रामेछाप । रामेछापमा नेकपाका श्यामकुमार श्रेष्ठले अग्रता कायम राखेका छन् । हालसम्म १० हजार ४१८ मत गन्दा श्रेष्ठले २ हजार ५०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्का २ हजार १०८ मत ल्याइ दोस्रो स्थानमा छन् भने १ हजार ८८७मत ल्याइ रास्वपाका डा कृष्णहरि बुढाथोकी तेस्रो स्थानमा छन् ।
उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले १ हजार ६३९ मत पाएका छन् । एमालेका माधव ढुंगेलले १ हजार २१३ मत ल्याएका छन् ।
कुल १ लाख ८७ हजार ९५२ मतदाता रहेका रामेछापमा ९० हजार ७१० मत खसेको छ ।