राराहिल सेमिफाइनलमा

काठमाडौं, कात्तिक २९ गते । राराहिल चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । राराहिलले भ्याली भ्यूलाई ६०–५७ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । राराहिलका नोजा महर्जनले २० अंक जोडे । यसअघि आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक र निःसर्ग वाटिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । गल्र्सको थ्री बाइ थ्रीमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनल न्यु जेनिथ र पुष्पसदन ‘बी’, द एक्सेल्सियर स्कुल र जेसिस, सेन्ट मेरिज र लिटिल एन्जल्स ‘बी’ तथा स्वर्णिम र क्याम्पियनबीच हुनेछ । अन्य प्रिक्वाटरफाइनलमा…

Read More

किस्क र एलाइटलाई ओएसिस कप

काठमाडौं, कात्तिक २९ गते । किस्क र एलाइट बास्केटबल एकेडेमीले तेश्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामको उपाधि शनिबार जितेका छन् । दोहोरो उपाधि जितेको किस्क सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । एलाइट एसइइतर्फ पहिलो भयो । ढोलाहिटीस्थित आयोजक ओएसिस इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा किस्कले रेडियन्ट पब्लिकलाई १७–१० ले पराजित ग¥यो । किस्कका ब्रुक्स जेन्सेनले ८ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा किस्कले ज्ञानोदयलाई ८–६ ले हरायो । किस्कका जय महर्जनले ७ स्कोर गरे । एसइइको उपाधि भिडन्तमा एलाइटले आयोजक ओएसिसलाई १९–१५…

Read More

एनपीएललाई व्यवस्थित गर्न लागेका छौं, आर्थिक मुल्यांकन पछि गरौंला : पारस खड्का

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणलाई आर्थिक हिसाबले भन्दापनि प्रतियोगितालाई व्यवस्थित गर्नमा जोड दिएका छन् । शनिबार नेपाल प्रिमियर लिग २०२५ को पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो संस्करणमा प्रवेश गरिरहँदा ठुलो आर्थिक अपेक्षा भन्दा पनि प्रतियोगितालाइ व्यवस्थित गर्नमा जोड दिनुपर्ने धारणा राखेका हुन् । खड्काले आठ वटा टिमहरुको लगानी अनुसार आर्थिक संरचना बनिसकेकाले अब खेललाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भने, ‘आर्थिक संरचनालाई पूर्णता दिनेक्रममा आठवटा टीमहरुको लगानी छ । गतसाल पनि क्यानले सय करोड, एक अर्वको ट्रान्जेक्सन भएको अनुमान…

Read More

एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन कर्णाली याशविस महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ । लगातार चौथो खेलमा अपराजित रहँदै कर्णाली यशविस एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को फाइनलमा प्रवेश गरेको हो । जेनजी आन्दोलनका कारण प्रभावित भएको फ्रेन्चाइच महिला भलिबल लिग बुधवारबाट काठमाडौंमा सुचारू भएका छन्। बुधबार भएको खेलमा कर्णाली याशविसले मधेश युनाइटेडलाई ३–० को सेटमा पराजित ग¥यो। कर्णालीले २५–१५, २५–१२ र २५–१७ ले सहजरूपमा जित दर्ता गराएको हो। जितसँगै कर्णाली फाइनलमा पुग्न सफल भयो। कर्णालीको जितमा महत्वपूर्ण योगदान गरेकी साफिया पून प्लेयर अफ दि म्याच हुन सफल भइन्। यसअघि पोखरा…

Read More

एलभिडी झापा महिला गोल्डकपमा नेपाल पुलिस क्लब च्याम्पियन, मिनादेउवा उत्कृष्ट खेलाडी घोषित

भद्रपुर, झापा – शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आइतबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लबलाई १–० ले पराजित गर्दै उपाधि आफ्नो बनाएको हो। खेलको २२ औँ मिनेटमा पुलिसकी मिना देउवाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाइन्। रेखाको प्रयास डिफेन्डरबाट फर्किएको बल मिना देउवाले पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलकिपरलाई कुनै मौका नदिई जालीमा पठाएकी थिइन्। उक्त गोल नै खेलको निर्णायक गोल बन्यो। उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्‍यो भने उपविजेता एपिएफ क्लबले…

Read More

नेपाली महिला क्रिकेटकी उपकप्तान पूजा महतो ‘फेस अफ जनकपुर बोल्ट्स’ नियुक्त

काठमाडौँ, कात्तिक २४ गते – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) को साविक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा नियुक्त गरेको छ। जनकपुर बोल्ट्सले दोस्रो पटक निरन्तरता दिँदै पूजालाई आफ्नो टोलीको प्रतिनिधि अनुहारका रूपमा चयन गरेको हो। नियुक्ति कार्यक्रममा पूजाले जनकपुर बोल्ट्सप्रति धन्यवाद व्यक्त गर्दै टोलीलाई आगामी सिजनमा पुनः च्याम्पियन बन्न शुभकामना व्यक्त गरिन्। कार्यक्रमका क्रममा जनकपुर बोल्ट्सले एनपीएलका लागि नयाँ जर्सी पनि सार्वजनिक गर्‍यो। जर्सीको अनावरण नेपाली महिला टोलीकी उपकप्तान पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल ल्युब…

Read More

आइसिसी टी–२० विश्वकप छनोट तयारीका लागि नेपाली महिला क्रिकेट टोली भारत भ्रमणमा

काठमाडौँ, कात्तिक २४ गते – आइसिसी महिला टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले नोभेम्बर १३ देखि १९ तारिखसम्म भारतमा ६ वटा अभ्यास खेल खेल्ने कार्यक्रम तय भएको छ। नेपालले नोभेम्बर १३ र १७ मा राजस्थान, १४ र १८ मा उत्तराखण्ड क्रिकेट संघ तथा १५ र १९ मा बंगालसँग खेल्नेछ। यी सबै खेलहरू उत्तराखण्डको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुने बताइएको छ। क्यानले भारत भ्रमणका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कप्तान…

Read More

बङ्गलादेश र मलेसियाविरुद्ध खेलका लागि नेपाली फुटबल टोलीको बिदाइ

काठमाडौँ, कात्तिक २४ गते – बङ्गलादेश र मलेसियाविरुद्धका आगामी खेलहरूका लागि नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज औपचारिक रूपमा बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगायतका पदाधिकारी उपस्थित थिए। कार्यक्रममा मन्त्री गुप्ताले टोलीलाई शुभकामना दिँदै देशको प्रतिष्ठा उचो राख्ने खेल प्रदर्शन गर्न आग्रह गरे। नेपालले नोभेम्बर १३ मा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेपछि नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटअन्तर्गतको महत्त्वपूर्ण खेल खेल्नेछ। अन्तरिम प्रमुख प्रशिक्षक हरी खड्काले यसअघि कप्तान किरण चेम्जोङको नेतृत्वमा टोली घोषणा…

Read More

अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियालाई हरायो

काठमाडौं ।  अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले मलेसियामाथि जित हासिल गरेको छ । शनिबार मलेसियाको बायुमास ओभलमा सुरुमा ब्याटिङ गरेको घरेलु टिम मलेसियामाथि नेपालले ६ विकेटको जित निकालेको हो । पाँच खेलको अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएसँगै सिरिजमा १–१ को बराबरी भएको छ । मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन बनाउँदै पूरा गरेको थियो । नेपालको जितमा पूजा महतोले ३९ बलको सामना गर्दै ३९ रन जोड्न सफल भइन् । कप्तान इन्दु बर्माले २१ बलमा २७ रन जोडिन्। ओपनर आइना…

Read More

टी–२० विश्वकप छनोट : सन्दिप लामिछानेसहितको टोली घोषणा

काठमाडौं । ओमानमा हुने टी–२० विश्वकप छनोटका लागि नेपाली क्रिकेटको अन्तिम टोली घोषणा गरिएको छ। धेरैको चासोमा रहेका सन्दिप लामिछाने पनि टीममा समावेश भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले यसअघि वेस्ट इन्डिजसँगको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै १५ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। यूएईमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको टी(२० सिरिजमा अनुशासनको कारबाही भोगेका सन्दीप लामिछाने पनि अन्तिम टोलीमा समेटिएका छन्। छनोट खेल्न नेपाली टोली ओमान पुगिसकेको छ भने छनोट…

Read More