काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) विजयी भएको छ । शनिबार बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी क्रिकेट रंगशालामा भएको सिजनको पहिलो खेलमा आरसीबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ । हैदराबादले दिएको २०२ रनको लक्ष्य बेंगलुरुले १५ दशमलब ४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले अविजित रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेलेका हुन् । उनले ३८ बलको सामना गरेर ५ चौका र ५ छक्का प्रहार गरेका छन् । देवदत्त पडीकल २६ बलमा ६१ रनको अर्धशतकीय इनिङ…
Read MoreCategory: खेलकुद
नेपाल र हङकङबीचको मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको एन्फाकोे दाबी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि कुनै स्वीकृति पत्र नआएको दाबी गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै एन्फाले नेपाल र हङकङबीचको खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति पत्र प्राप्त नभएको दाबी गरेको हो । एन्फाका जिम्मेवार पदाधिकारी तथा कर्मचारीहरूले स्वीकृति प्राप्तिका लागि राखेपका सम्बन्धित अधिकारीहरूसँग ताकेता गर्दा पनि कुनै लिखित जवाफ नआएको स्पष्ट पारेको छ । एन्फाले आइतबर कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिदिएको…
Read Moreप्रधानमन्त्री कप क्रिकेटका खेलहरू मुलपानी क्रिकेट मैदानमा हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता, २०८२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय गरिएका सम्पूर्ण खेलहरू अब मुलपानी क्रिकेट मैदानमा सारिएको जनाएको छ । बिहीबार क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ । यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो । संघले आगामी आईसीसी पुरुष क्रिकेट विश्वकप लिगको तयारीका लागि क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मत कार्य आवश्यक भएकाले खेल स्थल परिवर्तन गरिएको स्पष्ट पारेको छ…
Read Moreटी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
काठमाडौं । आईसीसी टी–२० विश्वकपको (सुपर ८) खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई हराएको छ । श्रीलंकाको कोलम्बोमा हिजो भएको खेलमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । श्रीलंकाको कोलम्बोमा १६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बलअघि ६ विकेट गुमाएर भेट्टायो । टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ७ विकेट गुमाएर १५९ रन बनाएको थियो । इङ्गल्यान्डले ‘सुपर एट’ को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इङ्गल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ । प्लेयर अफ द म्याच ज्याक्सले…
Read Moreटी–२० विश्वकप : इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ को आजको खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन । श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुँदैछ । न्युजिल्याण्डका लागि भने यो खेल सेमिफाइनलको महत्वपूर्ण खेल हो । जितले न्युजिल्याण्डलाई समूह २ को विजेता बनाउने छ । तर इङ्ल्याण्डसँग हार बहोरेमा भने अर्को खेलमा श्रीलंकाविरुद्ध पाकिस्तानको हारले मात्र न्युजिल्याण्डलाई अन्तिम ४ को ढोका खुल्नेछ । सुपर–८ को पहिलो खेलमा श्रीलंकालाई ५१ रन र दोस्रो खेलमा पाकिस्तानलाई २ विकेटले हराउँदै इङ्ल्याण्ड अन्तिम खेल अगाडिनै सेमिफाइनल पुगिसकेको छ ।…
Read Moreटी–२० विश्वकपः भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित
काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्र्तगतको सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले भारतमाथि सानदार जित हासील गरेको छ । आइतबार बmेलुका भएको खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको जित हासील गरेको हो । भारतको अहमदाबाद स्थीत नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो । भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा बढी ४२ रनको योगदान गरे, ओपनर अभिषेक शर्माले १५ रन र कप्तान सूर्यकुमार यादव…
Read Moreआईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज सुपर–८ का दुई खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दैछन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो । दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ। विश्वकपमा शनिबारबाट सुपर–८ का खेल सुरु भएका हुन् । २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड…
Read Moreटी–२० विश्वकपमा आज तीन वटा खेल हुँदै
काठमाडौँ । भारतमा जारी टी–२० विश्वकपमा आज तीन वटा खेल हुँदैछन् । शनिबार पहिलो खेलमा समुह बी अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदैछ । आयरल्याण्ड र ओमान दुवैले अहिलेसम्म आफ्ना शुरुका २–२ खेलमा हार बेहोरेका छन् । त्यस्तै आजको दोस्रो खेलमा समुह सी का इङल्याण्ड र स्कटल्याण्ड भिड्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल दिउसो ३ः १५ बजेदेखि शुरु हुदैछ । जारी विश्वकपमा इङल्याण्ड र स्कटल्याण्ड दुवैले २–२ खेलमा १–१ खेल जितेका छन्…
Read Moreफुटवल प्रतियोगितामार्फत निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप
सिरहा । सिरहाको गोलाजार नगरपालिका ३ मा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदातालाई प्रभावित पार्न वडा स्तरीय फुटबल प्रतियोगिता गरिरहेको पाइएको छ । फागुन–२१ प्रतिनिधिसभाको राजनीतिक माहोल तातेका बेला वडा अध्यक्षले आफ्नो उम्मेदवारलाई समर्थन गर्नका लागि प्रतियोगितामार्फत मतदातालाई प्रभावित पार्ने प्रयास गरिएको आरोप छ । स्थानीयवासीहरूका अनुसार प्रतियोगिताको नाममा राजनीतिक प्रभाव विस्तार गर्ने उद्देश्य राखिएको छ।सोही वडाका एक स्थानीयले भने, नेकपा पार्टीबाट सिरहा क्षेत्र नं–३ का उम्मेदवार बिश्वनाथ साहले एक लाख रुपैयाँ सहयोग गरेको आरोप लगाएका छन्। उनका अनुसार सो सहयोग मतदातालाई आकर्षित गर्ने रणनीतिअन्तर्गत प्रदान गरिएको हो। यता वडाअध्यक्ष धनप्रसाद…
Read Moreटी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समूह ‘सी’ मा सुपर–८ पुग्ने सम्भावना जोगाइराख्न दुवैका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । नेपालका लागि यसअघिपनि वानखेडेमा खेलिसकेको अनुभव रहेको छ भने इटाली कोलकाताबाट मुम्बई आइपुगेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेख प्रमुख रन–स्रोत मानिएका छन् । कप्तान…
Read More