शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् । उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ ।’

Read More

एसइईपछि उच्च शिक्षाको सपना देख्ने विद्यार्थीलाई एनसेलको साथ, १०० जनाले पाउने छात्रवृत्ति

काठमाडौं, ०५ जेठ ।माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गरेपछि आर्थिक अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुन सक्ने विद्यार्थीहरूलाई लक्षित गर्दै एनसेल फाउन्डेसनले यस वर्ष पनि ‘एनसेल एसइई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ। प्रोजेक्ट शिक्षासँगको सहकार्यमा सञ्चालन हुने उक्त कार्यक्रममार्फत देशभरका १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको हो। शिक्षामार्फत युवा सशक्तीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत सातै प्रदेशमा लिखित परीक्षा र अन्तर्वार्तामार्फत विद्यार्थी छनोट गरिने जनाइएको छ। छात्रवृत्तिमा विशेषगरी प्रतिभावान तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकता दिइनेछ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले अध्ययन अवधिभर…

Read More

नेपाली भाषा संस्कृति सिकाउन आयो पहिलो पाइला, ब्राण्ड एम्बास्डरमा केकी

काठमाडौं। विश्वभर छरिएर रहेका नेपाली बालबालिकाहरुलाई  लक्षित गरि सहज र आधुनिक तरिकाले मौलिक नेपाली भाषामा अभ्यस्त बनाउने उद्देश्यसहित विश्वस्तरीय पाठ्यक्रमसहितको डिजिटल स्कुल ‘पहिलो पाइला’ एप सञ्चालनमा आएको छ। उक्त डिजिटल स्कुलको सद्भावना दुत् (ब्रान्ड एम्बास्डर)मा अभिनेत्री केकी अधिकारी अनुबन्ध भएकी छिन्। राजधानीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ शिक्षाविद् सुशिलभक्त माथेमा, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ कवि तथा गीतकार आनन्द अधिकारी र अभिनेत्री तथा ब्राण्ड एम्बास्डर केकी अधिकारीले संयुक्त रूपमा उक्त ‘एप’को शुभारम्भ गरे। विदेशी भुमिमा जन्मे हुर्केका बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिसँग जोड्न यो डिजिटल स्कुल प्रभावकारी बन्ने अपेक्षा आयोजकले लिएको…

Read More

छात्रवृत्तिलाई व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकाद्वारा कार्यविधि जारी

काठमाडौं। काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा अपाङ्गता भएका अभिभावकका सन्तति र संरक्षित परिवारका बालबालिकालाई आरक्षित समूहमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ। जेठ ३ गते बसेको ४९औं कार्यपालिका बैठकबाट पारित गरिएको काठमाडौं महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८३ मा यो व्यवस्था थप गरिएको हो। यसअघि नीतिबाट सञ्चालन भइरहेको छात्रवृत्ति वितरणलाई व्यवस्थित, गुणस्तरीय, न्यायोचित, विश्वसनीय, स्वचालित र दिगो बनाउने उद्देश्यले कार्यविधि जारी गरिएको हो। कार्यपालिका बैठकमा शिक्षा स्वास्थ्य समितिका तर्फबाट शिक्षा अधिकारीले कार्यविधि पेश गरेका थिए। यसमा भएका व्यवस्था माथि आशामान संगत, दलबहादुर कार्की, विमलकुमार होडा र रामकुमार केसीले…

Read More

शैक्षिक परामर्श संस्थामाथिको धरपकडप्रति इक्यानको आपत्ति

काठमाडौं, ०४ जेठ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले पछिल्ला दिनमा शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा तथा धरपकडप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले आइतबार जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रको नाममा हुने ठगी, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी र अभिभावकमाथिको दुरुपयोगलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ। इक्यानले यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि निष्पक्ष अनुसन्धान र कडा कारबाही हुनुपर्नेमा जोड दिएको छ। तर केही घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधसँग जोड्ने प्रयास गलत भएको संघको भनाइ छ। संघका अनुसार अनुसन्धान व्यक्तिगत जिम्मेवारीका…

Read More

एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू सम्मानित

भैरहवा, ०४ जेठ । सिद्धार्थनगरमा यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्याब्सनले सम्मान गरेको छ। १८ विद्यालयका करिब ३०० विद्यार्थी सम्मानित हुँदा २ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेर विशेष सफलता हासिल गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० सिद्धार्थनगरद्वारा आयोजित कार्यक्रममा प्याब्सनमा आबद्ध २६ विद्यालयमध्ये १८ विद्यालयका ७८५ विद्यार्थीमध्ये ६७५ जना उत्तीर्ण भएको जानकारी दिइयो। ३।२ जीपीएभन्दा माथि ल्याउने विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले विद्यार्थीलाई अनावश्यक दबाब नदिन आग्रह गर्दै शिक्षा केवल अंकका लागि नभई असल र सफल व्यक्ति बन्ने माध्यम…

Read More

मोर्डन पब्लिक स्कुल को एसइईमा ऐतिहासिक सफलता

सिद्धार्थनगर । रूपन्देहीको सिद्धार्थनगरमा रहेको मोर्डन पब्लिक स्कुल ले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो ३० वर्षे इतिहासमै नयाँ कीर्तिमान बनाएको हो। ब्राइट स्टार इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुल र सिद्धार्थ एकेडेमी को सहकार्यमा शनिबार आयोजित सम्मान कार्यक्रममा विद्यालयले आफ्नो उपलब्धिबारे जानकारी दिँदै विद्यार्थीहरूको सफलतालाई उत्सवका रूपमा मनाएको थियो। मोर्डन पब्लिक स्कुलका सबै १७ विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्। तीमध्ये १५ जनाले ए+ ल्याएका छन् भने एक विद्यार्थीले पूर्ण ४.० जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार कुनै पनि विद्यार्थीको…

Read More

बौधिमाईका मेयरमाथी शिक्षकलाई ‘थुनेर कुटपिट’ गरेको आरोप

रौतहट २ जेठ । रौतहटको दक्षिणी भेग भारतीय सिमाना सँग जोडिएको बौधिमाई नगरपालिकाका मेयर प्रदीप यादव माथि फेरि गम्भीर दुर्व्यवहारको आरोप लागेको छ। एक शिक्षकले आफूलाई नगरपालिकाभित्रै घण्टौँ नियन्त्रणमा राखेर कुटपिट गरिएको दाबी गरेका छन्। शंकर गुदर माबी सरमुजावामा कार्यरत शिक्षक रामबाबु यादवका अनुसार नगरपालिकाका लेखापाल तथा शिक्षा संयोजक रमेश यादवले शुक्रवार छलफलको बहानामा उनलाई कार्यालयमा बोलाएका थिए। त्यसपछि मेयर प्रदीप यादव, वडाध्यक्ष विन्देश्वर यादव र कार्यपालिका सदस्य सुनिल जयसवालसहितको समूहले आफूलाई एउटा कोठाभित्र नियन्त्रणमा राखेर कुटपिट गरेको आरोप उनले लगाएका छन्। शिक्षक यादवका अनुसार दिउँसो करिब २ः३० बजेदेखि राति ९…

Read More

माध्यमिक विद्यालयलाई कोरियाली भाषा पाठ्यसामाग्री हस्तान्तरण गर्दै कोरियाली दूतावास

काठमाडौं । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले माध्यमिक तथा उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि कोरियाली भाषा पाठ्यसामग्री हस्तान्तरण गरेको छ । किङ सेजोङ फाउन्डेसनको कोरियाली भाषा प्रवद्र्धन कार्यक्रमअन्तर्गत दूतावासले देशभरका करिब १५ विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि ६०० भन्दा बढी आधारभूत कोरियाली भाषा पुस्तक वितरण गरेको हो । पुस्तक हस्तान्तरण कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयोङ, फ्युचर लाइट इङ्लिस हाई स्कूलका प्रधानाध्यापक गम्भीर गुरुङ तथा दूतावासका कूटनीतिज्ञहरूको सहभागिता रहेको थियो । राजदूत पार्कले कोरियाली भाषा तथा सांस्कृतिक आदान–प्रदान प्रवद्र्धन गर्न दूतावास सक्रिय रहेको…

Read More

मुगुमा निःशुल्क शैक्षिक सामग्रीले विद्यार्थीलाई राहत, दातृ संस्थाप्रति खुशी

मुगु । मुगुको शैक्षिक गुणस्तर सुधार गर्ने र आर्थिक रुपमा बिपन्न तर जेहेन्दार विद्यार्थीहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउन शैक्षिक सामग्री निःशुल्क वितरण भइरहेको छ । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किडाक नेपाल मुगुद्घारा संचालित आइसीडिपी परियोजना अन्र्तगत शैक्षिक सामग्री वितरण हुँदै आएको हो । ‘हाम्रो मुगु, राम्रो शिक्षा’ अभियान अन्तर्गत छाँयानाथ रारा नगरपालिकलगायत चार स्थानिय तहका ६० विद्यालयका १४ सय १६ जान विद्यार्थीहरुलाई सन् २०१८ बाट यस्तो कार्यक्रम संचालन गरिरहेका हौं । ४ देखि १८ बर्ष उमेरसम्म सामूदायक बिद्यालयमा अध्यनरत प्रतिव्यक्ति २२ सय ३३ रुपैंयाँ का दरले प्रतिब्यक्तिलाई पोशाक,…

Read More