यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २१ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २० रुपैयाँ, काउली…

Read More

लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो अभिन्न भू–भाग भन्दै विरोध जनाएपछि भारतले नेपालको उक्त दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको छ । नेपालको अडानः सुगौली सन्धि नै मुख्य प्रमाण नेपालको परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग भएको तथ्यमा सरकार अडिग रहेको बताएको छ । मन्त्रालयले भारत र चीन…

Read More

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाको १३ बुँदे छनोट मापदण्ड घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ । पार्टीले वैज्ञानिक, वस्तुपरक र पारदर्शी प्रणालीमार्फत योग्य नेतृत्व चयन गर्ने उद्देश्यसहित कार्यविधि अघि सारेको जनाएको छ । रास्वपाका अनुसार उम्मेदवार छनोट प्रक्रिया अब भावना, पहुँच वा व्यक्तिगत प्रभावभन्दा माथि उठेर मापनयोग्य मापदण्ड, प्रमाण र तथ्यमा आधारित हुनेछ । मूल्याङ्कनदेखि अन्तिम निर्णयसम्मका सबै चरण अनिवार्य रूपमा दस्तावेजीकरण गरिने व्यवस्था गरिएको छ, जसले पारदर्शिता र परीक्षणयोग्यता सुनिश्चित गर्ने विश्वास पार्टीले लिएको छ । पार्टी निर्माणमा निरन्तर योगदान दिएका सदस्यहरूसँगै समाजका विभिन्न…

Read More

कोही नेपाली घरबारविहीन हुनुपर्दैन, अपुष्ट सूचना र भ्रममा नपरौं : प्रधानमन्त्री

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलाइएकोप्रति प्रधानमन्त्री बालेन्द्र शाहले प्रष्टिकरण दिएका छन् । प्रधानमन्त्रीले नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नरहेको र कोही पनि घरबारविहीन हुनु नपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले सरकारी जग्गा अतिक्रमण भएको क्षेत्रमा सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियालाई लिएर नागरिकमा नियोजित रूपमा त्रास फैलाउने काम भएको भन्दै उनले त्यस्ता अपुष्ट सूचना र भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्। काठमाडौँ उपत्यकामा नदीकिनार तथा सरकारी जग्गामा भएको अतिक्रमण व्यवस्थापना नागरिकलाई विस्थापित गर्ने उद्देश्यले…

Read More

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बन्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज (सोमबार) बैठक बस्दैछ । बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्ने भएको हो । बैठकमा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरुसँग छलफल र सम्वादबारे छलफल हुने भएको छ ।

Read More

रास्वपा बैठक : सुकुम्बासी क्षेत्रका बासिन्दा सार्न प्राधिकरण गठनको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले खोलाकिनारामा असुरक्षित तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका नागरिकको व्यवस्थापनदेखि आगामी स्थानीय तह निर्वाचनको तयारीसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झालेले खोलाकिनारामा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई रास्वपाले गम्भीरतापूर्वक उठाएको बताए । उनले पार्टीको घोषणापत्रमै असुरक्षित र अव्यवस्थित खोलाकिनारामा रहेका नागरिकलाई सुरक्षित बासस्थानमा सार्ने प्रतिबद्धता रहेको स्मरण गराउँदै अहिले मनसुन नजिकिँदै गएकाले तत्काल निर्णय आवश्यक भएको उल्लेख गरे । उनले केही महिनापछि बाढी आउने जोखिम हुँदाहुँदै अहिले नै आवश्यक पहल…

Read More

बागमती किनार अतिक्रमण हटाउने अभियान : १,८१६ परिवार सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा स्थानान्तरण

काठमाडौं । सरकारले बागमती नदी र यसका सहायक नदी किनारका जोखिमपूर्ण तथा अतिक्रमित सरकारी जग्गा खाली गराउने अभियान तीव्र पारेको छ । अभियानअन्तर्गत हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १,८१६ परिवार (७,७८९ जना) सरकारको सम्पर्कमा आएका छन्। तीमध्ये ७९४ जनालाई अस्थायी व्यवस्थापनका लागि विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्तिहरूले भने प्रारम्भिक प्रक्रिया पूरा गरी हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्। सरकारले प्रभावित परिवारहरूको व्यवस्थापनका लागि विभिन्न स्थानहरूलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छ। तीमध्ये कीर्तिपुरस्थित…

Read More

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् । आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् । त्यसैगरी, राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशका विषयमा पुनर्विचार गर्न सरकारलाई फिर्ता पठाएका छन् । यसअघि उक्त विधेयक प्रमाणीकरणका लागि पेश गरिएकोमा सन्देशसहित फिर्ता गरिएको र पछि मन्त्रिपरिषद्को निर्णयअनुसार आएको अध्यादेशसमेत जारी नभएको प्रसंग स्मरण गराउँदै पुनः…

Read More

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले आफ्नो पार्टीलाई केवल राजनीतिक शक्ति नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा प्रस्तुत गरेका छन् । शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै राईले मोलमिलाप, चेतना, जागरणको अभियान र श्रमदान गरेर विकासमा टेवा आफूहरुको उद्देश्य रहेको उनले बताएका हुन् । उनले भने, ‘हाम्रो पार्टी राजनीति गर्ने मात्र होइन, सामाजिक अभियान पनि हो । मेलमिलापको अभियान र चेतनाको अभियान पनि हो, जागरणको अभियान हो । साथै श्रमदान गरेर विकासमा टेवा पु¥याउने पार्टी पनि हो ।’ उनले पार्टीले भ्रष्टाचार, दलाली र कमिसन घुसखोरी काम नगर्ने बाचा गरेका…

Read More

‘विकास’ र ‘व्यवस्थापन’ का नाममा राज्यले नै गरिबको बास खोस्यो : नेता शिवाकोटी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सुकुम्बासी विस्थापनको विषयमा सरकारको आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत व्यक्त विचारमा उनले काठमाडौँमा सुकुम्बासीहरू हटाइँदा देखिएका दृश्यहरूले बसाइ उपन्यास पढ्दाको पीडा सम्झाएको बताएका छन्। ‘समय बदलियो तर पीडाको स्वरूप उस्तै छ,’ उनले लेखेका छन्। उनका अनुसार विगतमा सामन्ती संरचनाले गरिब र भूमिहीनलाई विस्थापित गर्ने अवस्था थियो भने अहिले ‘विकास’ र ‘व्यवस्थापन’ का नाममा राज्यले नै गरिबको बास खोसिरहेको आरोप लगाएका छन्। शिवाकोटीले यो विषयलाई केवल कानुनी प्रश्नका रूपमा मात्र नहेर्न आग्रह गर्दै मानवीय न्याय र करुणासँग जोडिएको मुद्दा भएको उल्लेख गरेका…

Read More