काठमाडौं, ४ बैशाख । कप्तान लियोनल मेसीले गोलमा अमेरिकी लिग सकर (एमएलएस) मा इन्टर मियामीले जित निकालेको छ ।
सोमबार बिहान भएको खेलमा इन्टर मियामीले पोर्टलान्ड टिमवर्सलाई २–० ले हरायो ।
मियानी फ्रिडम पार्कमा मेसीले ३१औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । उनले टालेस्को सेगोभियाको पासमा गोल गरेका हुन् । मेसीले दोस्रो गोलको लागि पनि अवसर सिर्जना गरे । उनले बक्स भित्रबाट दिएको चलाखीपूर्ण पासलाई जर्मन बार्टेरामेले सहजै गोल गरेका थिए ।
यो जितपछि इन्टर १४ खेलबाट २८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको नासभिले एससीको ३० अंक रहेको छ । पराजित पोर्टलान्ड १४ अंकसहित २१औं स्थानमा रह्यो ।