पुलिसको जर्सीमा साम्बा! अफ सिजनमा फिटनेसका लागि मैत्रीपूर्ण खेल

काठमाडौं – १७ साउन २०८२ (अगस्ट २, २०२५) राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले शुक्रवार नेपाल पुलिस क्लबको जर्सीमा मैदान उत्रेर मैत्रीपूर्ण खेल खेलेकी छिन्। एएफसी महिला च्याम्पियन्स लिगको तयारीमा जुटिरहेको एपीएफ फुटबल क्लबसँगको खेलमा साम्बा पुलिसको तर्फबाट खेल्न देखिएकी हुन्। अहिले अफ सिजन चलिरहेका बेला आफ्नो फिटनेस कायम राख्न साम्बा केही समयदेखि एपीएफ क्लबसँग नियमित प्रशिक्षणमा संलग्न छिन्। तर शुक्रवारको मैत्रीपूर्ण खेलमा उनले अनौपचारिक रूपमा पुलिस क्लबको तर्फबाट खेलिन्, जसले धेरैको ध्यान खिचेको छ। साम्बा चाँडै न्यूजिल्याण्ड प्रस्थान गर्दैछिन्, जहाँ उनले व्यावसायिक फुटबल करियरलाई निरन्तरता दिने तयारी गरिरहेकी छन्। नेपालमै सर्वाधिक गोलकर्ता र कप्तानको भूमिका निभाएकी साम्बाको यो कदमले नेपाली महिला फुटबललाई…

Read More

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बा मकवानपुरमा सम्मानित, नगद ५० हजार प्रदान

मकवानपुर – १७ साउन २०८२ (अगस्ट २, २०२५) मकवानपुरमा आयोजित ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले विशेष सम्मान प्रदान गरेको छ। कार्यक्रमका दौरान साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी साम्बा हालसम्मकै सर्वाधिक गोलकर्तासमेत हुन्। सञ्चारिका समूह मकवानपुर शाखाले साबित्राको नेतृत्व, मेहनत, र उपलब्धिलाई मूल्यांकन गर्दै भविष्यमा अझ प्रेरणादायी यात्राका लागि शुभकामना दिएको छ। कार्यक्रममा पत्रकार, समाजसेवी, खेलप्रेमी र युवा समूहको बाक्लो उपस्थिति…

Read More

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक जितेकी छन्। महिला ५७ केजी तौल समूहअन्तर्गत K-44 वर्गमा प्रतिस्पर्धा गर्दै पलेशाले उत्कृष्ट प्रदर्शनमार्फत कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी हुन्। यस शानदार उपलब्धिप्रति मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले पलेशालाई हार्दिक बधाई ज्ञापन गरेको छ। प्रतियोगितामा पलेशासँगै सहभागी अन्य नेपाली खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, र कामना प्रसाईं रहेका थिए। यस्तै, नेपाली…

Read More

प्रधानमन्त्रीले भने, ‘अब सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्दछाैं’

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।   अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन ।   प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणासमेत गरेका छन् ।   यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ।   देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल…

Read More

ब्राजिलियन फुटबलर भिनिसियर जुनियर माथी साउदीले ३५० मिलियन युरो खर्चिने

काठमाडौं, १४ साउन । ब्राजिलियन फुटबल स्टार भिनिसियस जुनियरका लागि एक क्लब ५६ सय करोड रुपैयाँ खर्च गर्न लागेको खबरले यतिखेर सनसनी मच्चाएको छ।   खासमा २५ वर्षीय भिनिसियस पौराणिक स्पेनिस फुटबल क्लब रियल म्याड्रिडका सदस्य हुन् । यस क्लबसँग उनको सन् २०२७ सम्मको सम्झौता भएको हुनाले विगत केही महिना देखि दुवै पक्षबीच नयाँ सम्झौताका लागि छलफल भए पनि अहिलेसम्म कुनै टुंगोमा पुग्न सकिरहेका छैनन् ।   यस्तो अवस्थामा साउदी अरेबिया लिगका क्लबहरूले यस स्टार विङ्गरमाथि आफ्नो नजर राखिरहेका छन् । एक रिपोर्टका अनुसार साउदी सरकारले समर्थन गरेको यस लिगको…

Read More

विश्व टिम टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली छनोट प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित ५ राष्ट्र ३४ खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक समेत आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी  गराए । भारतबाट सर्वाधिक १० खेलाडी सहभागी हुने छन् । नेपाल, श्रीलंलका, बंगलादेश र माल्दिभ्सलेबाट समान ८–८ खेलाडीले भाग लिने छन् । नेपालबाट समान ४–४ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहालले खेल्ने छन् । महिलामा वियंका…

Read More

बुदोकैदोमा नेपाललाई ८ स्वर्णसहित १० पदक

नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा ८ स्वर्ण र २ रजत गरी १० पदक जितेको छ । अजरवैजानको बाकुमा साउन ८ देखि १२ गतेसम्म भएको प्रतियोगिताको महिला ४० केजीमा पूजा खड्का, महिला ५५ केजीमा बविता कार्की र पुरुष ७० केजीमा रोचक भट्टराईले दोहोरो स्वर्ण जितेको टोलीको प्रशिक्षक समेत रहेका नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघका अध्यक्ष वीरकृष्ण महर्जनले जनाएका छन् । त्यस्तै पुरुष ७५ केजीमा सागर विष्ट तथा पुरुष ८५ केजीमा सुदर्शन खतिवडाले समान १–१ स्वर्ण र रजत हात पारे ।

Read More

एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने

काठमाडौं, १३ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ ।   सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल बितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ ।   यस कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरि सकिएको छ ।…

Read More

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध

बैग्लरु, १० साउन । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्।   बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको हो ।   यो निर्णयसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो झट्का लागेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन ।   यससँगै कर्नाटक सरकारले अब बेंगलुरु भागदौड मामिलामा आरसीबीमाथि मुद्दा चलाउन अनुमति दिएको छ।   सरकारको यो निर्णय छानबिन आयोगको प्रतिवेदनमा आएको हो, जसमा आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ ९केएससीए० लाई घटनाका…

Read More

Model in Bike

Lorem ipsum dolor sit amet, usu no vidit persecuti constituam, mel in inani splendide disputationi. Ne ius dicit efficiendi, autem apeirian eu has. At duo alii integre, sint modus facer cum te. His etiam habemus no, dissentias concludaturque at qui. Adolescens instructior mel ei, oblique disputando ut pro. Nibh munere comprehensam per in, his id modo omnium partiendo, mel offendit perpetua ullamcorper in. An ferri iudico nostro nam. An vis nonumy vulputate, qui assum tollit id. No purto illum est. Nec ea putent labitur, meis justo atomorum pro et, eos…

Read More