बाजुरा । जिल्ला अस्पताल बाजुराको व्यवस्थापन समितिको अध्यक्षमा धनबहादुर रावत नियुक्त भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ निवासी रावतलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरिएको हो । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल बाजुरामा रावतलाई अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा जिम्मेवारी दिएको हो । सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकबाट विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू नियुक्त गरिएका हुन् । जिल्ला अस्पताल बाजुरामा नियुक्त भएका रावत नेपाली कांग्रेसका हुन्। यसअघि अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नेकपा समाजबादीका तर्फबाट सिफारीस भएका मान बहादुर कार्की थिए। उनको कार्यकाल सकिएसँगै अस्पताल अध्यक्ष विहिन थियो…
Read MoreCategory: प्रदेश
राम नवमी मनाउने विषयमा हिन्दूवादी संस्था र प्रशासन आमने–सामने
जनकपुर । भोली राम नवमी रहेको छ । धनुषामा धुमधामका साथ प्रत्येक वर्ष राम नवमी मनाइने गरिन्छ । जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा भव्यताका साथ राम नवमी मनाईने गरेको इतिहास नै रहेको छ । विगतका केही वर्षहरुमा धनुषामा सक्रिय रहेका हिन्दूवादी संघ, संस्था एवम संगठनहरुले राम नवमीमा विशेष कार्यक्रमहरु गर्दै आएको छ । यस वर्ष पनि विभिन्न हिन्दूवादी संस्थाले राम नवमीको दिन धनुषामा मोटरसाईकल र्याली निकाल्ने जानकारी गराएका छन् । उनीहरुले प्रशासनसँग शान्ति सुरक्षाका लागि अनुमति पनि मागेका छन् । तर जिल्ला प्रशासन कार्यालय धनुषाले पत्र जारी गर्दै हिन्दूवादी…
Read Moreकर्णाली प्रदेश सरकारले दश वर्षे शिक्षा योजना बनाउने
सुर्खेत । कर्णाली प्रदेश सरकारले दश वर्षे शिक्षा योजना बनाउने भएको छ । कर्णालीको शैक्षिक गुणस्तर बढाउने उद्देश्यसहित १० बर्षे योजना बनाउन लागिएको हो । नेपालीहरुको संवैधानिक हक कार्यान्वयन गर्न र शैक्षिक गुणस्तर बढाइ जीवन पर्यत्न सुव्यवस्थित गर्न योजनाबद्ध कार्यक्रम गर्नका लागि शिक्षा योजना बनाउन लागिएको कर्णाली सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ‘योजना निर्माण पछि उक्त योजना कार्यान्वयनका लागि मन्त्रालयको बजेट प्राथमिकीकरण गरिने र अबको १० वर्ष कर्णालीको शैक्षिक अवस्था कस्तो बनाउने भन्नेबारे योजनाले स्पष्ट खाका प्राप्त हुनेछ’ उनले भने । प्रदेश सरकारले शैक्षिक वर्ष २०८२÷०८३ देखि २०९१÷०९२…
Read Moreइटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान
विराटनगर । सुनसरीको इटहरीस्थित न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको भान्सा कोठाबाट आगो सुरु भएको प्रहरीले जनाएको छ। मर्मत गर्ने क्रममा निस्किएको आगोको झिल्को उछिटिएर भान्सामा सल्किँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। आगो नियन्त्रणका लागि सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय…
Read Moreतीनधारामा रथ तयार, सुरु हुँदै ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा
काठमाडौं । चैते दशैंको अवसरमा ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राका लागि तयारी करिब पूरा भएको छ । काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । रथ निर्माणमा संलग्न रकमी नाइके कारीगर पूर्णमान महर्जनका अनुसार यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुरु भई नवमी र दशमीसम्म तीन दिन विशेष रूपमा मनाइन्छ । उनका अनुसार चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनदेखि जात्रा प्रारम्भ हुने चलन रहेको छ । ‘मैले ४६ वर्ष भयो । ०३७ सालदेखी निरन्तरण गरिरहेको छु । किनभने हाम्रो पुर्खौंदेखि गरिरहेको भगवानको सेवा, यो संस्कृति बचाउनको…
Read Moreइनिशा बिक प्रकरण : प्रहरीले अनुसन्धान प्रतिवेदन बुझायो
सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शर्माले जानकारी दिए । इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरुको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिएको उनले बताए । ‘घटनाको अनुसन्धान पुरा गरी टोली अनुसन्धानमा संलग्न टोलीहरु फर्किएको छ,’ उनले भने, ‘केही रिपोर्टहरु आउन बाँकी छ, अहिलेसम्मको प्रतिवेदन हामीले बुझाएका छौं ।’ प्रहरीले अनुसन्धान सकेसंगै इनिशा प्रकरण अब…
Read Moreकार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
जनकपुर । जनकपुरधाममा जेन–जी मुभमेन्ट अलायन्सको सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका छन् । जेन–जी आन्दोलनको जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्कीको नेतृत्वमा गठित आयोगले सरकार समक्ष प्रतिवेदन हस्तान्तरण गरेपनि हालसम्म सार्वजनिक नभएकोमा दबाब दिन जेन–जी मुभमेन्टका सदस्यहरुले शान्तिपूर्ण धर्ना दिएका हुन् । उनीहरुले मंगलबार (आज) जनकपुरधामको जनक चोकमा प्लेकार्ड बोकेर शान्तिपूर्ण धर्ना दिएभने प्रतिवेदन सार्वजनिक गर्न नारासमेत लगाएका छन् । जेनजी आन्दोलनपछि गठन भएको सरकारको म्यानडेटमा उक्त आन्दोलनको निष्पक्ष छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने उल्लेख रहेको जेनजी मुभमेन्ट अलायन्सका धनुषा जिल्ला प्रतिनिधि दीपिका लामाले बताइन् । तर सरकारले यति लामो…
Read Moreबागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ । चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो। गत बुधबार बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले बिहीबार र शुक्रबार पनि…
Read Moreहेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु
बाजुरा । बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो । एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान…
Read Moreरौतहटमा वर्षा र हावाहुरीको वितण्डा : चार करोड बराबरको काँचो इँट्टा नष्ट, व्यवसायी मारमा
रौतहट । चैत ६ र ७ गते (शुक्रबार र शनिबार) परेको अविरल वर्षा र हावाहुरीका कारण रौतहटका इट्टा उद्योगहरूमा ठुलो क्षति पुगेको छ । खुला स्थानमा सुकाउन राखिएका काँचो इट्टाहरू वर्षाले भिजेर नष्ट हुँदा जिल्लाभर करिब ४ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष एवं एसपिएल इट्टा उद्योगका सञ्चालक रामबिनोद साहका अनुसार जिल्लामा सञ्चालित करिब ५० वटा इट्टा उद्योगहरूमा सबैभन्दा बढी क्षति पुगेको छ । संकलित तथ्यांकअनुसार विभिन्न स्थानका उद्योगहरूमा गरी १० लाख भन्दा बढी काँचो इट्टा पूर्ण रूपमा नष्ट भएका…
Read More