काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) ३० रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २६ रुपैयाँ, आलु रातो (भारतीय) २६ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३७ रुपैयाँ कायम गरिएको छ । यस्तै, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) ४५ रुपैयाँ, बन्दा (लोकल) ५० रुपैयाँ, बन्दा (नरिवल) ३५ रुपैयाँ, काउली (स्थानीय) ३०…
Read MoreCategory: समाचार
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा तोकिएको छ । राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ…
Read Moreसुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही काम गर्न मन्त्रालय मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्। बैठकले निर्वाचन तयारी सम्बन्धमा विगतका बैठकले गरेको निर्णय कार्यान्वयनको अवस्थाको समिक्षा गरी निर्वाचन नजिकिँदै गर्दा आउनसक्ने थप सुरक्षा चुनौतीहरुलाई चिर्न अवलम्बन गरिनुपर्ने रणनीतिबारे समेत मार्गदिशा तय गरेको छ । गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिव तथा…
Read Moreरुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको भन्दै रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था नहरेको बताएका हुन् । ‘१६५ वटा निर्वाचन क्षेत्रमा एउटै चुनाव चिन्हमा मतदान गर्न पाइन्छ भने त्यो केवल रुख चिन्ह मात्रै हो। कुनै पनि निर्वाचन क्षेत्रमा रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन,’ उनले भने । उनले अन्य दलका हकमा भने…
Read Moreसंखुवासभामा नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा : कसले मार्ला बाजी ?
संखुवासभा । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै संखुवासभामा औपचारिक चुनावी अभियान सुरु नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन्। प्रारम्भिक विवरण अनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले, कांग्रेस, नेकपा र रास्वपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। संखुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एमालेबाट डा.अर्जुन कार्की, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता खड्काबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मे…
Read Moreनेपाली कम्युनिष्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका महत्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गरे । समायोजन भएर आएका नेताहरूले एमाले किन छाडे भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्दा केपी शर्मा ओलीप्रति केही आग्रह–पूर्वाग्रह देखिएको टिप्पणी गरे । प्रचण्डले भने, ‘समायोजन भएर आउनुभएका नेताहरूले केपी ओली के हो र देशलाई कहाँ लैजान खोज्दै छन् भन्ने विषयमा धारणा राख्नुभयो । त्यसमा केही आग्रह…
Read Moreनेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमायो, यसको सम्बोधन हुनुपर्छ : डा.सुरेन्द्र भण्डारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुरेन्द्र भण्डारीले नेपाली समाजले आशा गुमाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित संसदीय निर्वाचन २०२६, नीतिगत बहसः शिक्षा, रोजगारी र शासन’ विषयक कार्यक्रममा उनले नेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमाएको भन्दै यसलाई सम्बोधन गर्नु प्रमुख चुनौती रहेको बताए । उनले भने, ‘अहिलेको चुनौती भनेको सरकारी असफलतालाई सम्बोधन गर्ने हो । यसलाई सम्बोधन गरेर समाधान गर्न सक्यौ भने आशा रहन्छ । नेपाली समाजमा त्यो आशा भन्ने शब्द चाहिएको छ भन्ने लाग्छ । समाजले आशा गुमाएको छ । त्यो…
Read More४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ । हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो । त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
Read Moreआगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् । अहिले समाजमा नागरिकहरूबीच गहिरो रीस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताएका हुन् । ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले…
Read Moreयस पटक कांग्रेसले दुई तिहाइ ल्याउँछ, ०१५ साल दोहोरिन्छ : कबिर राणा
करिब चार दशकदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका कबिर राणा नेपाली काँग्रेसका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन् । आफूलाई मिसन पत्रकारितामा स्थापित गराएका राणा आफ्नो क्षेत्रको विकास, जनताको कल्याण र सामाजिक न्याय सुनिश्चित गर्न निरन्तर प्रयासरत छन् । पार्टीको नीति र लोकतान्त्रिक मूल्य–मान्यतालाई आफ्नो क्षेत्रमा पुर्याउन क्रियाशील राणासँग चुनाव केन्द्रीत कुराकानी । चुनावको तयारी कसरी गरिरहनुभएको छ, मतदाताहरुको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ? विशेषत पार्टीका विभिन्न निकाय अन्तर्गत जिल्ला, क्षेत्रीय, नगर समितिसम्मको मिटिङ चलिरहेको छ । पार्टीको संगठनहरुलाई सक्रियता बढाउँदै गइरहेका छौं । फुर्सदको समयमा…
Read More