इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान

काठमाडौं । सामाजिक अभियन्ता नेल्शन घतानीलगायतले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका छन् । सोमबार काठमाडौंको माइतीघरमा अभियन्ता घतानीलगायत तीन जनाले इनिशा विकको न्यायको माग गर्दै हस्ताक्षर संकलन गरेका हुन् । उनीहरुले १७ वर्षीया इनिशा विकको न्यायका लागि महिला तथा दलितमाथि बलात्कार र हत्या अन्त्य गर ,पीडितलाई न्याय दे, बलात्कारीलाई फाँसी दिने कानुन बनाउ लेखिएको ब्यानर प्रदर्शनगरी ब्यानरमा हस्ताक्षर संकलन कार्यक्रम गरेका हुन् । उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

Read More

पशुपति आर्यघाटमा ओलीका पिता मोहनप्रसाद ओलीको गरियो अन्तेष्टि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिक शरिरलाई पशुपतिमा अन्तेष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो । अन्त्येष्टि क्रममा उनका छोरा एवं एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दागबत्ती दिएका थिए । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको थियो ।

Read More

इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

सुर्खेत । बलात्कार पछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ…

Read More

इनिशा विकलाई न्याय दे भन्दै माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली (तस्विरहरू)

सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले देशभर विरोध प्रदर्शन चर्किएको छ। उक्त घटनाको विरोधमा आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर प्रदर्शन गरिएको हाे। प्रदर्शनमा सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न र दलित समुदायमाथि भइरहेका हिंसात्मक घटनाको अन्त्य गर्न माग गरेका छन्। उनीहरुले ‘सरकार बदलियो समाज बदलिएन, महिला हिंसा अन्त्य गर, इनिशा विकलाई न्याय दे, पित्तृसत्ता मुर्दावाद, हत्यारालाई कारवाही गर ’लगायतका व्यानर बोकेका थिए । देशभर महिलामाथि बढ्दो हिंसा, बलात्कार र हत्याका घटनाको विरोध गर्दै पीडितलाई न्याय दिलाउन युवाहरु र दलित अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्।  

Read More

नेमकिपाको लामो शासन तोड्दै रास्वपाका रन्जितको जीत (तस्विरहरु)

भक्तपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्। मतगणनाका परिणामअनुसार उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाल रहे।

Read More

मत गणनाको चटारो

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर १ को मत गणना गोदावरी नगरपालिका भवनामा जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले अग्रता लिएका छन् । मत गणना देशभर भइरहेको छ ।

Read More

काठमाडौं–१ मा रञ्जुको विजयी र्‍यालीका दृश्यहरु

काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु न्यौपाने विजयी भएसँगै विजयी र्‍याली निकालिएको छ । विजयी र्‍यालीमा रास्वपाका नेता, कार्यकर्ताहरु उत्साहका साथ सहभागी भएका छन् ।

Read More

रन्जु दर्शनाको जित सुनिश्चित (तस्बिरहरू)

काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार  रन्जु दर्शनाको जित सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।

Read More

रन्जु दर्शनाको जित सुनिस्चित

काठमाडौंको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रन्जु रञ्जुको जीत सुनिश्चित भएसँगै खुसीयाली साटासाट भइरहेको छ ।

Read More