लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक सञ्चालनको छोटो अवधिमै उल्लेख्य वित्तीय प्रगति गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार रुपन्देहीको बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म सञ्चालित यस केवलकारले आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ३० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ । यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १३ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२३ मे २९ देखि सञ्चालनमा आएको यस केवलकारले लुम्बिनी प्रदेशको धार्मिक र पर्यटकीय गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । लुम्बीनी केबलकार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष…

Read More

बिदाको दिन सरकारी सवारी दुरुपयोग : भैँसे–तिलखण्डीमा मदिरा सेवन र निजी प्रयोग, स्थानीयको आपत्ति र छानबिनको माग

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित तिलखण्डी क्षेत्रमा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन निजी प्रयोजनमा प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । कार्यालयको कामबाहेक पारिवारिक घुमघामका लागि सरकारी गाडी प्रयोग गरिएको देखिएपछि स्थानीयवासीले कडा आपत्ति जनाएका छन् । प्रत्यक्षदर्शी सुनिल वाइबाका अनुसार बिदाको दिन बागमती प्रदेश ०१–००२ झ ७१८४, बा २ भ १३९१ र प्रदेश ३–०३–००१ झ ००२८ नम्बरका सरकारी सवारीसाधनहरू होटल, भट्टी तथा मनोरञ्जनस्थलअगाडि लामो समयसम्म रोकिएका देखिएका थिए । ती सवारीमा आएका व्यक्तिहरू मदिरा सेवन तथा खानपिनमा संलग्न रहेको र कतिपय अवस्थामा परिवारका सदस्यसँगै घुमघाममा निस्किएको समेत देखिएको…

Read More

कर्णालीमा इन्धन भण्डारण नहुँदा उपभोक्तालाई सास्ती

सुर्खेत । कर्णालीमा इन्धनको भण्डारण नहुँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ । कर्णालीमा एक साताका लागि पनि भण्डारण सुविधा छैन । इन्धन भण्डारणका लागि आवश्यक जग्गाको व्यवस्था नहुँदा बर्षौदेखि सास्ती हुँदै आएको छ । कर्णालीमा आर्थिक वर्ष २०७७/७८ सम्ममा सबै प्रदेशमा पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने ल्क्ष्य रहे पनि जग्गा अभावमा भण्डारणको प्रक्रिया अगाडि बढ्न नसकेको हो । प्रदेशमा दुर्गम भूगोल, कमजोर सडक सञ्जाल र मौसमजन्य अवरोधका कारण आपूर्ति श्रृङ्खला सहज नभएको अवस्थामा भण्डारण पूर्वाधारको अभावले जोखिम थपिएको छ । आपतकालीन अवस्था, प्राकृतिक विपद् वा अन्तर्राष्ट्रिय आपूर्ति अवरोध हुँदा कर्णालीमा…

Read More

तराईमा अत्यधिक गर्मी, जोमसोममा सबैभन्दा चिसो

रौतहट । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजका लागि देशका विभिन्न सहरहरूको तापक्रम पूर्वानुमान सार्वजनिक गरेको छ । आज बिहान ८ः०० बजे जारी गरिएको विवरण अनुसार तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने देखिएको छ । आज दिउँसोको अधिकतम तापक्रम हेर्दा दिपायल, धनगढी र नेपालगन्ज सबैभन्दा तातो हुने अनुमान गरिएको छ । यी सहरहरूको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियस सम्म पुग्न सक्ने देखिएको छ । यस्तै, भैरहवा र वीरेन्द्रनगरमा ३६ देखि ३८ डिग्री र सिमरामा ३४ देखि ३६ डिग्री सेल्सियस तापक्रम रहने प्रक्षेपण गरिएको छ । संघीय राजधानी…

Read More

पर्यटकीय गन्तव्य बन्दै थुम्केरानी इलाम

इलाम । पर्यटकीय जिल्ला इलाम को माईजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्र पछिल्लो समय चर्चित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । यहाँबाट इलाम जिल्लाको विस्तृत भू–भाग, आकर्षक सूर्योदय तथा छिमेकी भारत का सहरहरूको दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको हो । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट करिब ५ किलोमिटर दूरीमा रहेको थुम्केरानी पछिल्ला वर्षहरूमा सूर्योदय र सूर्यास्त अवलोकनका लागि लोकप्रिय बन्दै गएको छ । इलाम सदरमुकामबाट नजिक पर्ने भएकाले पनि यो पर्यटकहरूको पहिलो रोजाइ बन्न थालेको हो । इलाम बजारबाट सोयाङ हुँदै नयाँबजारसम्म सवारी साधनमार्फत करिब…

Read More

सडक आश्रित व्यक्तिको अवस्था पहिचान गरेर मानवोचित व्यवस्थापन गर्नेछौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं । ‘हरेक घटनाका ‘टु साइड स्टोरी’ हुन्छन् । काठमाडौंका सडकमा मानिसहरू किन माग्न आउँछन् भन्ने विषयमा पनि यस्ता स्टोरी छन् । सडकमा माग्न बस्नेहरूको आर्थिक, सामाजिक, पारिवारिक स्थिति, व्यक्तिको मानसिक तथा शारीरिक अवस्था र आदत जस्ता पक्षका आधारमा व्यवस्थापन गरेर काठमाडौंलाई सहयोगापेक्षी सडक मानव मुक्त बनाउने योजनामा छौँ ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान पशुपति क्षेत्रमा सहयोगापेक्षीको अवस्थाको स्थलगत अवलोकन गरिसकेपछि यस्तो योजना सुनाइन् । अवलोकनका क्रममा पशुपति क्षेत्रका सुरक्षाकर्मीले माग्नका लागि मोटरसाइकल चढेर व्यक्तिहरू आउने गरेको अनुभव सुनाएकी थिइन् । यस क्रममा मानव सेवा आश्रमका…

Read More

सडक र सहरी सुरक्षा तथा व्यवस्थापनमा महानगर र प्रहरी बिचको सहकार्य बलियो बनाइने

काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बिचमा भएको भेटघाटका क्रममा सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा अहिलेको अवस्था र आवश्यकतामा छलफल गर्दै आपसी सम्बन्धलाई थप बलियो बनाएर नागरिकलाई सेवा प्रत्याभूति गराइने विषयमा कुराकानी भएको हो । भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले भनिन् ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त…

Read More

विकासमा सुस्त कर्णाली : नौं महिनामा २४ प्रतिशत खर्च

सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको नौ महिनामा जम्मा २४ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ दशमलव २१ प्रतिशत विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ । फागुन मसान्तसम्म १९ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले पछिल्लो एक महिना चार प्रतिशत बजेट खर्च गरेको छ । ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म आठ अर्ब ३६ करोड २६ लाख ८१ हजार ८२ रुपैयाँ खर्च गरेको छ । यो कूल…

Read More

संविधान विपरित स्थानीय तहमा निर्वाचित महिला हटाउन मिल्दैन : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया(सीता)ले धादिङ जिल्लामा विकास निर्माणका कामलाई प्राथमिकता दिन माग गरेकी छिन् । वुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा उनले राष्ट्रिय एवम क्षेत्रीय विषयहरुसहितको माग अघि सारेकी हुन् । उनले समाजमा व्याप्त चरम वेथिति र कुशासनका कारण जनताले स्थायित्वसहित समृद्धिको अपेक्षा गरेकाले जनताको विश्वास र भरोसा माथि खेलवाड गर्ने छुट कसैलाई नहुनेमा जोड दिइन । अबको कार्यभार आर्थिक समृद्धिको ढोका उघार्ने भएकाले सरकारले आम जनतामाथि वास्तविक अभिभाकत्व प्रदान गर्नुपर्ने बताइन् । थपलियाले आग्रह पूर्वाग्रहबाट माथि उठेर विगदमुखी भन्दा भविष्यदर्शी हुन आग्रह गरिन् ।…

Read More

चन्द्रपुरको मुख्य चोकमा रहेको पार्क बन्दै कुरुपस् संरक्षणको अभावमा संरचना बेवारिसे

रौतहट । रौतहटको ‘गेटवे’ मानिने चन्द्रपुर नगरपालिकाको मुख्य चोक। जहाँ झन्डै एक दशकअघि एउटा आकर्षक पार्क निर्माण गरियो । उद्देश्य थियो-सहरको सौन्दर्य बढाउने र बटुवालाई थकाई मार्ने सुबिस्ता दिने । तर, उचित संरक्षण र नियमित सरसफाइको अभावमा अहिले यो पार्क चन्द्रपुरको पहिचान बन्नुको साटो कुरूप देखिन थालेको छ । वातावरण मैत्री स्थानीय शासन अन्तर्गत चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा वि.सं. २०७२ सालमा यो पार्कको निर्माण भएको हो । पार्कभित्र रहेका पानीका फोहोरा (फाउन्टेन), प्रतीक्षालय, राष्ट्रिय झन्डा, रङ्गीचङ्गी बोटबिरुवा, आकर्षक बत्ती र आराम गर्ने कुर्सीहरूले सुरुवाती दिनमा जो-कोहीको मन लोभ्याउने गथ्र्यो ।…

Read More