याक्सोको ह्याट्रिकमा इटहरी भेट्रान अन्तिम चारमा

सुनसरी । हाम्रो भेट्रान क्लब इटहरी छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा मंगलबार सम्पन्न क्वाटरफाइनल खेलमा इटहरीले एभरेस्ट भेट्रान क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। इटहरीको जितमा तिर्थ याक्सो नायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै ३ गोल गरी ह्याट्रिक पूरा गरे। याक्सोकै शानदार प्रदर्शनका कारण उनी खेलको म्यान अफ द म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत बुधबार हुने चौथो क्वाटरफाइनल खेलमा हाम्रो भेट्रान क्लब धरानले सिक्किमको बर्मिक नाम्फिङ भेट्रान क्लबसँग प्रतिस्पर्धा गर्नेछ। चैत २८…

Read More

कान्तिपुर हाफ म्याराथन बैशाखमा

काठमाडौं। कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण वैशाख ५ गते हुने भएको छ । कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा  हुनेछ । ग्लोबल आईएमई बैंकको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ । कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै अन्य ३ विधा करपोरेट एन्ड इन्फुलेएन्सर रन ५ किमी, एक्स्ट्रिम कलेज रन ७ किमी, ह्विलचेयर रेस ३ किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वा“रले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा…

Read More

फेन्सिङ खेलाडी अनिताले सगरमाथा आरोहण गर्ने

काठमाडौं, चैत २३ गते । फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकी छन् । नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सफलताको शुभकामना दिदै अनितालाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । अनिता मंगलबार काठमाडौंबाट लुक्ला प्रस्थान गर्ने छिन् । करिब एक सातामा बेसक्याम्प पुगेपछि स्वास्थ्यलगायतको स्थिति हेरेर आरोहण मिति तय हुने अनिताले बताइन् । अनिताले आरोहण क्रममा ओलम्पियन संघ, खेलाडी संघ, नेपाल फेन्सिङ संघलगायतको झण्डा लिएर जाने बताइन् । नेपालमा भएको १३ औं दक्षिण एसियालीकी रजत विजेता…

Read More

इटहरी भेट्रान गोल्डकपमा विराटनगरको मिल्स भेट्रान विजयी

सुनसरी । मिल्स भेट्रान क्लब छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विजयी सुरुवात गरेको छ । इटहरीस्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा सोमबार भएको खेलमा पथरी भेट्रान क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मिल्स सेमिफाइनलमा पुगेको हो । खेलको म्यान अफद म्याच मिल्सका हर्क गुरुङ घोषित भए । मङ्गलवारको तेस्रो क्वाटरफाइनल खेल एभरेस्ट भेट्रान मोरङले आयोजक हाम्रो इटहरी भेट्रान क्लबको सामना गर्नेछ । चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार र उपविजेताले ५१…

Read More

आइपिएल : राजस्थानसँग गुजरात ६ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हातल पारेको छ । शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा राजस्थानले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको हो । राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०४ रनमात्रै बनाउन सक्यो । टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ब्याटिङमा ध्रुव जुरेलले ४२ बलमा ७५ रन बनाए । यसैगरी ओपनर ब्याट्सम्यान यशस्वी जैयसवालले ३६ बलमा ५५ रन र वैभव सूर्यवंशीले १८ बलमा ३१ रन बनाएका…

Read More

मुम्बईसँग कोलकाता ६ विकेटल पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इण्डियन्सले जित हात पारेको छ । मुम्बईको घरेलु मैदानमा भएको खेलमा मुम्बईले कोलकाता नाईट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको २२१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएरको थियो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले सर्वाधिक ८१ रनको अर्धशतकीय इनिङ खेल्दै आउट भए । उनले ४३ बलमा ४ चौका र ८ छक्का प्रहार गरे । रोहित शर्माले १४८ रनको शतकीय साझेदारी गरे । रोहितले ३८ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७८ रन बनाउँदै आउट…

Read More

कोच्चिमा विवाद: भारतीय टोलीलाई प्रेस कन्फ्रेन्समा प्रवेश रोक, भुक्तानी नहुँदा समस्या

काठमाडौं। भारतीय पुरुष सिनियर फुटबल टोलीले जवाहरलाल नेहरू स्टेडियम कोच्चिमा अनपेक्षित समस्याको सामना गर्नुपरेको छ। सुरक्षा निक्षेप (सिक्योरिटी डिपोजिट) भुक्तानीसम्बन्धी विवादका कारण खेलाडी तथा प्रशिक्षकलाई प्रेस कन्फ्रेन्स हलमा प्रवेश गर्न रोक लगाइएको हो। भारत राष्ट्रिय फुटबल टिमका खेलाडीहरू र मुख्य प्रशिक्षक खालिद जमील मार्च ३१ मा हङकङविरुद्ध हुने एएफसी एसियन कप क्वालिफायर खेलअघि निर्धारित प्रेस कन्फ्रेन्सका लागि स्टेडियम पुगेका थिए। तर भुक्तानी विवादका कारण अन्तिम समयमा कार्यक्रम रद्द गर्नुपर्‍यो। टोलीमा केरलका स्थानीय खेलाडीहरू आशिक कुरुनिया, सहल अब्दुल समद र विजय वर्गीस पनि सहभागी थिए। के हो विवाद? यो विवाद स्टेडियमका मालिक ग्रेटर…

Read More

जुम्ला–रारा सातौँ अल्ट्रा म्याराथन वैशाख २६ गते हुने

मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण आगामी वैशाख २६ गते बाट सुरु हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडीको सहभागी हुने म्याराथन जुम्ला सदरमुकाम खलङ्गा बजार बाट सुरु हुने भएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । म्याराथुनमा प्रतियोगितामा सहभागी हुनका लागि एक सूचना प्रकाशित गरिएको छ । कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित जुम्लामा रहेको पर्यटकीय र मुगु जिल्लामा रहेको रारा ताल लगायत अन्य पर्यटकीय क्षेत्रहरूको अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रचार गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागिएको…

Read More

आईओसीको नयाँ निर्णय: महिला क्याटेगोरीमा ट्रान्सजेन्डर र डिएसडी एथ्लिटमाथि प्रतिबन्ध

काठमाडौं। अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी)ले ओलम्पिक खेलमा महिला क्याटेगोरीमा ट्रान्सजेन्डर महिला र “डिफरेन्सेस इन सेक्स डेभलपमेन्ट (डिएसडी)” भएका एथ्लिटहरूको सहभागितामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। आईओसीकी अध्यक्ष कर्स्टी कभेन्ट्रीले यो निर्णय सार्वजनिक गर्दै जैविक रूपमा पुरुष एथ्लिटहरूले महिला क्याटेगोरीमा प्रतिस्पर्धा गर्नु उपयुक्त नहुने बताइन्। आईओसीले अब महिला क्याटेगोरीमा खेल्न चाहने सबै एथ्लिटका लागि एसआरवाई जीन स्क्रिनिङ अनिवार्य गरेको छ। यो परीक्षण जैविक महिलामा समेत लागू हुनेछ। स्क्रिनिङ लार, गालाको स्वाब वा रगतको नमूनामार्फत गरिने बताइएको छ। आईओसीले अन्तर्राष्ट्रिय खेल महासंघ, राष्ट्रिय ओलम्पिक कमिटी तथा महादेशीय संघहरूले पनि यो नीति अपनाउने अपेक्षा…

Read More

आईपीएल २०२६ः एकतर्फी जितसँगै आरसीबीले बनायो नयाँ किर्तिमान

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराउँदै शानदार सुरुआत गरेको छ। आरसीबीले २०० रनभन्दा माथिको लक्ष्य सहज रूपमा पूरा गर्दै एकतर्फी जित निकालेको हो। एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै २०१ रन बनायो। टोलीका लागि इशान किशनले ८० रनको उत्कृष्ट पारी खेले भने अनिकेत वर्माले ४३ रनको योगदान दिए। २०२ रनको लक्ष्य पछ्याएको आरसीबीले १५.४ ओभरमै ४ विकेट गुमाउँदै २०३ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। यससँगै आईपीएल इतिहासमै २००+ लक्ष्य…

Read More