जाँते ज्यामिरेको सडक अवरुद्ध, जनजीवन कष्टकर

मोरङ, १ असोज । लेटाङ नगरपालिका–८ स्थित जाँते ज्यामिरे मुख्य सडकमा गएको ठूलो पहिरोका कारण यातायात पूर्णरूपमा ठप्प भएको छ।

सडक अबरुद्ध भएपछि एम्बुलेन्ससहित अत्यावश्यक सवारी साधन चल्न नसक्दा स्थानीयवासीलाई उपचार, बजार आपूर्ति र दैनिक आवतजावतमा ठूलो समस्या भएको छ।

अचानक पहिरो खस्दा पैदलयात्रीहरू समेत जोखिममा पर्न थालेका छन्। बिरामीलाई अस्पताल लैजान कठिनाई भएको छ भने विद्यालय जाने विद्यार्थी र बजार आवतजावत गर्ने स्थानीयवासीलाई हिँडडुलमै बाधा उत्पन्न भएको छ।

यो सडक कालोपत्रेका लागि ठेक्का आह्वान भएता पनि बजेट सुनिश्चित नभएको भन्दै निर्माण कम्पनिले काम लथालिङ छाडेर गुमनाम भएको छ।

यस अवस्थालाई गम्भीरतापूर्वक लिँदै लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीले स्थलगत निरीक्षण गरेका छन्। उनले सडक यथाशीघ्र खुलाउने प्रतिबद्धता जनाउँदै नगरपालिकाको भौतिक पूर्वाधार शाखालाई तत्काल काम अघि बढाउन निर्देशन दिएको उहाअओ सचिबालयले जनाएको छ ।

सम्बन्धित खबर