काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको ग१ख १४२१ नम्बरको बस आज बिहान करिब १:३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । बस सडकबाट ३ सय मिटर तल खसेको हो । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा ४५ जना यात्रु सवार थिए । मृतक तथा घाइतेको सनाखत हुन बाँकी छ ।
Read MoreCategory: समाचार
निर्वाचनमा सहभागी दलहरु अनुशासनको परिधिभित्र रहन आग्रह
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै राजनीतिक दललाई एउटै अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागीता हुन आग्रह गरेका छन् । निर्वाचन समाचार अभिमुखीकरणमा बोल्दै कार्यवाहक आयुक्त भण्डारीले सबै दललाई एउटै समूहमा बसेर अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागिता भई स्वच्छ प्रतिस्पर्धामा संलग्न हुन आग्रह गरेका हुन् । उनले भने, ‘सबै दललाई एउटै समूह, एउटै रेखामा राखेर र अनुशासनको परिधिभित्र रहेर निर्वाचनमा सहभागि हुनुहोला । स्वच्छ प्रतिस्पर्धामा संलग्न हुनुहोला ।’ उनले निर्वाचनको मुखमा लागि ९ देखि १० लाखसम्म युवा मतदान थपिएको समेत बताए । ‘यस पटक ९ देखि १० लाखसम्म…
Read More‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’
काठमाडौं । नेकपा एमालेका सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले राजनीतिक अस्थिरताका कारण देशमा भ्रष्टाचार मौलाएको तथा सुशासन कायम हुन नसकेको बताएका छन् । भक्तपुरमा आयोजित एमाले उम्मेदवारहरूको चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा बोल्दै दलहरू कमजोर र विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्ने र त्यसले राजनीतिक स्थिरता कायम हुन नसक्ने अवस्था सिर्जना भएको बताए । उनले भने, ‘दलहरु कमजोर हुँदा, दलहरु विभाजित हुँदा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसक्दा राजनीतिमा स्थिरता कायम नहुने रहेछ । अस्थिर राजनीतिभित्र भ्रष्टाचार मौलाउने, सुशासन…
Read Moreकांग्रेसले भन्यो : निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन हुन नदिने तत्त्व सक्रिय रहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको बताए । ती तत्त्वहरूको रणनीति असफल बनाउँदै ससमयमै निर्वाचन गराउन सरकार दृढ हुनुपर्ने कांग्रेसको भनाइ छ । उनले भने, ‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन् । सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ, लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो । लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ । हामीले स्वीकारेका छौँ ।’ यसैगरी…
Read Moreनिर्वाचनमा अराजकता र ‘जेनजी’ प्रतिवेदनबारे दलहरूबीच आरोप–प्रत्यारोप
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता युपी लामिछानेले निर्वाचन न्यूनतम क्षतिमा सम्पन्न हुनुपर्ने बताएका छन् । एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै नागरिकले निर्धक्क रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सबैभन्दा कम क्षतिमा निर्वाचन हुनुपर्छ । कुनै पनि घटना घट्नु हुँदैन । सबै नागरिकले आफ्नो अभिमत दर्ता गर्न मतदान स्थलसम्म सहज रूपमा पुग्ने व्यवस्था मिलाइनुपर्छ । पार्टी कार्यालय तोडफोड गर्ने, झण्डा जलाउनेजस्ता गतिविधिमा बालबालिकालाई प्रयोग गरिएको छ । यस्ता गतिविधि राजनीतिक प्रतिशोधका रूपमा प्रयोग गर्नु हुँदैन ।’ यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता…
Read Moreयस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ १९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा…
Read Moreयस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२…
Read Moreराप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीे (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीस्थित संकल्प पत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल रहेको दाबी गरे । लिङ्देनले राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको राजनीतिक दल रहेको दाबी गरेका हुन् । ‘राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर…
Read Moreसंकल्प पत्र सार्वजनिक गर्दै लिङ्देनले भने : लुटतन्त्र र निषेधको राजनीतिविरुद्ध सदन जाँदैछौं
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) संकल्प-पत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संकल्प पत्र सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष लिङ्देनले लोकतन्त्रको नाममा कायम रहेको लुटतन्त्र र निषेधको राजनीतिको विपक्षमा सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत गर्ने बताएका हुन् । उनले जेनजी विद्रोह राप्रपाले लामो समयदेखि शान्तिपूर्ण र शालीन ढङ्गबाट उठाउँदै आइरहेको आमूल परिवर्तनको आवाजलाई ठूला राजनीतिक दलहरूले गरेको नजरअन्दाजको प्रतिफल भएको दाबी गरे । ‘ठूला ठानिएका राजनीतिक दलहरूको अकर्मण्यता र असफलता, चरम भ्रष्टाचार र कुशासनका साथै विद्यमान…
Read Moreअन्य पार्टीका ठूला नेताहरु हार्ने डरले काठमाडौं छाडेका हुन् : अध्यक्ष घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौं बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन भन्ने विश्वासका साथ आफू काठमाडौंबाट लडेको बताए । अब काठमाडौं उज्यालोको किल्ला बन्ने उनको दाबी छ । उनले भने,‘म कुनै संकोच बिना चुनौती देखेर पनि काठमाडौंबाट जनताले चुनेर पठाउँछन भन्ने विश्वासकासाथ चुनावमा लडेको छु । धेरै साथीहरु वा केही पार्टीका ठूला नेताहरु काठमाडौं बाहिर गएर लड्दै…
Read More