काठमाडौं । आइसिसी विश्व कप लिग २ मा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ । कुशल भुर्तेलको सानदार शतकमा नेपालले अमेरिकालाई हराएको हो । जितका लागि १ सय ९६ रनको सामान्य लक्ष्य नेपालले ३६.४ ओभरमा १ विकेटको नोक्सानीमा पूरा गरेको हो । नेपालको जितमा कुशलको शतकमा आशिफको साझेदारी र दीपेन्द्र सिंह ऐरीको बलिङ प्रमुख रह्यो । ओपनरद्वय कुशल र आशिफले उत्कृष्ट सुरूवात दिलाए । अमेरिकन बलरहरूलाई निरिह बनाउँदे नेपालले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरे । २६.३ ओभरमा अमेरिकाका मोहम्मद मोहसिनले यो ठुलो साझेदारी तोडे…
Read MoreCategory: खेलकुद
इटहरी गोल्डकपको उपाधिको गछिया युवा समाजलाई
विराटनगर । १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो । गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए…
Read Moreटी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी २० आई सिरिजको पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल साँझ ५ बजे सुरु हुनेछ । घरेलु मैदानमा नेपाली टोलीले यूएईविरुद्ध २ खेलको टी २० आई सिरिज खेल्दैछ । यस सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । जसमा दीपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल…
Read Moreनवौं भरौल गोल्डकप सम्पन्न, आरटीएफसी मलेसिया च्याम्पियन
सुनसरी — अन्तर्राष्ट्रिय आमन्त्रण नवौं भरौल गोल्डकप फुटबल प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। बराहक्षेत्र नगरपालिका–कालाबंजरमा आयोजित प्रतियोगिताको उपाधि आरटीएफसी मलेसियाले जितेको छ। सम्पन्न फाइनल खेलमा आरटीएफसी मलेसियाले पथरी–११ फुटबल क्लब, मोरङलाई ३–२ गोलको प्रतिस्पर्धात्मक नतिजामा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। निकै रोमाञ्चक बनेको खेलमा दुवै टोलीले उच्च स्तरको प्रदर्शन गरेका थिए, जसले दर्शकहरूलाई अन्तिम समयसम्म उत्साहित बनाएको थियो प्रतियोगिताको सफल आयोजनामा योगदान पुर्याउने आयोजक समिति, विभिन्न सहयोगी संस्था, प्रायोजक तथा व्यवस्थापन टोलीप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीहरूले अनुशासित र खेल भावना अनुसार प्रतिस्पर्धा प्रस्तुत…
Read Moreमिल्सलाई २–० ले हराउँदै इटहरी भेट्रान च्याम्पियन
सुनसरी — इटहरीमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकपको उपाधि आयोजक हाम्रो इटहरी भेट्रान क्लबले हात पारेको छ। शनिबार सम्पन्न फाइनल खेलमा मिल्स भेट्रान क्लब विराटनगरलाई २–० गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि जितेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा इटहरीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्न सफल भयो। सोही अग्रता नै अन्ततः निर्णायक सावित हुँदा मिल्स भेट्रान खेलमा फर्किन सकेन। उपाधिसँगै इटहरी भेट्रानले नगद रु १ लाखसहित ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ। उपविजेता मिल्स भेट्रानले नगद रु ५० हजारसहित ट्रफी, शिल्ड र…
Read Moreअन्तर्राष्ट्रिय भरौल गोल्डकप : पेनाल्टीमा चित्लाङलाई स्तब्ध पार्दै आरटीएफसी मलेसिया फाइनलमा
बराहक्षेत्र, सुनसरी — सुनसरीको बराहक्षेत्र–५ कालाबन्जारस्थित जडेज खेलमैदानमा जारी ९ औँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०८२ अन्तर्गत अन्तिम सेमिफाइनल खेलमा आरटीएफसी मलेसियाले चित्लाङ एफसी काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। दुवै टोलीमा राष्ट्रिय तथा विदेशी अनुभवी खेलाडीहरूको उपस्थितिका कारण खेल सुरुदेखि नै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो। पहिलो हाफको ४१ औँ मिनेटमा चित्लाङ एफसीका मिलन पिटरले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको १५ औँ मिनेटमा आरटीएफसी मलेसियाका देबेन्द्र तामाङले बराबरी गोल फर्काउँदै खेललाई पुनः प्रतिस्पर्धामा ल्याए। त्यसपछि निर्धारित समयमा थप गोल हुन नसक्दा…
Read Moreफाइनलमा मिल्स भेट्रान र आयोजक इटहरी भेट्रान आमनेसामने
इटहरी — इटहरीमा जारी छैठौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मिल्स भेट्रान र आयोजक हाम्रो इटहरी भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मिल्स भेट्रानले हाम्रो धरान भेट्रान क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। अब मिल्स भेट्रानले उपाधिका लागि आयोजक हाम्रो इटहरी भेट्रानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि आयोजक टोलीले पहिलो सेमिफाइनलमा दमक भेट्रानलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो। प्रतियोगिताको फाइनल खेल चैत २८…
Read Moreइटहरी गोल्डकप : विजेतालाई १० लाखसहित सुन–चाँदीको ट्रफी
विराटनगर । आगामी चैत्र ३० गतेदेखि सुनसरीको इटहरीमा आयोजना हुन लागेको १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण ‘रेडबुल इटहरी गोल्डकप’ फुटबल प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ नगदसँगै ६० तोला चाँदी र ६ आना सुन जडित विशेष ट्रफी प्राप्त गर्ने भएका छन् । राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगताका बारेमा बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी र पुरस्कार संरचनाबारे समेत जानकारी गराइएको हो। प्रतियोगिता आगामी चैत ३० गतेदेखि सुरु भई २०८३ साल वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ । खेल संयोजक अनुरोध थापाका अनुसार उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ…
Read Moreआइपिएल : राजस्थानसँग मुम्बई २७ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा राजस्थान रोयल्सले शानदार जित हात पारेको छ । मंगलबार गुवाहाटीमा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई २७ रनको पराजित गरेको हो । राजस्थानको यो लगातार तेस्रो जित हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ३ विकेटको क्षतिमा १५० रन बनाएको थियो । राजस्थानका लागि ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार ब्याटिङ गरेका थिए । जैसवालले ३२ बलमा ७७ रन बनायो । अर्का ओपनर सूर्यवंशीले मात्र १४ बलको सामना गर्दा पाँच छक्कासहित ३९ रन बनाए । १५१…
Read Moreभरौल गोल्डकपमा आरटी एफसी मलेसियाको दमदार सुरुआत
सुनसरी । सुनसरीको बराहक्षेत्र–५, कलाबञ्जारस्थित ज.डे.जे. भरौल खेल मैदानमा जारी ‘नवौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप २०२६’ मा आरटी एफसी, मलेसियाले विजयी सुरुआत गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। २३ गतेदेखि सञ्चालनमा रहेको प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमै आरटी एफसीले यङ ब्रदर्स क्लब सुनसरीलाई २–० गोल अन्तरले पराजित गरेको हो। आरटी एफसीको जितमा विशाल भण्डारीले हेडरमार्फत पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि विदेशी खेलाडी अब यो मिलेले अर्को गोल थप्दै जित सुनिश्चित गरे। यस जितसँगै आरटी एफसी मलेसिया प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विदेशमा रहेर पनि नेपाली खेलकुद गतिविधिमा सक्रिय रहँदै आएको उक्त टोलीले…
Read More