वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा-१ मा ११ वर्षीया बालिकामाथि यौनजन्य हिंसाको प्रयास गर्ने अधबैँसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । परिवारका अनुसार बिहान करिब ११ बजेको समयमा पीडित बालिका (परिवर्तित नामस् रिमा) पसलको पुरानो बाँकी रकम तिर्न गएकी थिइन् । सोही मौका छोपी मियाले बालिकालाई पसलभित्र लगी मोबाइलमा अश्लिल भिडियो देखाउँदै अनैतिक कार्यको प्रयास गरेका थिए । ५० वर्षका मियाले नातिनी उमेरकी बालिकामाथि गरेको यो हर्कतले स्थानीयलाई स्तब्ध बनाएको छ ।…

Read More

हावाहुरीको जोखिम : रौतहट प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

रौतहट । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले सर्वसाधारणमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रशासनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत एक सूचना जारी गरी तराईका भू–भागहरूमा अपराह्नपछि हावाहुरी चल्ने सम्भावना रहेको जनाएको हो। विशेषगरी रातिको समयमा मधेश प्रदेशका रौतहट, बारा, सर्लाही र महोत्तरी तथा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रमा ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ । तीव्र गतिको हावाहुरीका कारण रुखहरू ढल्ने, कमजोर संरचना तथा घरको छाना उडाउने, र विद्युत् एवं सञ्चार सेवा…

Read More

गौमुल गाउँपालिकामा नियमित खोपबाट छुटेका बालबालिकाको खोजी अभियान सुरु

बाजुरा । नियमित खोप सेवाबाट छुटेका बालबालिकालाई खोजी र खोप अभियान सञ्चालन गर्न बाजुराको गौमुल गाउँपालिकाले सक्रिय कदम चालेको छ । गाउँपालिकाले ६ वटै वडामा पुगेर छुटेका बालबालिकाको पहिचान गरी सर्वेक्षण सुरु गरेको जनाएको छ । स्वास्थ्य शाखा प्रमुख हरिश विकका अनुसार, पालिकाका १० वटा स्वास्थ्य संस्थाबाट एक–एक जना स्वास्थ्यकर्मी खटाएर अभियान सञ्चालन गरिएको छ। अभियानको मुख्य उद्देश्य विभिन्न कारणले खोपबाट वञ्चित बालबालिकालाई पहिचान गरी खोपको दायरामा ल्याउनु रहेको छ । यो अभियान यही चैत मसान्तसम्म सञ्चालन हुने जनाएको छ । छिमेकी भारत जाने परिवारका बालबालिकाहरू खोप कार्ड नहुँदा वञ्चित…

Read More

सर्लाहीमा एसईई प्रश्नपत्र आउट गर्ने युवक पक्राउ

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोज कुमार यादव रहेका छन्। सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार, यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित श्री बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बिहीबार (मिति हालै) पक्राउ गरिएको हो। परीक्षा सुरु भएको केही मिनेटमै (८ः०९) उनी परीक्षा केन्द्रबाहिर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनको मोबाइलमा परीक्षा भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रका ६ पाना भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि…

Read More

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक सम्पन्न, रोजगारी र श्रमिक अधिकारमा जोड

हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गत गठन भएको प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौंडामा सम्पन्न भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाको अध्यक्षतामा भएको बैठकमा विभिन्न मन्त्रालयका प्रदेश सचिव, सम्बन्धित निकायका प्रतिनिधि, रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । बैठकमा प्रदेशभित्र रोजगारी सिर्जना, श्रमिकहरूको सीप विकास, वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने उपाय, श्रमिक अधिकार संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको छ । साथै निजी क्षेत्रसँग सहकार्य बढाएर उत्पादनशील क्षेत्रमा लगानी वृद्धि, उद्यमशीलता विकास र…

Read More

कर्णालीका ‘गेम चेन्जर’ परियोजनाहरुले तत्काल पूर्णता पाउनुपर्छ : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका जनकराज गिरीले बाजुरामा भौतिक पूर्वाधारमा उल्लेखनीय प्रगती भएपनि स्थानीय जनताको आयआर्जन र रोजगारीको अवस्था अझै कमजोर रहेको बताएका छन् । उनले बाजुरा भौगोलिक रूपमा दुर्गम र विकट भएपनि पछिल्लो समय सडक, सञ्चार र विद्युत् पहुँच विस्तार भएको उल्लेख गरे । उनले भने, ‘०५६ सालमा म सांसद हुँदा २७ वटा गाविसमध्ये कतैपनि मोटर पुगेको थिएन । तर अहिले ६ वटाबाहेक सबै वडामा गाडी पुगेको छ । उनका अनुसार विगतमा टेलिफोन र बिजुलीसमेत नपुगेका गाउँहरूमा अहिले टावर र विद्युत् सेवा विस्तार भइसकेको छ, जसले…

Read More

ललितपुर महानगरमा वातावरण प्रहरी एम्बुलेन्स संचालनमा

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एम्बुलेन्स संचालनमा ल्याएको छ ।महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एम्बुलेन्सको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मेयर महर्जनले ललितपुरको पार्टन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगाएतका क्षेत्रमा ‘नो स्मोकिङ जोन’ व्यवस्थापन गरेको बताए । उनले पाटन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेल लगायतका क्षेत्रमा ‘नो स्मोकिङ जोन’ व्यवस्थापन गरेकाले यस क्षेत्रमा कसैले धुम्रपान गर्यो भने बातावरण प्रहरीले कारवाही गर्ने बताए । उले भने, ‘ललितपुर महानगरको धेरै ठाउँमा जस्तै–पाटन दरबार क्षेत्र, पुल्चोक र जाउलाखेललगायतका क्षेत्रमा ‘नो स्मोकिङ जोन व्यवस्थापन गर्यौं । त्यसको…

Read More

२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै

सुर्खेत । सुर्खेतकी १६ बर्षिया इनिशा बिकको आज दाहसंस्कार गरिने भएको छ । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन् । इनिशाको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् । दुई साता लामो अनुसन्धान पछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । आइतबार सरकारी…

Read More

काठमाडौं महानगरले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो । थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीन भवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व पश्चिम दिशाको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । ‘बेलुका ८…

Read More

आजदेखि एसइई परीक्षा सुरु, कर्णालीमा ३८ हजार बढी परीक्षार्थी

सुर्खेत । आजदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षाका लागि कर्णालीका १० वटै जिल्लाका परीक्षा केन्द्रहरूमा परीक्षाका लागि आवश्यक प्रश्न पत्र र उत्तर पुस्तिकाहरू पुर्याइएको र केन्द्राध्यक्षसहित परीक्षामा परिचालन हुने जनशक्तिलाई अभिमुखीकरण लगायतका क्रियाकलापहरू सकिएको शिक्षा विकास निर्देशक दीपा हमालले जानकारी दिइन् । कर्णालीका सबै परीक्षा केन्द्रहरूमा आवश्यक सामाग्री र जनशक्ति पुगिसकेको उनले बताइन् । ‘परीक्षालाई मर्यादित बनाउने आवश्यक सबै कामहरू सकिएको छ’ उनले भनिन्, ‘कर्णालीका विभिन्न जिल्लामा परीक्षा दिने तयारीमा रहेका दृष्टिविहीन विद्यार्थीले सहयोगी राख्न पाउने, जेल तथा हिरासतमा रहेकालाई सोही स्थानबाट…

Read More