एसएसबि बिहार पुलिसको संयुक्त अपरेशनः २ थान कटुवा पेस्तोल गोली, गाँजा, र मदिरासहित ३ पक्राउ

रौतहट ८ जेठ । बारा जिल्ला संग जोडिएको भारत–नेपाल सीमावर्ती क्षेत्रमा सशस्त्र  बल (एसएसबी) र बिहार प्रहरीले संयुक्त रुपमा सञ्चालन गरेको विशेष अपरेशनमा २ थान कटुवा पेस्तोल गोली,  गाँजा, मदिरासहित तीन जनालाई पक्राउ गरिएको छ।

 

एसएसबि मुख्यालय पिपराकोठीका प्रवक्ता बिनित कुमार सिंहले आज शुक्रवार एक सूचना जारी गर्दै हतियार, गोली, मदिरा र गाँजासहित पक्राउ परेका तीनजना भारतीय नागरिक बारे सार्वजनिक गरेका हुन्।

 

भारतीय सीमा सुरक्षा बल एसएसबि ७१ औँ बटालियन मोतिहारीको इन्टेलिजेन्स सेटअपबाट प्राप्त सूचनाका आधारमा बुधवार साँझ ८ः४० बजे ‘सी’ कम्पनी बेलदारवा मठ अन्तर्गत पर्ने लालाछाप्रा ९भारत–नेपाल० चेकपोस्ट क्षेत्रमा बिहार प्रहरी आदापुरसँगको समन्वयमा संयुक्त अपरेशन सञ्चालन गरिएको थियो।

 

उक्त अपरेशनका क्रममा ८ एमएम के एफ लेखिएको एक थान जिउँदो गोली, गाँजा करिब १२ ग्राम, १५ बोतल नेपाली मदिरा तथा एक मोटरसाइकल बरामद गरिएको थियो। साथै घटनास्थलबाट तीन जनालाई नियन्त्रणमा लिइएको थियो।

 

पक्राउ पर्नेहरुमा आदापुर थाना अन्तर्गत पूर्वी चम्पारण जिल्ला निवासी २३ वर्षीय अफताब अन्सारी, २५ वर्षीय अफरोज अन्सारी र २० वर्षीय गुड्डु कुमार शाह रहेका छन्।

 

पक्राउपछि एसएसबी र प्रहरीले संयुक्त रुपमा उनीहरूमाथि सोधपुछ गरेको थियो। सो क्रममा पक्राउ परेकाहरुले दिएको सूचनाका आधारमा हिजो बिहीवार दिउँसो १२ः३० बजे अफरोज अन्सारीको घरमा संयुक्त छापा मारिएको थियो।

 

छापामारीका क्रममा दुई थान घरेलु कटुवा पेस्तोल बरामद गरिएको सूचनामा उल्लेख गरिएको छ। बरामद हतियार थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरीलाई बुझाइएको तथा

 

घटनाबारे थप अनुसन्धान भइरहेको तथा अन्य विवरण प्राप्त हुनासाथ सार्वजनिक गरिने एसएसबि मुख्यालय पिपराकोठीका सहायक कमान्डेनट बिश्वाजित तिवारीले बताएका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबी ७१ बटालियन ले पछिल्लो समय अपराध न्यूनीकरणमा बिशेष सक्रियता देखाएको छ।

सम्बन्धित खबर