आठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता अस्थायी रूपमा स्थगित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले आयोजना गर्न लागेको आठौं दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता, जुन राष्ट्रिय खेलकुद परिषद्को स्वीकृतिमा २०८२ कार्तिक १४ देखि १६ गतेसम्म काठमाडौँमा सञ्चालन हुने भनिएको थियो, असहज परिस्थितिका कारण अस्थायी रूपमा स्थगित गरिएको छ। महासंघका पदाधिकारीहरूको बैठकले हालको जेन-जी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको बताइएको छ। महासंघले सम्बन्धित सबै खेलाडी, प्रशिक्षक, अफिसियल र सरोकारवालाहरूलाई सूचित गर्दै भविष्यमा प्रतियोगिताको नयाँ मिति तय भएमा पुनः जानकारी गराइनेछ भनी जानकारी दिएको छ।

Read More

शहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ मंसिर ४ गतेदेखि सुरु हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक कार्यतालिका अनुसार शहिद स्मारक सि डिभिजन क्वालिफायर २०२५ आगामी मिति २०८२ मंसिर ४ गतेदेखि सुरु हुने भएको छ। एन्फाका महासचिव किरण राईद्वारा जारी विज्ञप्ति अनुसार प्रतियोगितामा सहभागी सम्पूर्ण क्लबहरुलाई २०८२ असोज मसान्तभित्र एन्फामा सम्पर्क गर्न अनुरोध गरिएको छ। यस सम्बन्धमा थप जानकारीका लागि सम्पर्क व्यक्ति सन्त राई (मो. ९८४१८७३५२४) लाई सम्पर्क गर्न सकिने एन्फाले जनाएको छ। एन्फाले सबै सहभागी क्लबहरुलाई निर्धारित समयमा सम्पर्क गर्न आग्रह गर्दै खेल सञ्चालनमा सहजता पुग्ने विश्वास व्यक्त गरेको छ।

Read More

मिसन २०२६ अन्तर्गत खेलाडी छनोट प्रक्रिया असोज २९ देखि सुरु हुने

काठमाडौं । आगामी २० औं एशियाली खेलकुद, जुन सन् २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ, त्यसमा तौल समूह (Weight Category) परिवर्तन भएकोले नेपाल बक्सिङ्ग महासंघले नयाँ मापदण्डअनुसार खेलाडी छनोट प्रक्रिया गर्ने भएको छ। महासंघले जारी गरेको सूचना अनुसार यहि मिति २०८२ कार्तिक १२ देखि १४ गतेसम्म (सन् २०२५ अक्टोबर २९ देखि ३१) अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा प्रतिभावान खेलाडी छनोट कार्यक्रम आयोजना हुनेछ। छनोटमा इलाइट पुरुष तथा महिला उमेर समूहका खेलाडी सहभागी हुनेछन्। पुरुषतर्फ ५५ के.जी, ६० के.जी, ७० के.जी, ८० के.जी, ९० के.जी र ९०+ के.जी…

Read More

साफ क्लब महिला च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ – दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलो पटक साफ क्लब महिला च्याम्पियनसिप २०२५ आयोजना गर्न लागेको छ। ऐतिहासिक यो प्रतियोगिता नेपालमा आगामी ५ डिसेम्बरदेखि २० डिसेम्बरसम्म सञ्चालन हुनेछ। यस च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच शक्तिशाली महिला क्लब टिमहरूबीच उपाधि भिडन्त हुनेछः नस्रिन स्पोर्ट्स एकेडेमी (बंगलादेश) ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी (भूटान) ईस्ट बंगाल एफसी (भारत) एपीएफ फुटबल क्लब (नेपाल) कराची सिटी फुटबल क्लब (पाकिस्तान) यस प्रतियोगिताले दक्षिण एसियाली महिला क्लब फुटबललाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। पहिलोपटक आयोजना हुँदै गरेको यो च्याम्पियनसिपले क्षेत्रीय महिला फुटबलको विकास, प्रतिस्पर्धा र ऐक्यबद्धतालाई बलियो…

Read More

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । वल्र्ड रनिङको साझा साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को पुर्णकालीन सदस्य धारा…

Read More

नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले विधान पारित

काठमाडौँ – नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको नयाँ विधान पारित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न सभाले विधान अनुमोदन गर्दै संघलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष विक्रम लामाका अनुसार नयाँ विधानअनुसार ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्नेछन्। साथै व्यवसायिक रूपमा प्रशिक्षणमा संलग्न हुने खेलाडीको सदस्यता स्वतः खारेज हुने व्यवस्था गरिएको छ। विधानले ए, बी, सी डिभिजनका खेलाडीलाई समेत संघको केन्द्रीय परिषद्‌मा मनोनयन गर्न सक्ने प्रावधान राखेको छ। यसअघि भने केवल सिनियर र जुनियर राष्ट्रिय खेलाडीले मात्र सदस्यता लिन पाउने व्यवस्था थियो।…

Read More

भारतीय क्रिकेटर मोहम्मद सिराजले तोडे तेन्दुलकरको रेकर्ड

काठमाडौं, १८ साउन । टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले कुल अन्तर्राष्ट्रिय विकेटको मामिलामा महान सचिन तेन्दुलकरलाई पछि पार्दै भारतीय क्रिकेट इतिहासमा आफ्नो नाम दर्ता गरेका छन् ।   सिराजले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा २०० विकेट पूरा गरेका छन् । इङ्ल्यान्डविरुद्धको पाँचौं टेस्टको दोस्रो दिन चार महत्वपूर्ण विकेट लिएर आफ्नो चम्किलो बलिङका साथ सिराजको अन्तर्राष्ट्रिय विकेटको संख्या २०३ पुगेको छ ।   सिराजले टेस्टमा ११८, एकदिवसीयमा ७१ र टी–२० मा १४ विकेट लिएका छन् । तेन्दुलकरले आफ्नो करियरमा कुल २०१ विकेट (टेष्टमा ४६, एकदिवसीयमा १५४ र टी–२० मा १ विकेट)…

Read More

पुलिसको जर्सीमा साम्बा! अफ सिजनमा फिटनेसका लागि मैत्रीपूर्ण खेल

काठमाडौं – १७ साउन २०८२ (अगस्ट २, २०२५) राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले शुक्रवार नेपाल पुलिस क्लबको जर्सीमा मैदान उत्रेर मैत्रीपूर्ण खेल खेलेकी छिन्। एएफसी महिला च्याम्पियन्स लिगको तयारीमा जुटिरहेको एपीएफ फुटबल क्लबसँगको खेलमा साम्बा पुलिसको तर्फबाट खेल्न देखिएकी हुन्। अहिले अफ सिजन चलिरहेका बेला आफ्नो फिटनेस कायम राख्न साम्बा केही समयदेखि एपीएफ क्लबसँग नियमित प्रशिक्षणमा संलग्न छिन्। तर शुक्रवारको मैत्रीपूर्ण खेलमा उनले अनौपचारिक रूपमा पुलिस क्लबको तर्फबाट खेलिन्, जसले धेरैको ध्यान खिचेको छ। साम्बा चाँडै न्यूजिल्याण्ड प्रस्थान गर्दैछिन्, जहाँ उनले व्यावसायिक फुटबल करियरलाई निरन्तरता दिने तयारी गरिरहेकी छन्। नेपालमै सर्वाधिक गोलकर्ता र कप्तानको भूमिका निभाएकी साम्बाको यो कदमले नेपाली महिला फुटबललाई…

Read More

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बा मकवानपुरमा सम्मानित, नगद ५० हजार प्रदान

मकवानपुर – १७ साउन २०८२ (अगस्ट २, २०२५) मकवानपुरमा आयोजित ‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले विशेष सम्मान प्रदान गरेको छ। कार्यक्रमका दौरान साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो। नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी साम्बा हालसम्मकै सर्वाधिक गोलकर्तासमेत हुन्। सञ्चारिका समूह मकवानपुर शाखाले साबित्राको नेतृत्व, मेहनत, र उपलब्धिलाई मूल्यांकन गर्दै भविष्यमा अझ प्रेरणादायी यात्राका लागि शुभकामना दिएको छ। कार्यक्रममा पत्रकार, समाजसेवी, खेलप्रेमी र युवा समूहको बाक्लो उपस्थिति…

Read More

पलेशा गोवर्धनद्वारा एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा ऐतिहासिक सफलता, नेपाली दूतावासद्वारा बधाई

क्वालालम्पुर, मलेसिया – अगस्ट २, २०२५ मलेसियाको सारावाक राज्यस्थित कुचिङ शहरमा यही १ अगस्त २०२५ मा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (G-4) मा नेपाली खेलाडी पलेशा गोवर्धनले ऐतिहासिक सफलता हात पार्दै bronze (कास्य) पदक जितेकी छन्। महिला ५७ केजी तौल समूहअन्तर्गत K-44 वर्गमा प्रतिस्पर्धा गर्दै पलेशाले उत्कृष्ट प्रदर्शनमार्फत कास्य पदक जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गरेकी हुन्। यस शानदार उपलब्धिप्रति मलेसियास्थित नेपाली दूतावास, क्वालालम्पुरले पलेशालाई हार्दिक बधाई ज्ञापन गरेको छ। प्रतियोगितामा पलेशासँगै सहभागी अन्य नेपाली खेलाडीहरूमा भरत सिंह महता, अमिर भ्लोन, रेनु तामाङ, र कामना प्रसाईं रहेका थिए। यस्तै, नेपाली…

Read More