माेरङ, २ जेठ । श्रम संस्कृति पार्टी मोरङ जिल्ला कार्य समितिको नयाँ नेतृत्व चयन गरिएको छ।
समितिको अध्यक्षमा कुल बहादुर लिम्बू चयन भएका छन् भने उपाध्यक्षमा शान्ति बस्नेत र सन्जय क्रान्तिकारी रहेका छन्। त्यसैगरी सचिवमा धर्मराज राई, कोषाध्यक्षमा मोहम्मद जविउल्ला तथा सहसचिवमा मोहन मादेन लिम्बू चयन भएका छन्।
समितिमा अशोक राई लगायत विभिन्न पालिकाबाट प्रतिनिधित्व गर्ने गरी ३५ जना नेतृत्वसहितको टिम गठन गरिएको जनाइएको छ। नवगठित कार्य समितिले श्रमिक अधिकार, सांस्कृतिक संरक्षण तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।