मन्दिर बनाइदिन पासबानहरुको आग्रह

माेरङ,  २ जेठ । पथरीशनिश्चरे ४ को पासवानटोलमा ५ वर्ष अघि निर्माण सुरु भएको सलहेस महाराजको मन्दिर आर्थिक अभावकै कारण निर्माण पुरा नभएकाले सो मन्दिर निमार्ण पुरा गरिदिन स्थानिय पासवान समुदायले आग्रह  गरेका छन् ।

बजेट अभाव मै महाराज मन्दिर निर्माण कार्य अलपत्र भएको हो । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०७७ ÷ ७८ मा सहयोग गरेको र त्यसपछि कुनै सहयोग नभएकाले पनि मन्दिर निर्माण कार्य अलपत्र भएको हो ।

मन्दिर निर्माण समितीका सचिव संजय पासवानका अनुसार आर्थिक अभाव भएपछि अहिले मन्दिरको निर्माण कार्य रोकिएको छ । स्थानिय पासवान समुदायले आफै पैसा संकलन गरेर मन्दिर निर्माण थालेकाे तर त्यो कार्य समेत आर्थिक संकलन गर्न समस्या भए पछि नगरपालिका सम्म पुगेको र त्यतिवेला नगरवाट १ लाख ७५ हजार  प्राप्त गरेपनि त्यस पछि नगरवाट सहयोग नभएकाे उनले जनाए।

२०५४ सालमा स्थानिय जोगीलाल पासवान र दिलिप पासवानले जग्गा दान गरेपछि सो मन्दिर स्थापना भएको हो । वासका भाटाले वनेको मन्दिरलाई कक्रिट वनाउन तत्कालिन उपमेयर यमुना विष्टले आश्वसन दिएपछि पासवान समुदाय हौसिएका थिए । विष्टले नै रकम विनियोजन गरेर मन्दिर निर्माण सुरु भएको थियो । विष्टको कार्यकाल सकिएसँगै कुनै जनप्रतिनिधीले कुरै सुन्न छोडेको भागवत पासवान वताउँछन् ।

सोहि वेला पुरानो संरचना भत्काएर नयाँ मन्दिर वनाएर पुजा गर्ने चाहना पुरा नभएको स्थानिय भागवत पासवानको गुनासो छ । पासवानका अनुसार अहिलेका जन प्रतिनिधीले वेवास्ता गरेका कारण मन्दिरले पुर्ण रुप दिनसकेको छैन् ।

जग्गादाता समेत रहेका दिलिप पासवान भन्छन् ‘पुजा गरेको स्थानमा कुकुर विरालो समेत पुग्ने अवस्था छ खुल्ला स्थानमा हामी पुजा गर्दछौ ।  प्रत्येक वैसाक १ र असार पुर्णिमामा पथरीशनिश्चरे नगर भरिका पासवान समुदायका व्याक्ति भेला भएर महराजको पुजा गर्ने गर्दछन ।

 

सम्बन्धित खबर