काठमाडौं महानगरपालिका–१६ स्थित तारकेश्वरधाममा चैते दशैं अन्तर्गत रामनवमीका अवसरमा शुक्रबार भक्तजनहरूको उपस्थित भइरहेका छन् । श्रद्धालुहरू पूजाअर्चना र दर्शन गर्दै धार्मिक आस्था प्रकट गरिरहेका देखिन्छन् । तारकेश्वरधाममा मन्दिर परिसर बिहानैदेखि फूल, प्रसाद र धूपबत्ती लिएर विभिन्न स्थानबाट आएका भक्तजनहरूले लाइनमा बसेर दर्शन गरिरहेका छन् । विशेषगरी रामनवमीका दिन भगवान रामको पूजा–आराधना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
Read MoreCategory: फोटो ग्यालरी
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन् । चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए । यो रथयात्रा काठमाडौंको सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण पर्व हो ।
Read Moreसेतो मच्छिन्द्रनाथ जात्राको रथ तान्न सुरु (फोटो)
सेतो मच्छिन्द्रनाथ जात्राको मुख्य देवता सेतो मच्छिन्द्रनाथ (वर्षा देवता)को रथ तान्न सुरु भएको छ । जमलस्थित तीनधारा पाठशाला परिसरबाट रथ असनतर्फ तानिँदै छ । चैते दशैंको अवसर पारेर हरेक वर्ष आयोजना गरिने सेतो मछिन्द्रनाथको जात्रा तीन दिन मनाइन्छ ।
Read Moreशपथ ग्रहणपछि बाहिरिए सांसदहरु (तस्विरहरु)
प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन् ।
Read Moreशपथका लागि सिंहदरबारमा नवनिर्वाचित सांसदहरू(तस्बिरहरु)
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित नव निर्मित संसद भवन परिसरमा भेला भएका छन् । विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा संसद भवन पुगेका हुन् ।
Read Moreइटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान
विराटनगर । सुनसरीको इटहरीस्थित न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको भान्सा कोठाबाट आगो सुरु भएको प्रहरीले जनाएको छ। मर्मत गर्ने क्रममा निस्किएको आगोको झिल्को उछिटिएर भान्सामा सल्किँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ। आगो नियन्त्रणका लागि सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय…
Read Moreसेतो मच्छिन्द्रनाथ जात्राको तयारी अन्तिम चरणमा (तस्विरहरु)
चैते दशैंको अवसरमा आयोजना हुने ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राको तयारी पूरा भएको छ । काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा जात्राको लागि रथ निर्माण कार्यको अन्तिम चरणमा पुगेको हो ।
Read Moreतीनधारामा रथ तयार, सुरु हुँदै ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा
काठमाडौं । चैते दशैंको अवसरमा ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्राका लागि तयारी करिब पूरा भएको छ । काठमाडौंको तीनधारा पाठशाला क्षेत्रमा जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । रथ निर्माणमा संलग्न रकमी नाइके कारीगर पूर्णमान महर्जनका अनुसार यो जात्रा परम्परागत रूपमा अष्टमीदेखि सुरु भई नवमी र दशमीसम्म तीन दिन विशेष रूपमा मनाइन्छ । उनका अनुसार चैते दशैं अन्तर्गत रामनवमीको अघिल्लो दिनदेखि जात्रा प्रारम्भ हुने चलन रहेको छ । ‘मैले ४६ वर्ष भयो । ०३७ सालदेखी निरन्तरण गरिरहेको छु । किनभने हाम्रो पुर्खौंदेखि गरिरहेको भगवानको सेवा, यो संस्कृति बचाउनको…
Read Moreगगनको उपस्थितिले सानेपामा रौनक (तस्बिरहरु)
नेपाली कांग्रेसको मुख्यालय सानेपा जारी केन्द्रीय समिति बैठकमा नेताहरु उत्साहपूर्वक सहभागी भएका छन् । राजीनामा अस्वीकृत भएपछि जिम्मेवारीमा फर्किएका सभापति गगन थापाको उपस्थितिले कांग्रेस बैठक थप रोचक बनेको छ ।
Read MoreToday’s Photo – हिँउ माथि प्रभुको हेलिक्पटर अवतरण गर्दै, पृष्ठभूमीमा नयाँ काङ्गा शिखर
नयाँ काङ्गा शिखर लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र अवस्थित छ। करिब ५,८४४ मिटर उचाइ रहेको यो शिखर क्याङ्जिन गोम्पा नजिकै पर्दछ। नयाँ काङ्गा विशेषगरी पर्वतारोहण सुरु गर्न चाहनेहरूका लागि उपयुक्त मानिन्छ।
Read More