‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने, डिसेम्बर पहिलो सातादेखि बक्स अफिस रिलिज

काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ। घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेका कारण यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ। मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन्। उहाँका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुने छ। भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाइने बताउँदै, धेरैजसो नेपालीको तलब आउने समय…

Read More

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको बिशिष्ट साधक सम्मान तीन श्रष्टालाई

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राष्ट्रलाई कला र संगीतको माध्यमबाट बिशिष्ट योगदान पुर्याएका तीन जना बिशिष्ट साधकहरुलाई “विशिष्ट साधक सम्मान-२०८२” प्रदान गरेको हो । सम्मानबाट वरिष्ठ नृत्य निर्देशक एवं लोकनृत्य मन्चका प्रवर्तक भैरव बहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोक गायक तथा संकलक रेशम थापा सम्मानित भएका हुन् । संस्थाको स्थापनाकालसँगै प्रदान गरिंदै आएको विशिष्ट साधक सम्मानको यो तेस्रो संस्करण हो। पहिलो संस्करण २०८० मा विशिष्ट साधक सम्मानबाट खड्ग गर्बुजा, चैत्य देवी र शशी बिक्रम शाह सम्मानित भएका थिए भने २०८१ मा भैरव रिसाल,…

Read More

चलचित्र ’कुमारी’को छायाङ्कन सम्पन्न

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ’कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट–प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए। यसअघि छायाङ्कनको बीचमै नै चलचित्र ’कुमारी’ चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ’कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले पनि दर्शकको अत्यधिक मागसँगै सो गीत गाइरहेका छन्।…

Read More

संघर्षबाट खारिएका ‘विशुद्ध संगीतकार’ दीपक शर्माको कथा

काठमाडौं । दुई दशकदेखि नेपाली संगीतमा निरन्तर साधना गर्दै आएका संगीतकार हुन् दीपक शर्मा । म्याग्दीबाट गायक बन्ने सपना बोकेर काठमाडौं पसेका शर्मा अहिले देशका स्थापित संगीतकारका रूपमा परिचित छन् । उनले अहिलेसम्म करिब ११–१२ सय गीतमा संगीत दिएका छन्, जसमा दुई–तीन सय गीतका शब्द पनि उनी आफैंले लेखेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भने, ‘अहिले म पूर्ण रूपमा संगीत सिर्जनामा नै व्यस्त छु । गीत पनि लेखेको छु तर म आफूलाई गीतकार होइन, विशुद्ध संगीतकार भन्न रुचाउँछु ।’ म्याग्दीमा जन्मेका शर्माको बाल्यकालमा मनोरञ्जनको एक मात्र माध्यम रेडियो…

Read More

अमेरिकी अभिनेत्री लरेन गोटलिबको ग्ल्यामरस पोजको चर्चा

एजेन्सी । अमेरिकी अभिनेत्री लरेन गोटलिबले फेरि एक पटक आफ्नो फेसन र ग्ल्यामरस पोजले चर्चामा आएकी छिन् । हालैको छुट्टी सदुपयोग गर्न दुवइ आएकी उनले हालै पोष्ट गरेको आकर्षक फोटोसेटले धेरैको ध्यान खिचेको छ । चर्चित नर्तकी समेत रहेकी उनले खैरो स्विमसेट लगाएको एउटा आकर्षक फोटो सेट पोस्टले आकर्षक शरीर र चम्किलो रंग प्रष्ट देखाएको छ । गोट्लिबले मुम्बइ टाइम्स फेसन विक २०२५ मा पनि भब्य प्रदर्शन गरेकी थिइन् ।(एएनआइ)

Read More

वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् । सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए । ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत समदानीले एएनआईसँग कुरा गर्दै बताए अनुसार, धर्मेन्द्र बुधबार बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले बताए, “धर्मेन्द्रलाई आज बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका परिवारले अहिले घरमै उनको हेरचाह गरिरहेका छन् । उहाँको उपचार, व्यवस्थापन र स्वास्थ्य सुधार जारी रहोस् भनेर प्रार्थना गर्नुहोस।” सनी देओलको टोलीको आधिकारिक विवरणमा भनिएको छ कि धर्मेन्द्रले घरमै डाक्टरको निगरानीमा उपचार र…

Read More

बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना

काठमाडौं । बलिउड अभिनेता गोविन्दा बुधबार मुम्बईको अस्पतालमा भर्ना भएका छन् । तर उनको स्वास्थ्य अवस्था र अस्पताल भर्ना भएको कारणबारे विस्तृत जानकारी अहिले सीमित छ । अद्यावधिक जानकारी अनुसार, गोविन्दाको क्रिटिकेयर मल्टिस्पेसियलिटी अस्पताल मा भर्ना भएका छन् । उनका प्रबन्धक शशी सिन्हाले एएनआईलाई बताएअनुसार, अभिनेता हाल निरीक्षणमा छन् र सचेत अवस्थामा छन् । शशी सिन्हाले थप भने, “डाक्टरहरूले उनीहरूको अवस्था दिउँसो १२ बजे समीक्षा गर्नेछन्, त्यसपछि थप निर्णय लिइनेछ। गोविन्दाका मेडिकल परीक्षणहरू अझै जारी छन् ।” यस घटनापछि गोविन्दा पछिल्लो समय भर्ना भएका दिग्गज अभिनेता धर्मेन्द्रलाई भेट्न अस्पताल पुगेका थि ए। सोमबार धर्मेन्द्रको स्वास्थ्य बिग्रिएपछि गोविन्दा पनि उनी हेर्न आएका धेरै बलिउड…

Read More

मिस युनिभर्स नेपाल २०२५ को फिनाले आज हुँदै, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा

काठमाडौं । विश्वव्यापी चर्चित व्यूटी पेजेन्ट ‘मिस युनिभर्स’को नेपाल फ्रेन्चाइज ‘मिस युनिभर्स नेपाल २०२५’को फिनाले आज हुने भएको छ। काठमाडौंको रोएल टुलिप होटलमा दिउँसो ४ बजेदेखी सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन्। प्रतिस्पर्धामा सन्या अधिकारी, प्रतिक्षा अधिकारी, निर्जला न्यौपाने, ईशा राई, आरोही बस्नेत, लिसा बर्नावल, सुयसा सिंहराज, सिखा पराजुली, सरस्वती राई, वर्षा कंडेल, ज्योति थापा, अलिना एरी, एन्जल डंगोल र सोनालिसा ढुंगाना रहेका छन्। ग्लोबल ग्ल्यामर भेन्चरको आयोजना हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पुर्णरुपमा सकिएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्। पुरीका अनुसार गतबर्ष भन्दा यसबर्ष…

Read More

उर्फ दारासिङ्ग दमकमा मञ्चन हुने

मोरङ, २ असोज । कुनै समय दारासिङ्ग,किङ्गकङ्ग र फाइटर नाम सुन्ने वितिक्कै डरले थुरथुर हुने वा उनीहरुकै आडमा बलियो हुनेको संख्या कम थिएन् पुर्वमा । पाँचथरमा हुर्किबडेका र झापा झरेका दारासिङ्ग अर्थात कर्ण बहादुर केरुङ्गको जिवनीमा आधारीत नाटक उर्फ दारासिङ्ग झापामा मञ्चन हुने भएको छ । पाँचथरको फालेलुङमा जन्मिएका केरुङ ठूलो ज्यान र आट्टि स्वभावका थिए । पहाड बाट तराई हुँदै बसाई सरेर आएको उनले जम्मा ३३ बर्ष मात्र बाँच्न पाए । पुष मसान्तको जाडोमा झापाको माई स्थित माईमेलाको भिडमा रहस्य मय भएको उनको मृत्युको वास्तविकता अझै खुलेको भने छैन…

Read More

छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

काठमाडौं, २३ भदौं । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘छक्का पन्जा- युएसए कमेडी टुर २०२५’ को आयोजना हुने भएको छ। आइतबार काठमान्डौमा आयोजित एक प्रेस भेटघाट कार्यक्रमको बीचमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरियो। नेपालबाट यो कार्यक्रमको समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्। सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरुवात हुने कार्यक्रम विभिन्न १५ स्थानमा हुनेछ। सेप्टेम्बर २० मा कोलाबस , २१ मा एक्रोन, २७ मा टेक्सास (डालस) मा कार्यक्रम आयोजना हुँदैछ। हरेक बर्ष हुने डालस मोमो फेस्टिभलमा यो…

Read More