सरकारी स्कुलमा ई-हाजिरी: आईडी कार्ड स्क्यान गरेपछि विद्यार्थी कक्षा छिर्ने, अभिभावकलाई ढुक्क

हरेक बिहान शिक्षक कक्षामा पसेर ‘रोल नम्बर एक, दुई…’ भन्दै हाजिरी लिने झन्झट अब ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९ स्थित कटुञ्जे माध्यमिक विद्यालयमा देखिँदैन । यहाँका विद्यार्थीहरू विद्यालयको गेटबाट छिर्नेबित्तिकै एउटा डिभाइसमा आफ्नो परिचयपत्र (आईडी कार्ड) छुन भ्याइसकेका हुन्छन् ।

उनीहरू कक्षामा पुग्दा नपुग्दै अभिभावकको मोबाइलमा ‘तपाईंको बाबु/नानी विद्यालय आइपुगेको छ’ भन्ने मेसेज पुगिसकेको हुन्छ । यो कुनै चलचित्रको दृश्य होइन, कटुञ्जे माविको बदलिँदो दैनिकी हो ।

सम्बन्धित खबर