिता, उत्तरदायित्व र जबाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । ६९औँ सहकारी दिवसको अवसरमा काठमाडौं महानगरका सहकारी विभाग र जिल्ला सहकारी सङ्घ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरिन् । सहकारीका कारण व्यक्तिहरू घरविहीन भएको, छोराछोरीको विवाहका लागि राखेको बचत नपाएको, औषधि उपचारका लागि रकम अभाव भएको जस्ता गुनासा लिएर बचतकर्ताहरू महानगरमा आउने गरेको र उनीहरूलाई स्थानीय सरकारको…
Read Moreदुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न
सर्लाही । चन्द्र नगर गाउँपालिका–२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् । गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएका थिए । ठाकुरलाई बयलवासमा सामान्य उपचारपश्चात् थप उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा सोही दिन बेलुकीपख मृत्यु भएको थियो । दुर्घटना भएको दुई महिना बढी भइसक्दा पनि कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्छो…
Read More