आठौँ नेपाल राइडर मिट आयोजना हुँदै

काठमाडौं । नेपालमा पर्यटन प्रवर्दधन गर्ने उद्देश्यले आठौँ नेपाल राइडर मिट आयोजना हुने भएको छ । सोमबार पत्रकार सम्मेलनगरी फोर नेपाल र द हिमालयन मोटरसाइकल एक्सपिरियन्सको आयोजनामा आगामी फागुन २ गतेदेखि ४ गतेसम्म नेपाल राइडर मिट आयोजना गर्न लागेको जानकारी दिएको हो । नेपाललाई साहसिक र सुरक्षित मोटरसाइकल यात्राको गन्तव्यको लागि विश्वभरी चिनाउने उद्देश्य आफुहरुको रहेको आयोजकले जनाएको छ । ललितपुरको गोदावारी २ चापखर्कमा आयोजना हुने राइडर मिटमा ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरु सहभागि हुने छन् । नेपालसहित भुटान, भारत लगायत विभिन्न देशबाट राइडरहरु सहभागि हुनेछन । आयोजकका अनुसार…

Read More

आठौँ हिमालयन गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक

क्वालालम्पुर: मलेसियामा बसोबास गर्ने नेपाली समुदायका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हिमालयन गोल्डकपको आठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। क्वालालम्पुर हिमालय एफसीद्वारा आयोजित प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै आयोजकले आइतबार (फेब्रुअरी ८) क्वालालम्पुरस्थित होटल ग्राण्ड कण्टिनेन्टलमा विशेष कार्यक्रम आयोजना गरी खेलतालिका (टाइसिट) सार्वजनिक गरेको हो। कार्यक्रममा मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा प्रतियोगितामा सहभागी १६ टिमका प्रतिनिधिहरूको उपस्थितिमा गोला प्रथामार्फत टाइसिट तय गरिएको थियो। उक्त अवसरमा नेपाली फुटबल एसोसिएसन मलेसियाका अध्यक्ष हेमप्रसाद भट्टले सहभागी १६ टिमका खेलाडीहरूलाई परिचयपत्र तथा एक–एक थान फुटबल वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले…

Read More

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो । नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८० रन जोडन पुग्यो । इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए । नेपालका लागि दिपेन्द्र सिंह…

Read More

नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक

काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ । गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् । भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित…

Read More

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मुम्बईको वानखेडे स्टेडियममा आईसीसी टी–२० विश्वकप अन्तर्गत महत्वपूर्ण खेल खेल्दैछ । उक्त अवसरमा प्रधानमन्त्री शुसीला कार्कीले राष्ट्रिय टोलीलाई शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्रीले आज वानखेडे स्टेडियममा नेपालको राष्ट्रिय धुन गुन्जिने र त्यो स्वर विश्वभर फैलिने उल्लेख गर्दै कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले नेपालको आत्मविश्वास, एकता र सामूहिकताको उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेकी हुन् । तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा सहभागिता जनाइरहेको नेपालले यसअघि देखाएका ऐतिहासिक प्रदर्शन र सफलताले टोलीको मनोबल उच्च रहेको प्रधानमन्त्रीको भनाइ छ । साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको…

Read More

बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आजदेखि आईसीसी टी– २० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितको शुभकामना दिएका छन् । बालेनले सामाजिक सञ्जालमा नेपालले पहिलोपटक सन् २०१४ मा खेलेको विश्वकपको स्मरण गराउँदै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको तारिफसहित टोलीलाई जितको शुभकामना दिएका हुन् । ‘क्रिकेटको माध्यमबाट विश्वमाझ नेपाल र नेपालीलाई चिनाएको छ । क्रिकेटको आगामी लक्ष्य, कता जाने, कता लग्ने भन्ने कुराको जिम्मेवारी हामीले क्रिकेटकै पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई दिएका छौँ । उहाँकै अनुभव र भिजनअनुसार अब नेपालको क्रिकेट अगाडि बढ्नेछ । उहाँले मैदानमा देखाउनुभएको खेल…

Read More

क्रिकेट खेल मात्र होइन, हाम्रो प्रगतिको पहिचान र स्वाभिमान हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब क्रिकेटको ‘राइजिङ पावर’ रहेको दाबी गरेका छन् । टी–२० विश्वकपमा सहभागी हुन लागेका नेपाली खेलाडीलाई भिडियोमार्फत शुभकामना दिँदै ओलीले क्रिकेट एउटा खेल मात्रै नभैइ, नेपालको लागि प्रगतिको पहिचान र स्वाभिमान पनि भएको बताएका छन् । उनले भनेका छन्, ‘अहिले मुम्बईमा टी २० विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु, हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो । त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया,…

Read More

प्रचण्डद्वारा इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा आज इंग्ल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना व्यक्त गरेका छन् । प्रचण्डले अन्तर्राष्ट्रिय क्रिकेटमा छुट्टै पहिचान बनाइसकेको नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको झण्डा विश्वभर फहराउनेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । उनले खेलाडीहरूको अथक परिश्रम, एकताबद्ध टिम स्पिरिट र मातृभूमिप्रतिको गहिरो समर्पणले सम्पूर्ण नेपालीलाई गर्व अनुभूति गराएको उल्लेख गरे । उनले हरेक बल, हरेक रन र हरेक विकेटमा सम्पूर्ण नेपाल नेपाली टिमसँगै रहेको भन्दै खेलमा विजयको लागि हार्दिक…

Read More

विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

काठमाडौं । आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् । नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र…

Read More

आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ । विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।…

Read More