कैलाली। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-११ कान्तिपुर दक्षिण टोल बस्ने १९ वर्षीय मदन परियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मदनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।