‘ड्रोन भ्यु’मा बौद्धकाे तेमाल जात्रा

चैत शुक्ल पूर्णिमादेखि सुरु हुने तेमाल जात्रा तामाङ जातिको प्रमुख धार्मिक पर्व हो। परम्परागत रूपमा प्राचीनकालदेखि मनाउँदै आएको यो जात्रा बौद्ध धर्मावलम्बी तामाङ समुदायको सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको छ। जात्रा चैत्र पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुन्छ र पूर्णिमाको दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझमा आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुन्छ। यस क्रममा बौद्ध स्तूप, नागार्जुन स्तूप, बालाजुको २२ धारा र स्वयम्भू चैत्यमा तीर्थाटन र दीप प्रज्ज्वलन गरिन्छ। यहीं कारणले यो पर्वलाई ‘तेमाल जात्रा’ भनेर चिनिन्छ।

Read More

बौद्धमा मनाइयो तेमाल जात्रा (तस्विरहरू)

बौद्ध धर्मावलम्बी र तामाङ समुदायले बुधबार काठमाडौं बौद्धनाथ स्तुपामा तेमाल जात्रा मनाएका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीमा परिवारका दिवंगत सदस्यको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइन्छ।  चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने परम्परा रहेको छ।

Read More

एमाले प्रदर्शन : माइतीघर र बबरमहल क्षेत्रको ‘ड्रोन भ्यू’

एमाले कार्यकर्ताहरुको आन्दोलनले माइतीघर–बबरमहल क्षेत्र आइतबार तनावग्रस्त रह्यो । प्रदर्शनकारी र प्रहरीबीच झडपहुँदा स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेको थियो । आन्दोलनको दृश्यहरु हामीले ड्रोनबाट कैद गरेका छौं ।

Read More

जिल्ला अदालत परिसर र बबरमहल क्षेत्रमा सुरक्षा व्यवस्था कडा (फोटो फिचर)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी भएसँगै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । आइतबार बिहानैदेखि अदालत परिसर र आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

Read More

ड्रोनबाट यस्ताे देखियाे काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन (तस्विरहरू)

नेकपा एमालेका कार्यकर्ताहरूले काठमाडाैंकाे माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् । पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले माइतीघर हुँदै बानेश्वर सडकमा प्रदर्शन गरेका हुन् । प्रर्दशनमा केपी ओलीलाई तुरुन्त रिहाई गर, बालेन सरकार मुर्दावाद लगायत नाराहरु लगाएका थिए ।

Read More

बिहानीपख देखिएको सुन्दर बडी मालिका क्षेत्र (तस्बिर)

बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडी मालिका क्षेत्र हिउँले सजिएको छ।बिहानीपख उक्त क्षेत्र सुन्दर देखिएको हो । हिजो दिनभर बाजुरामा भारी वर्षा भएको थियो । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । बडी मालिका बाजुरा मात्र नभई देशकै प्रख्यात धार्मिक स्थल हो । यहाँ हरेक वर्ष जनैपूणिर्माको बेला भव्य पूजाआजा हुने गर्छ। बडी मालिका माताको दर्शन गर्न देश तथा विदेशबाट लाखौँ दर्श नार्थी त्यहाँ जाने गरेका छन् । धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको बडी मालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।पर्यटकीय…

Read More

पक्राउ पछि केपी ओली जिल्ला प्रहरी परिसर काठमाडौंमा (तस्बिर)

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पछि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो । ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट शबिार बिहान पक्राउ गरेपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको हो । पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।

Read More

बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा

नवनियुक्त प्रधानमन्त्री बालेन शाह पदभार ग्रहणको लागि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । शुक्रबार शितलनिवासमा राष्ट्रपतिबाट शपथग्रहण गरेलगत्तै पदभार ग्रहणको लागि प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

Read More

प्रधानमन्त्री एवम मन्त्रीहरु पदभार ग्रहणक्रममा देखिएको सिंहदरबार क्षेत्रको ‘ड्रोन भ्यू’ (फोटोफिचर)

नवनियुक्त प्रधानमन्त्री बालेन शाह एवम मन्त्रीहरु पदभार ग्रहणको लागि सिंहदरबार छिर्नेक्रममा शुक्रबार दिउँसो सिंहदरबार परिसरको आकाशबाट देखिएको दृश्य । खुलेको मौसमका कारण सिंहदरबार क्षेत्रको ‘ड्रोन भ्यू’ आकर्षक देखिएको छ ।

Read More

शीतल निवासमा यस्ताे देखियाे बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह (फोटोफिचर)

नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन र सात जना ब्राह्मणले शंखनाद गरेका थिए ।

Read More