काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।’ त्यसैगरी उनले अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकासपछि सम्मानजनक जीवन जिउन सक्नेगरि आजीवन स्वास्थ्य उपचारको व्यवस्था गरिने जानकारी दिए ।
Read MoreCategory: खेलकुद
मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने
काठमाडौँ । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। आयोजक आरटी एफसी मलेसियाले एक विशेष कार्यक्रमका बीच खेल तालिका सार्वजनिक गरेको हो। ‘द ग्रान्ड केलाना दमनसारा सुइट’मा आयोजित टाइसिट ड्र कार्यक्रम आरटी एफसीका अध्यक्ष राजु तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली फुटबल एसोसिएसन (एनएफए) मलेसियाका कार्यवाहक अध्यक्ष विष्णु चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने अन्य एनएफए पदाधिकारीहरू, व्यवसायी मन्दिप भट्टराई, तथा सहभागी…
Read Moreअमेरिकाविरुद्ध नेपालको कीर्तिमानी योगफल
काठमाडौं, ८ जेठ । विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले अमेरिकाविरुद्ध ३१७ रनको कीर्तिमानी योगफल तयार गरेको छ । लिग २ को १८औं राउण्डको अन्तिम खेलमा अमेरिकाले टस जितेर बलिङ रोजेको पछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रनको कीर्तिमानी योगफल तयार गरेको हो । यो नेपालले ओडिआई क्रिकेटको पहिलो इनिङमा बनाएको सर्वाधिक ठूलो योगफल हो । यसअघि सन् २०२३ मा नेपालमा नै भएको एसिसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले ३१० रनको योगफल तयार गरेको थियो । नेपालका लागि इशान पाण्डेले ८३ बलमा ८ चौका र १…
Read Moreशुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
काठमाडौं । महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा देखिने भएको छ । शुक्रबारदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन् । घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपालमाथि यसपटक विशेष चासो देखिएको छ । प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने ईरान, काजखस्तान, श्रीलंका र बंगलादेश समूह ‘बी’ मा रहेका छन् । नेपालले आफ्नो पहिलो खेल जेठ ८ गते साविक विजेता भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल–भारतबीचको…
Read Moreएसियाली खेलकुद महिला छनोट: मुख्य प्रतियोगितामा स्थान बनाउने दाउमा नेपाल, यस्तो छ खेल तालिका
काठमाडौँ, ६ जेठ २०८३ (१९ मे २०२६) नेपाली राष्ट्रिय महिला क्रिकेट टोली सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुद (Asian Games) को मुख्य प्रतियोगितामा छनोट हुने लक्ष्यका साथ मलेसिया प्रस्थान गरिसकेको छ। मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा मे २६ देखि मे ३१ सम्म मलेसियामा ‘एसियाली खेलकुद महिला छनोट २०२६’ (Asian Games Women’s Qualifier 2026) सञ्चालन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार मात्रै टोलीलाई बिदाइ गरेको थियो। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्दै मुख्य प्रतियोगितामा स्थान सुरक्षित गर्ने बलियो विश्वासका साथ मैदान उत्रनेछ। प्रतियोगिताको संरचना र नेपालको समूह…
Read Moreमधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेश स्तरीय प्रतियोगिता सुरु
जनकपुर । मधेश प्रदेशमा पहिलो पटक एकसाथ १९ वटा खेलको प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश खेलकुद परिषद्, जनकपुरद्वारा आयोजित उक्त प्रतियोगिताको खेलहरु सोमबार (आज)बाट मधेश प्रदेशका प्रत्येक जिल्लामा सुरु भएको छ । प्रतियोगितको उद्घाटन गर्दै मधेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले प्रदेशभर खेलकुदको विकास, खेलाडीहरुको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरका प्रतियोगिताका लागि खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस प्रतियोगिताको आयोजना गरेको जानकारी दिए । प्रतियोगितामार्फत प्रदेशमा खेलकुद गतिविधिलाई थप सशक्त बनाउने, युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने तथा अनुशासित, स्वास्थ्य र प्रतिस्पर्धी समाज…
Read Moreसन्दिप लामिछानेले बनाए विश्व किर्तिमान
काठमाडौं, ४ बैशाख । सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा विश्व किर्तिमान कायम गरेका छन्। एक दिवसीय क्रिकेटमा सर्बाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान बनाएका हुन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो किर्तिमान कायम गरेका हुन् । आजको खेलसँगै लामिछानेले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए । स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पुर्याएका हुन् ।
Read Moreआईसीसी लिग–२: स्कटल्यान्डमाथि ६ विकेटको सानदार जितसँगै नेपाल पाँचौँ स्थानमा उक्लियो
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शीर्ष स्थानको स्कटल्यान्डविरुद्ध ६ विकेटको सानदार जित निकालेको छ। यो जितसँगै नेपाल अंकतालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले समान २२ अंक भएको नामिबियालाई नेट रनरेटमा पछाडि पार्दै पाँचौँ स्थान सुरक्षित गरेको हो। २२ अंक जोडेको नेपालले हालसम्म २७ खेलमध्ये १० मा जित र १५ मा हार व्यहोरेको छ भने टोलीको दुई खेल रद्द भएको थियो। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले प्रस्तुत गरेको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेलले कप्तानी इनिङ…
Read Moreमेसीकाे गाेलमा मियामीकाे जीत
काठमाडौं, ४ बैशाख । कप्तान लियोनल मेसीले गोलमा अमेरिकी लिग सकर (एमएलएस) मा इन्टर मियामीले जित निकालेको छ । सोमबार बिहान भएको खेलमा इन्टर मियामीले पोर्टलान्ड टिमवर्सलाई २–० ले हरायो । मियानी फ्रिडम पार्कमा मेसीले ३१औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । उनले टालेस्को सेगोभियाको पासमा गोल गरेका हुन् । मेसीले दोस्रो गोलको लागि पनि अवसर सिर्जना गरे । उनले बक्स भित्रबाट दिएको चलाखीपूर्ण पासलाई जर्मन बार्टेरामेले सहजै गोल गरेका थिए । यो जितपछि इन्टर १४ खेलबाट २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको नासभिले एससीको ३० अंक रहेको…
Read Moreस्कटल्याण्डकाे बिरूद्दकाे खेलमा नेपाल पहिला बलिङमा
काठमाडौं, ४ बैशाख । विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डका कप्तान रिची बेरिग्टंनले टस जितेर ब्याटिङ रोजे पछि नेपालले बलिङको निम्तो पाएको हो । नेपालले शनिकार अमेरिकासँग खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । नेपालको प्लेइङः ११ कुशल भुर्तेल, आसिफ शेख , इशान पाण्डे, रोहित पौडेल९कप्तान०, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी
Read More