सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी

हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् । स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको तीव्र उत्खननले खोलाको स्वरूप बिग्रँदै गएको, पानी धमिलो भएको तथा वातावरणीय असर देखिन थालेको भन्दै गुनासो गर्दै आएका थिए । सोही आधारमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरेको हो । अनुगमनका क्रममा खोलाको विभिन्न भाग निरीक्षण…

Read More

रामेछापमा यात्रुवाहक सुमो दुर्घटना, तीन गम्भीरसहित ६ जना घाइते

रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा चालकसहित कुल ६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका अन्दाजी ६० वर्षीया ठुली तामाङ, अन्दाजी ४५ वर्षीया रिता तामाङ र अन्दाजी ४८ वर्षीया सुनमाया तामाङलाई थप उपचारका लागि तत्काल काठमाडौँ पठाइएको छ । अन्दाजी २५ वर्षीय चालक किशोर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ…

Read More

एमाले सुदूरपश्चिम संसदीय दलको कार्यालयमा युवा संघको तालाबन्दी

धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले अस्पताल व्यवस्थापन समितिमा गरेको नियुक्तिमा रावलले पार्टीमा परामर्श नगरेको भन्दै युवा संघले तालावन्दि गरेको हो । युवा संघले संसदिय दलका नेता रावललाई छिटो सम्पर्कमा आउन पनि आग्रह गरेको छ । आइतबार दिउँसो राष्ट्रिय युवा संघ कञ्चनपुर कृष्णपुर नगर कमिटीले तालाबन्दी गरेको हो । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषय संसदीय दल र प्रदेश सरकारले परामर्श नगरेको भन्दै पार्टी केन्द्रलाई समेत जानकारी गराइसकेको स्रोत बताउँछ । एमालेका प्रदेश…

Read More

जनकपुरधाममा एक पुरुषको शव फेला

जनकपुर । जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ । बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एकजना पुरुष मृत अवस्थामा फेला परेको हो । उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ । स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ । शवलाई आवश्यक प्रक्रिया पूरा…

Read More

चन्द्रपुरको चाँदी खोलामा सशस्त्र प्रहरीको छापा : अवैध बालुवा उत्खननमा संलग्न ८ ट्र्याक्टर र चालक नियन्त्रणमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो । सूचना पाएलगत्तै सन्तपुर…

Read More

हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता 

सुर्खेत । आइतबारदेखि दुई छोराछोरीसहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको छ । भने पाँच वर्षीय छोरा दीपक कठायत अझै बेपत्ता छन् । आइतबार बिहान आशा छोराछोरीसहित बेपत्ता भएकी थिइन् । ३८ वर्षीया मायाको आइतबार बेलुका र ११ वर्षीया आशाको मंगलबार बिहान शव फेला परेको हो जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । मायाको शव लेकबेशी नगरपालिका–३ को पटारेमा र आशाको गुर्भाकोट–१३ मसानघाट नजिकै माछा पार्ने जालमा फेला परेको हो थापाले बताए । ‘बेपत्ता  आमा र छोरीको…

Read More

इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ । विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् । उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए । ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’ सिसिटिभी फुटेजमा…

Read More

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ…

Read More

इनिशाको शव ६ दिनदेखि शवगृहमा : अनुसन्धानमा सिआइवी

सुर्खेत । बलात्कारपछि हत्या गरिएकी इनिशा बिकको शव आफन्तले बुझ्न नमान्दा ६ दिनदेखि कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा छ । सुर्खेतको उषा बालवाटीका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकाले इनिशाको हत्यामा संलग्नलाई कारवाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शब नबुझ्ने अडान राखेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सीआईबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाउने तयारीमा रहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको पुष्टि…

Read More

रौतहटमा आँपको मोजरले ढकमक्क रूखहरू : उत्पादन बढ्ने आशामा किसान

रौतहट । यस वर्ष रौतहट जिल्लाका विभिन्न ग्रामीण तथा सहरी क्षेत्रहरूमा आँपका रूखहरू मोजर (मन्जरी) ले ढकमक्क भरिएका छन् । मौसमले साथ दिएको र उचित समयमा मोजर पलाएका कारण विगतका वर्षहरूको तुलनामा यसपालि आँपको उत्पादनमा निकै वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाका निजी बगैँचा मात्र होइन, सरकारी कार्यालय परिसरमा रहेका आँपका रूखहरू समेत यतिबेला मोजरले पहेंलपुर देखिएका छन् । ईलाका प्रहरी कार्यालय गरुडा बजारको परिसरमा रहेका ठूला आँपका रूखहरू मोजरले ढकमक्क भएपछि कार्यालयको वातावरण नै सुगन्धित र मनमोहक बनेको छ । यस्तै, पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको मुख्य व्यापारिक केन्द्र…

Read More