काठमाडाैं महानगरपालिकाले त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचना भत्काएकाे छ । आज काठमाडौं महानगरपालिका – २७ त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा नगर प्रहरीले डाेजर चलाएकाे हाे।
Read MoreCategory: फोटो ग्यालरी
डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्न सांसदहरू संसदमा (तस्विरहरू)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजेको प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गरिएको हो ।
Read Moreभिर पाखामा राखिएका लोपन्मुख मौरी घार (तस्बिरसहित)
बाजुरा । बाजुराका भिर पाखामा मौरी पालन व्यवसायको लागी मौरी घार राख्ने गरिन्छ । विशेष गरी वनजंगल नजिक भिर पाखामा घार राख्दा मौरीलाई मह छिटो बनाउन सजिलो हुने गर्छ।यस्ता घारलाई स्थानीय भाषामा (घाडा) समेत भन्ने गरिन्छ । यस्ता प्रकारका घाडा बाजुरामा पछिल्लो समय लोपन्मुख अवस्थामा पुगेका छन् । पहिलेको तुलनामा अहिले मौरी पालन व्यवसायमा समेत कमी आएको छ । त्यसैमा आधुनिक घार प्रयोग गर्न थालिए सँग यस्ता घार हराउँदै गएका हुन् । यहाँका ९ वटै स्थानीय तहका विभिन्न गाउँ-ठाउँका भिर पाखामा मौरी घार राखेर व्यवसाय गरिँदै आएको छ । परम्परागत…
Read Moreसांसद महावीर पुन पुस्तक बेच्दै (फाेटाे)
पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तक बिक्रीमा सक्रिय देखिएका छन्। सांसद पदमा रहँदासमेत उनले बिदाको दिन शनिबारलाई उपयोग गर्दै काठमाडौँको कोटेश्वर चोकमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरिरहेका छन्। सार्वजनिक जीवनमा सक्रिय रहँदै पनि उनी आफ्ना अनुभव समेटिएको पुस्तक पाठकमाझ पुर्याउन व्यक्तिगत रूपमा खटिएको दृश्यले धेरैको ध्यान आकर्षित गरेको छ।
Read Moreशान्त र सुन्दर नागदह (फोटोफिचर)
ललितपुर महानगरको नागदह शान्त र रमणीय प्राकृतिक स्थल हो। हरियाली वन, सिमसार क्षेत्र र तालजस्तो दृश्यले भरिएको यो ठाउँ अवलोकन र घुमफिरका लागि उपयुक्त मानिन्छ।
Read Moreबिस्केट जात्राको रथ निर्माण आधा सम्पन्न (तस्विरहरु)
भक्तपुरको बिस्केट जात्रा नेपालकै एक प्रमुख जात्राका रूपमा लिने गरिन्छ । सबैभन्दा ठूलो र लामो जात्राका रूपमा मानिने यो जात्रा भक्तपुरको आफ्नो मौलिक जात्रा पनि हो । नयाँ वर्षको आगमनसँगै भक्तपुरमा आठ रात, नौ दिनसम्म मनाइने बिस्केट जात्राको रथ निर्माणको काम धमाधम भईरहेको छ ।
Read Moreललितपुर महानगरकको वातावरण प्रहरी एन्बुलेन्स शुभारम्भ (तस्बिरहरु)
ललितपुर महानगरपालिकाले बिहीबारदेखि वातावरण प्रहरी एन्बुलेन्स संचालनमा ल्याएको छ । महानगरका मेयर चिरीबाबु महर्जनले एक विशेष कार्यक्रमका बिच उक्त एन्बुलेन्सको शुभारम्भ गरेका हुन् ।
Read Moreनयाँ सरकार गठनपछिको पहिलो संसद बैठकको लागि सांसदहरूको चहलपहल (तस्विरहरु)
फागुन २१ को निर्वाचनपछि गठित नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ। नयाँ सरकार गठनपछिको यो ऐतिहासिक सत्रमा सहभागी हुन सांसदहरू नयाँ संसद् भवन पुग्ने क्रम जारी छ।
Read Moreबालाजु बाइसधारामा परम्परागत मेला (तस्बिरसहित)
काठमाडौंको बालाजुस्थित बाइसधारामा आज परम्परागत मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका अवसरमा आयोजना हुने यस मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्नान गरेमा मुक्तिनाथ मन्दिर तथा गोसाईंकुण्डमा स्नान गरेसरह पुण्य प्राप्त हुने मान्यता रहेको छ । यसै विश्वासका कारण आज बिहानैदेखि श्रद्धालुहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।
Read Moreएसइई परीक्षा सुरु (फोटो)
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखी देशभर औपचारिक रूपमा सुरु भएको छ । बिहानैदेखि विभिन्न परीक्षा केन्द्रहरूमा विद्यार्थीहरूको उपस्थिति देखिएको छ । यस वर्षको परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुँदैछन् ।
Read More