असिना पानी र हावाहुरीले बालीनाली नष्ट : राहतको माग गर्दै बौधीमाई नगरपालिकाद्वारा ज्ञापनपत्र बुझाइयो

रौतहट । असिना पानी र हावाहुरीका कारण रौतहटको बौधीमाई नगरपालिकामा हिउँदे बालीमा व्यापक क्षति पुगेपछि नगरपालिकाले राहतका लागि पहल सुरु गरेको छ । बेमौसमी प्राकृतिक विपत्तिले किसानको बालीमा क्षति पुगेपछि नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाललाई बुझाइएको ज्ञापनपत्रमा यस घटनालाई गम्भीर प्राकृतिक विपत्तिको रूपमा लिँदै संघीय र प्रदेश सरकारसँग तत्काल राहत तथा उचित क्षतिपूर्तिको माग गरिएको छ । ज्ञापनपत्र वाचन गर्दै नगर प्रमुख यादवले नगरपालिकाका सबै वडाहरूमा लगाइएको गहुँ, मकै, तोरी, मुसुरो,…

Read More

रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग पुन सञ्चालनमा

रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ । साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्ग बन्द गरेको थियो । प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुन्डे–नेपाल थोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको कारण सडक बन्द गरिएको हो । तर खोलामा पानीको सतह घटेपछि पुन यातायात साधन छाडिएको छ। प्रहरीले खोलामा पानीको सतह बढ्ने बित्तिकै सडक बन्द हुने भएकोले राजमार्गको…

Read More

इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश

सुर्खेत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ । अदालतका सूचना अधिकारी उज्ज्वल रावलकारअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाइ भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो । प्रहरीले अनुसन्धानकाक्रममा इनिशा…

Read More

विद्युत महसुल नतिर्नेको धमाधम लाइन काट्दै गौर वितरण केन्द्र, ९ करोड ५५ लाख बक्यौता उठाउन कठोर

रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो। गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ। प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर,…

Read More

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् । चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् । सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज चितवन क्षेत्र नं. ३ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुग्ने सौभाग्य मिल्यो। विक्रम बाबा मेला, थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्परा, आज सबैको साझा धार्मिक उत्सव बनेको छ ।’ उनले विक्रम…

Read More

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ । हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । आज बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा एकापसमा ठक्कर खाएका थिए । ठक्कर लगत्तै ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही…

Read More

धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ

जनकपुर । धनुषा प्रहरीले भारी मात्रामा लागूऔषध सहित फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । धनुषाको ढल्केबरमा एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित औषधि पसलका सञ्चालकलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ढल्केबरस्थित निको फार्मेसीका सञ्चालक धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरका ५० वर्षिय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केबर, धनुषाले जनाएको छ । महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ । मिथिला नगरपालिका–१० राताेपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन…

Read More

ललितपुर जिल्ला अदालतमा खाजा समयमा समेत सेवा प्रवाह सुरू

ललितपुर । ललितपुर जिल्ला अदालतले खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने भएको छ । अदालतको प्रशासन शाखाले एक सूचना जारी गर्दै खाजाको समयमा काम नरोक्न कर्मचारीलाई निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार, आइतबारदेखि बिहीबारसम्म खाजा समय १ः३० बजेदेखि २ः३० बजेसम्म र शुक्रबारका दिन १ बजेदेखि २ बजेसम्म तोकिएको भए तापनि, यस अवधिमा पनि अदालतको सेवा नियमित रूपमा जारी रहने भएको हो । अदालतले सम्पूर्ण सेवाग्राहीलाई सो जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।

Read More

सरकारको निर्णयलाई स्वागत गर्दै एमाले निकट सागरनाथ वन विकास परियोजना सर्लाही कर्मचारी संगठन भंग

सर्लाही । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा क्रियाशील कर्मचारी संगठन सरकारले गरेको निर्णयलाई स्वागत गर्दै भंग गरिएको छ । नेकपा एमाले निकट उक्त संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै संगठनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो । संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णयअनुसार कार्यसमिति भंग गरिएको जानकारी दिएका छन्। जारी सूचना अनुसार गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार,…

Read More

जेन–जी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ

सर्लाही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका – ५ वडहर्वा टोल निवासी २९ वर्षीय दिपेश साह सोनार (शेरु साह) लाई सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेन – जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलबास क्षेत्रबाट लुकीछिपी…

Read More