एमालेको ११औँ महाधिवेशनको तेस्रो दिन आज पनि भृकुटिमण्डपमा जारी छ, जहाँ नेतादेखि कार्यकर्ता सम्मको भव्य भिड देख्न सकिन्छ । भृकुटिमण्डप एमालेका प्रमुख नेताहरू तथा कार्यकर्ताहरूको भीडले अत्यन्तै उत्साहित र जोशपूर्ण देखिएको छ ।
Read MoreCategory: फोटो ग्यालरी
काठमाडौं–धनगढी उडानमा देखिएको हिमाल–पहाडको मनमोहक दृश्यहरू (तस्विरमा)
काठमाडाैंबाट धनगढी उडानका क्रममा जहाजको झ्यालबाट देखिएको हिमाल र पहाडी भू–दृश्य । पश्चिमतर्फको उडानमा मौसम खुला रहेकाले टाढासम्म फैलिएको हिमाली शृङ्खला, पहाडी भू–भाग र बादलको हल्का तह स्पष्ट रूपमा देखिएको छ । यात्राका क्रममा देखिएको यस्तो दृश्यले नेपालको विविध भूगोल र प्राकृतिक सुन्दरताको झल्को दिन्छ।
Read Moreमेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको थियो। बिरामी रहेका ७७ वर्षीय रामनारायणको उपचारका क्रममा सोमबार मध्याह्न निधन भएको हाे ।
Read Moreपुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (फोटो फिचर)
पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न सकिन्छ । पुम्दीकोट माछापुच्छ्रे हिमालको दृश्यावलोकनका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । माछापुच्छ्रे हिमाल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ। यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन्, त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । अहिले सम्म कसैले नचढेको हुनाले यस हिमाललाई कुमारी हिमालुको उपनामले पनि चिनिन्छ।
Read Moreकाठमाडौंको जडीबुटी बस पार्कमा दसै मनाएर फर्किनेहरु भीड(फोटो)
काठमाडौंबाट दसैँ मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणहरू जडीबुटी अरनिको बस पार्क क्षेत्रमा भीड बढेको छ । बडादशैंको अवसरमा ठूलो संख्यामा उपत्यकाबाट सर्वसाधारणहरू बाहिरिने गरेका छन् । विद्यार्थीहरू छठपछि र अन्य कामकाजी सर्वसाधारण भने दसैँलगत्तै काठमाडौं आउने गरेका छन् । यसवर्ष अविरल वर्षा र पहिरोले राजमार्गहरू अवरुद्ध हुँदा यात्रुहरू समयमै गन्तव्य पुग्न भने कठिनाइ भइरहेको छ ।
Read Moreसुर्खेतमा टन्टलापुर घाम (फोटो)
शुक्रबार रातिदेखि देशका अधिकांश भागमा अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकादेखि पूर्व र पश्चिमका अधिकांश क्षेत्रहरूमा अविरल वर्षाका कारण जनजीवन प्रभावित छ । कतै सडक अवरुद्ध छन् भने कतै नदी–नालामा पानीको सतह बढेको छ । यस्तो मौसमबीच देशको कर्णाली प्रदेशअन्तर्गत पर्ने सुर्खेतका अधिकांश क्षेत्रमा भने फरक दृश्य देखिएको छ। सुर्खेतमा शनिबार बिहानदेखि नै आकाश खुलेको छ र टलटलापुर घाम लागिरहेको छ। खुल्ला आकाश, हरियालीले भरिएको भूभाग र चर्को घामले यहाँको वातावरण रमणीय देखिएको छ। घामले मौसम घमाइलो भएकाले वडादशैं मनाउनेहरुको चहलपहल बढेको छ ।
Read Moreझरी र बर्षाले अस्तव्यस्त जनजीवन (तस्विरहरु)
लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । यसैविच काभ्रेपलान्चोकको पनौतीका सर्वसाधारण छाता र प्लाष्टिकको सहारामा आफ्नो दैनिकी चलाइरहेका छन् । मौसम पुर्वानुमान महाशाखाले सतर्क रहन र अत्यावश्यक काम बाहेक बाहिर आवतजावत नगर्न आग्रह गरेको छ ।
Read Moreनक्सालस्थित भाटभटेनी सुपर स्टोर भत्काइँदै (तस्विरहरू)
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए र त्यसपछि आगजनी गरेका थिए । आगलागीका कारण सुपर स्टोरको संरचना ठूलो मात्रामा ध्वस्त भएको थियो। अहिले उक्त क्षतिग्रस्त संरचनालाई भत्काउने काम सुरु गरिएको छ। भत्काइएको भवनको स्थानमा पुनर्निर्माणको तयारी भइरहेको जनाइएको छ।
Read Moreतस्विरमा हेर्नुहाेस् गोरखा दरबार र गोरखा बजार
गोरखा दरबार नेपालको ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो। यो दरबार गोरखा जिल्लाको गोरखा नगरपालिका–१ मा, समुद्र सतहदेखि करिब १,४५० मिटरको उचाइमा अवस्थित छ। यस दरबारबाटै आधुनिक नेपालको एकीकरणको थालनी भएको हो। दरबार परिसरमा कालिका मन्दिर, गोरखनाथ मन्दिर, र पुरानो राजदरबार (गोरखा दरबार) अवस्थित छन्। यो दरबार पहाडको टाकुरोमा रहेको हुँदा यहाँबाट गोरखा बजार, हिमालहरू, र वरपरका दृश्यहरू अवलोकन गर्न सकिन्छ। गोरखा बजार गोरखा जिल्लाको प्रमुख व्यापारिक तथा प्रशासनिक केन्द्र हो। यो बजार गोरखा दरबारभन्दा तल अवस्थित छ ।
Read Moreकाठमाडौंको बदलिँदो मौसम (तस्विरहरू)
शुक्रबारदेखि सोमबारसम्म चार दिन भारी वर्षा हुने प्रक्षेपण गरिएकाे छ । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेसँगै काठमाडौंमा बदलिँदो मौसम रहेकाे छ ।
Read More