आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी

काठमाडौं  जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आज(शनिबार) देखि भोलि(आइतबार) विहानसम्म अत्ति भारी बर्षा हुने संभावना रहेको बताएका छन् 

ऊर्जाजलस्रोत तथा सिँचाइभौतिक पूर्वाधार संरचना र यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङद्वारा शनिबार आयोजित बैठकमा बोल्दै उनले शनिबार साँझ ८ बजेदेखि आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षा र राति १० बजेदेखि विहान २ बजेसम्म बढी जोखिम हुने संभावना रहेको बताए 

बागमतीमधेशलुम्बिनीगण्डकी प्रदेशका वासिन्दाहरुलाई सचेत रहन उनले आग्रह गरे  उनले नदी किनारमा बस्ने र यातायातमा रहनुभएका सर्वसाधारणहरुलाई आग्रह गरेका छन् 

सम्बन्धित खबर