काठमाडौं महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान सकिएपछि मतपेटिका संकलन गरिएको छ। संकलित मतपेटिका सुरक्षित रूपमा सम्बन्धित मतगणना स्थलमा पठाइने प्रक्रिया अघि बढाइएको छ। निर्वाचन आयोगले मतपेटिका ढुवानी तथा व्यवस्थापनको पूर्ण सुरक्षा सुनिश्चित गर्दै यो प्रक्रिया सञ्चालन गरेको जनाएको छ।
Read MoreCategory: फोटो ग्यालरी
वसन्तपुर मतदान स्थलबाट मतपेटिका सील गरी मतगणना स्थलतर्फ पठाइयो (तस्विरहरू)
बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। काठमाडौंको बसन्तपुर मतदान स्थलबाट मतदान सकिएसँगै मतपेटिका सुरक्षित रूपमा सील गरेर सम्बन्धित मतगणना स्थलतर्फ पठाइएका छन् । मतपेटिका ढुवानीको यो प्रक्रिया निर्वाचन आयोगको निर्देशनअनुसार गरिएको हो। मतदान स्थलमा उपस्थित कर्मचारी र सुरक्षाकर्मीहरूले सुरक्षित ढंगले मतपेटिका व्यवस्थापन गरेका थिए ।
Read Moreकोशी प्रदेशका सडक सुनसान (तस्विरहरु)
कोशी प्रदेशमा मतदान जारी रहेको छ । मतदानस्थलमा मतदाताको भीड रहँदा बाहिर सडक भने सुनसान रहेको छ ।
Read Moreबाजुरामा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै (तस्वीरहरु)
बाजुरा । बाजुरामा यतिखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रहरूमा अहिलेसम्म स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भईरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विगतमा जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्था समेत मजबुत पारिएको छ । मतदाताहरूले निर्धक्क तरिकाले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । बाजुरामा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई युवाको मृत्यु समेत भएको थियो । यो पटकको निर्वाचनमा अहिलेसम्मको वातावरण…
Read Moreकर्णालीमा शान्तिपुर्ण मतदान सुरु
सुर्खेत । कर्णालीमा बिहानैदेखि मतदान शान्तपुर्ण रुपमा सुरु भएमो छ । विभिन्न पार्टीका प्रमुख नेताहरु र उम्मेदवारहरुले आफ्नो नामावली रहेको मतदान केन्द्रमा पुगेर पहिलो मतदान गरेका छन् । पूर्व गृहमन्त्री जनार्दन शर्माले पश्चिम रुकुमको मुसिकोट ५ को यमुना नन्द नमुना मावि मतदान केन्द्रमा पहिलो मतदान गरेका छन् । जनार्दन प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा चुनावी प्रतिष्पर्धामा छन् । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले कालिकोटको नरहरिनाथ ६ को नन्दादेवी मा.वि मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली काङ्ग्रेस कालिकोटका उम्मेदवार हर्ष बहादुर बमले कालिकोट पचालझरनामा रहेको पञ्चकालिका मा.वि बाझकोटमा पहिलो मतदान…
Read Moreप्रधानमन्त्री कार्कीद्वारा मतदान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
Read Moreराप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा गृहजिल्ला झापामा मतदान
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । अध्यक्ष लिङ्देनले आज बिहान झापाको हल्दिवारी गाउँपालिका वडा नं. १ को वडा कार्यालयस्थित मतदान केन्द्र पुगेर मत हालेका हुन् । झापा–३ मा बिहान ७ बजेदेखि नै मतदान प्रक्रिया सुरु भइसकेको छ र मतदाताहरूको उपस्थिति बाक्लो देखिएको छ ।
Read Moreकोशी प्रदेशमा मतदान सुरु (तस्विरहरु)
कोशी प्रदेशमा मतदान सुरु भएको छ । जनसेवा आवि सुन्दरहरैचामा मतदान गर्दै सर्वसाधारण ।
Read Moreड्रोनबाट यस्तो देखियो वसन्तपुरको रंगीन होली उत्सव (फोटोफिचर)
वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको देखिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ। युवायुवतीहरू एकअर्कामा रङ्ग दलेर नाचगानमा रमाइरहेका छन् भने विदेशी पर्यटक पनि नेपाली संस्कृतिको यो विशेष पर्वमा सहभागी भएर खुसी साटिरहेका छन्।
Read Moreकाठमाडौं उपत्यकामा रास्वपाको घण्टी अभियान तथा जनसम्पर्क कार्यक्रम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी प्रचार प्रसारका क्रममा काठमाडौं उपत्यकामा घण्टी अभियान तथा जनसम्पर्क सुरु गरेको छ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै शनिबार दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा अभियान सञ्चालन गरिरहेको छ । कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहसहित काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उठेका नेता–कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको छ ।
Read More