भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि अनलाइन मतदानको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयको सुझाव

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्नुपर्ने स्पष्ट गर्दै भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइनमार्फत मतदानको व्यवस्था गर्न सुझाव दिएको छ।

मन्त्रालयले संघलाई पठाएको पत्रमा गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ तथा दफा २१.१० अनुसार निर्वाचन भौतिक रूपमा उपस्थित भई वा अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ। सोही व्यवस्था बमोजिम भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नुपर्ने जनाइएको छ।

पत्रमा अधिकतम प्रतिनिधि भौतिक रूपमा उपस्थित हुने व्यवस्था मिलाउन र उपस्थित हुन नसक्नेको हकमा विधानअनुसार अनलाइन माध्यमबाट सहभागिता सुनिश्चित गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने परराष्ट्र मन्त्रालयको राय रहेको उल्लेख छ।

साथै, विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको स्मरण गराउँदै त्यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी समयमै गर्न मन्त्रालयले आग्रह गरेको छ।

सम्बन्धित खबर