हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी सहायक निरीक्षक (असई) भरत कुमार खड्कालाई २०८२ फागुन महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालयको मूल्याङ्कनअनुसार असई खड्काले आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षामा उल्लेखनीय योगदान पु¥याएका कारण उनलाई उक्त सम्मान प्रदान गरिएको हो । उनी हाल मकवानपुर जिल्लाको प्रहरी चौकी भैँसेमा कार्यरत छन् । प्राप्त विवरणअनुसार उनले विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने, ऋऋत्ख् तथा प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई प्रभावकारी बनाउने तथा समुदायमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन…
Read MoreCategory: प्रदेश
एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश सरकारको प्रयास, यस्ता छन् योजनाहरू
काठमाडौं । चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित र मर्यादित बनाउन मधेश प्रदेश सरकार लागि परेको छ । मधेश प्रदेश सरकारले ८ वटै जिल्लामा हुने परीक्षालाई मर्यादित बनाउन केही कडा नियमहरू अवलम्बन गर्न लागेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशको आठ वटै जिल्लाका सरोकारवालाहरूको उपस्थितिमा शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि केही कडा नियमहरू लागु गर्ने जानकारी दिएकी छन् । उनले यस वर्ष परीक्षा केन्द्रमा कुनै मोबाइल फेला परे जफत गरी सोझै…
Read Moreव्यवसायी वेदबहादुर उद्योग वाणिज्य सङ्घ बागमती प्रदेशका लागि अध्यक्ष उम्मेदवार
काठमाडौं । आगामी चैत २३ र २४ गते हुने नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) बागमती प्रदेशको नवौँ अधिवेशनका लागि सिन्धुपाल्चोकका एक व्यवसायीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समर्थनमा उनले बागमती प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिनेछन् । चैत्र १६ मा उम्मेदवारी दर्ता हुनेछ । उनले बागमती प्रदेशभित्रका जिल्ला÷नगर, वस्तुगत तथा एसोसिएसन तर्फका सम्पूर्ण सदस्यहरूबाट साथ, सहयोग तथा मतको अपेक्षा गरेका छन् । प्रदेशको कार्यालय भवन निर्माण गर्ने उनको प्रमुख एजेन्डा छ । त्यो बाहेक उद्योगी व्यवसायीको हितका लागि विशेष योजना उनले सार्वजनिक गर्नेछन् । उनको…
Read Moreसर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै पीडितले बुझाए जिप्रकामा ज्ञापनपत्र
सर्लाही । युवकमाथि भएको चक्कु प्रहार घटनाका आरोपितहरू अझै पक्राउ नपरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार पीडित मुकेश कुमार ठाकुरले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका हुन् । २०८१ चैत १ गते साँझ करिब ८ बजे बस बरिया गाउँपालिका–२, मानपुर ब्यारेज नजिक सडकमा ठाकुरमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा रिफर गरिएको थियो । घटनापछि पीडित पक्षले इलाका…
Read Moreअसिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित
सुर्खेत । शुक्रबार साँझ परेको असिना पानीले दैलेखमा भित्र्याउने अवस्थाको हिउँदे बालीमा क्षति पुर्याए पछि कृषकहरू चिन्तित भएका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको विभिन्न स्थानहरूमा असिना पानीले क्षति पु¥याएको छ । शुक्रबार साँझ तीन घण्टासम्म लगातार परेको असिनाले पाक्नै लागेको गहुँ, जौ, केराउ, तोरी लगायतका बाली पूर्ण रूपमा नष्ट गरेको स्थानीय तिलक तिमिल्सेनाले जानकारी दिए । लगातारको असिना एक फिटसम्म बाक्लो भई जम्मा भएको र त्यसले पुरै बाली नष्ट गरेको बताए । असिनाले सुन्तला, कागतीलगायत फलफूलका बिरुवाहरूमा समेत क्षति पु¥याएको छ । चामुण्डा बिन्द्रसैनीको वडा नम्बर १, २ र ३…
Read Moreकर्णाली सात पालिकामा नवप्रवर्तन परियोजनाका लागि तीन करोड ४० लाख बजेट स्थानीय तहलाई अख्तियारी
सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीका विभिन्न पाँच जिल्लाका सात स्थानीय तहसँगको साझेदारीमा नवप्रवर्तन परियोजना सञ्चालनका लागि स्थानीय तहलाई अख्तियारी दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले रुकुम पश्चिम, सल्यान, दैलेख, मुगु, जाजरकोट र कालिकोट जिल्लाका सात पालिकामा उक्त परियोजना सञ्चालनका लागि अख्तियारी दिने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए । उक्त परियोजनाका लागि तीन करोड ४० लाख बजेट विनियोजन गरिएको उनले बताए । परियोजना अन्तर्गत रुकुम पश्चिम जिल्लाको सानी भेरी गाउँपालिकामा डिजिटल प्रविधिमा आधारित स्थानीय सेवा प्रवाह, सल्यानको शारदा नगरपालिकामा एकीकृत…
Read Moreकर्णाली प्रदेशसभाको अधिवेशन अन्त्य गरिने
सुर्खेत । कर्णाली प्रदेशसभा सातौँ अधिवेशन आज राती १२ बजेदेखि अन्त्य गरिने भएको छ । छैठौ अधिवेशन सकिएको छ महिना पछि गत माघ १८ गतेदेखि सातौँ अधिवेशन सुरु भएको थियो । आइतबार बिहान बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् आइतबार राती १२ बजेदेखि लागू हुने गरी सातौँ अधिवेशन अन्त्य गर्न कर्णाली प्रदेशका प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिए । विधेयक अधिवेशनको रूपमा चिनेन कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनले जम्मा एउटा विधेयक पारित गरेको छ । गत मंगलबारको प्रदेशसभा…
Read Moreरोशी खोलाले बगाएको डाइभर्सन मर्मत, बिपी राजमार्गमा यातायात सञ्चालन
रामेछाप । रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहानदेखि यातायात सञ्चालन भएको छ । शुक्रबार साँझको वर्षाका कारण आएको बाढीले बगाएको डाइभर्सन मर्मत पछि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीले मौसम प्रतिकूलतालाई ध्यान दिँदै यात्रा गर्न अनुरोध गरेको छ । बाढीले रोशी क्षेत्रमा अस्थायी सडक बगाएपछि दुई दिनदेखि राजमार्ग अवरुद्ध थियो। खोलामा पानीको सतह शनिबार राति अबेरसम्म सडक मर्मत गरिएपछि यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको बिपी राजमार्ग सडक खण्ड अन्तर्गत रोशी गाउँपालिका-७ घुमाउने डाँडा,रोशी…
Read Moreरोशी खोलाको बाढीले बगाएर बिपी मार्गमा काम गर्ने एक मजदुरको मृत्यु, ७ जनाको उद्धार
रामेछाप । रोशी खोलामा गए राति आएको बाढीका कारण बिपी राजमार्गमा काम गर्दै आएका एक श्रमिकको मृत्यु भएको छ भने ७ जनाको सकुशल उद्धार गरिएको छ । काभ्रेको रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङलाई बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी राजमार्ग क्षेत्रमा सडक निर्माणसम्बन्धी काममा संलग्न थिइन् । यसैबिच, रोशी खोलाको बाढीमा फसेका ७ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले स्काइभेटरको सहयोगमा गए राति उद्धार गरेको छ । अविरल वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रे प्रहरीले दिएको जानकारीअनुसार रोशी…
Read Moreरोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध
रामेछाप । गए राति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् । गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पु¥याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गए राति आएको बाढीले ती ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक…
Read More