बजेट भाषण पूरा सुनेर बाहिरिदै प्रधानमन्त्री (तस्बिरहरु)

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पूरा समय नबसी बाहिरिएको भन्दै आलोचना खेपेका प्रधानमन्त्री बालेन्द्र शाह यसपटक भने बजेट भाषण पूरा सुनेर मात्र बाहिरिएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहँदा प्रधानमन्त्री अन्तिमसम्म प्रतिनिधिसभा बैठकमा उपस्थित देखिएका हुन् ।

Read More

बजेट प्रस्तुत हुँदाहुँदै बाहिरिए हर्क(तस्बिरहरु)

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ ०८४ को बजेट प्रस्तुत गरिरहेको बेला श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन् ।

Read More

साँझ पर्न थालेसँगै सुकुम्बासीहरुको अनुहारमा चिन्ता र भोलिको त्रास देखिन थालेको छ । सरकारले भोली बस्तीमा डोजर चलाइने सूचना दिएसँगै यहाँका बासिन्दाहरु चिन्तामा छन् । केहि सुकुम्बासीहरुले बस्ती छाडिसेका छन् ,भने कोही प्रतिवाद गर्ने तयारीमा छन् ।  

Read More

काठमाडौं टुँडिखेललाई ‘घाँसे मैदान’ बनाउने कार्य सुरु(तस्विरहरू)

काठमाडौं महानगरपालिकाले टुँडिखेललाई घाँसे मैदान बनाउने कार्यको शुभारम्भ गरेको छ । महानगरको सार्वजनिक निर्माण विभागले टुँडिखेलमा घाँसे मैदान निर्माण परियोजना अघि बढाएको हो। निर्माणका लागि कुल लागत २ करोड ४२ लाखभन्दा बढी रहेको जनाइएको छ।

Read More

यातायात व्यवस्था कार्यालयमा लाइसेन्स लिनेहरूको भीड (फोटो)

यातायात व्यवस्था कार्यालय भक्तपुरको राधेराधेमा सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिन आउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ । कार्यालयबाट दैनिक करिब १२ सय जनालाई लाइसेन्स वितरण गरिँदै आएको छ।  

Read More

माइतीघरमा पीडितहरुको गुनासो सुन्दै ऋषि धमला(तस्बिरहरु)

पछिल्लो समय राजनीतिमा सक्रिया चर्चित पत्रकार ऋषि धमला माइतीघर मण्डलामा विभिन्न माग राख्दै आन्दोलनरत तथा धर्नामा बसेका पीडित समूहहरूको गुनासो सुनेका छन् । सोमबार माइतीघर पुगेर उनले देशका विभिन्न स्थानबाट आएका पीडितहरूले आफूहरूले लामो समयदेखि न्याय नपाएको, सम्बन्धित निकायले बेवास्ता गरेको तथा राज्यबाट उचित सुनुवाइ नभएको गुनासो गरेका थिए ।

Read More

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार स्वर्गीय घिमिरेको योगदान र साहसिक यात्राप्रति सम्मान व्यक्त गर्दै विभिन्न सरोकारवालाको उपस्थितिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । नेपाल पर्वतारोहण संघले नक्सालस्थित आफ्नो कार्यालय परिसरमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो । सभामा स्वर्गीय विश्वकर्माको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो । सगरमाथा क्षेत्रमा वैशाख २७ गते भएको निधनपछि उनको सम्मानमा आयोजित उक्त कार्यक्रममा पर्यटन क्षेत्रका प्रतिनिधि, आरोही, सामाजिक अभियन्ता, आफन्तजन तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थितहरूले घिमिरेले…

Read More

विश्व रेडक्रस दिवसः सोलुखुम्बुमा जीवनरक्षक भूमिकामा रेडक्रस

सोलुखुम्बु । आज विश्व रेडक्रस दिवस मानवता, निष्पक्षता र सेवाको भावनालाई स्मरण गर्ने विशेष दिन। यही सन्दर्भमा दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य, राहत तथा विपद् व्यवस्थापनका क्षेत्रमा निरन्तर जीवनरक्षक भूमिका निभाउँदै आएको छ । विश्व रेडक्रस दिवसको अवसरमा जिल्लामा रेडक्रसले पुर्याउँदै आएको योगदान फेरि एकपटक चर्चामा आएको छ । मानवता, निष्पक्षता र सेवाको भावनालाई आत्मसात् गर्दै रेडक्रसले विशेषगरी दुर्गम क्षेत्रका नागरिक तथा तीर्थयात्रीलाई लक्षित गरेर विभिन्न सेवा सञ्चालन गर्दै आएको छ । दुधकुण्ड मेलाको समयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर यसको प्रमुख उदाहरण बनेको छ । उक्त…

Read More

सुर्खेतमा सुकुम्बासीको प्रदर्शन

सुर्खेत । कर्णालीका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरू सरकारको सुकुम्बासी हटाउने निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । राष्ट्रिय भूमी अधिकार मञ्चको आयोजनामा जिल्लाका विभिन्न स्थानमा बसाेबास गरिरहेका सुकुम्बासीहरु सडकमा उत्रिएका हुन् । वीरेन्द्रनगरको मंगलगढीचोकमा बाक्लो संख्यामा सुकुम्बासीहरु उपस्थित भएका छन् । ‘उठिबास होइन पुर्जा देऊ, पायौं सरकार खोजेको– पाएनाैं न्याय सोचेको, विकल्पविना कसैको बास खोसी दिँदा तपाईं कति खुशी हुनुभया ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका भूमीहीन तथा सुकुम्बासीहरुले वीरेन्द्रनगर बजार परिक्रमापछि सभा आयोजना गर्ने बताएका छन् ।

Read More

जेनजी मुभमेन्ट अलायन्सकाे माइतीघरमा विरोध प्रदर्शन (तस्विरहरू)

सरकारविरूद्द जेनजी मुभमेन्ट अलायन्सले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेकाे छ । सरकारले सुकुम्बासी बस्तीमा डाेजर चलाएकाे भन्दै जेनजी मुभमेन्ट अलायन्सले प्रदर्शन गरेकाे हाे ।

Read More