रुकुम पूर्व-रोल्पा सडक दुर्घटनाप्रति रास्वपाको शोक, सुधारको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार जिप दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । रास्वपाले विकट भौगोलिक अवस्था र चुनौतीपूर्ण परिस्थितिकाबिच उद्धार कार्यमा खटिएका सुरक्षा निकाय तथा टोलीहरूको साहस र समर्पणको उच्च प्रशंसा गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । रास्वपाले यस्तो दुर्घटनाले सडक सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै यस्ता घटनालाई केवल तथ्याङ्कमा सीमित नगरी नागरिक जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्नेमा जोड…

Read More

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य : मन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभूत आवश्यकता बनिसकेको बताएका छन् । नवौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले डिजिटल युगमा सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास, उद्यमशीलता प्रवद्र्धन तथा नागरिक सशक्तीकरणका लागि सूचना प्रविधिको भूमिका अपरिहार्य भइसकेको उल्लेख गरे । ‘सूचना प्रविधिको विस्तारस् दिगो विकासको आधार’ भन्ने मूल नारासहित मनाइँदै गरेको दिवसका सन्दर्भमा मन्त्री तिमिल्सिनाले नेपाल सरकार डिजिटल नेपाल निर्माणको लक्ष्यलाई व्यवहारमा उतार्दै सार्वजनिक सेवा प्रणालीलाई थप सरल, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने…

Read More

विभिन्न स्थानबाट लागू औषधसहित ५ जना पक्राउ

विराटनगर । झापा, मोरङ र उदयपुर जिल्लाको विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका९५ स्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनार मणिबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ ह २४४३ नम्बरको अटो चालक मोरङ पथरीशनिश्चरे नगरापालिका-५ का सागर दर्जीलाई २ ग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय बुधबारेले बुद्ध शान्ति नगरपालिका-१ का हरि प्रसाद ढकाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय बिराटचोकले सुन्दरहरैचा नगरपालिका-९ स्थितबाट सोही स्थानका विकल राईलाई…

Read More

सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिनु पर्थियो : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी गरेका छन् । पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र व्यवहारिकता नभएको उजको भनाइ थियो । महामन्त्री पौडेलले सुकुम्बासी बस्तीमा सुकुम्बासी नै थिएनन्, हुकुम्बासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान गरेर पुनस्र्थापनाको विकल्प तयार पारेपछि मात्रै हटाउनु पर्नेमा जोड दिए । पाल्पा क्षेत्र नं १ बाट कांग्रेसका तर्फबाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई तथा शुभकामना दिन काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेसका सांसदहरूको जिम्मेवारी…

Read More

विदेशमा पढ्ने नेपाली विद्यार्थीहरूलाई सघाउन एनआरएनए तत्पर : अध्यक्ष डा.शर्मा

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेम राज शर्माले हालै नेपालमा शिक्षा मन्त्रीलाई भेटेर विदेश पढ्न जाने विद्यार्थीहरूलाई प्रस्थान पूर्वको सूचना, सम्बन्धित मुलुकमा पुगी सके पछि दूतावास लगायत सपोर्ट सिस्टम र नेपाल फर्की सके पछि रोजगार बजारमा जान कसरी सहयोग गर्ने भन्ने बारे छलफल भएको जनाएका छन् । गैर आवासीय नेपाली संघ युकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीहरूले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले एकडेमिक क्षेत्रबाट आएकोले विद्यार्थीहरूको समस्याबारे आफू जानकार रहेको बताए। उनले…

Read More

प्रेस युनियनले विधान सभा गर्ने, सरकारी विज्ञापन रोक्ने निर्णय फिर्ता लिन माग

काठमाडौं । नेपाल प्रेस युनियनले आगामी जेठ १३ गते काठमाडौंमा विधान सभा आयोजना गर्ने निर्णय गर्दै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संगठन सुदृढीकरणदेखि पत्रकारका श्रम अधिकार र प्रेस स्वतन्त्रतासम्मका विविध विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । युनियनले आफ्नो विधानलाई समयसापेक्ष र समावेशी बनाउन संशोधन प्रक्रिया अघि बढाउँदै विधान मस्यौदामाथि जिल्ला र प्रदेश तहमा छलफल गर्ने र स्थापना दिवसको अवसरमा विधान सभा आयोजना गर्ने जनाएको छ । प्रेस युनियनका महासचिव…

Read More

सभामुख अर्यालद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बुद्ध जयन्तीले गौतम बुद्धका कालजयी उपदेशहरूको स्मरण गराउँदै सत्य, न्याय र मानवताको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् । २५७०औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरे । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै उनले यहीं विविधताभित्रको एकता र आपसी सद्भाव नै राष्ट्रिय शक्ति भएको बताए । सभामुख अर्यालले विश्व शान्तिका प्रतीक भगवान् बुद्धका शिक्षा, दर्शन र विचारहरू सम्पूर्ण मानवजातिका लागि मार्गदर्शक रहेको उल्लेख…

Read More

निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

हेटौँडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मी तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीद्वारा इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरको निरीक्षण तथा नीति–निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा डिआइजी रेग्मी र एसपी खत्रीले कार्यालयको ब्यारेक भवन, प्रहरी हिरासत कक्ष, विभिन्न शाखाहरू, मेश तथा समग्र कार्यालय व्यवस्थापनको स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा उनीहरूले सेवा प्रवाहलाई प्रभावकारी, अनुशासित र जनमुखी बनाउन आवश्यक सुझाव तथा निर्देशन दिएका थिए । कार्यक्रममा प्रहरी कर्मचारीहरूको उपस्थितिमा विभागीय नीति, कार्यसम्पादनको गुणस्तर, सङ्गठनात्मक…

Read More

मेलमिलापकर्ताको शपथ ग्रहण : कार्यवाहक प्रमुखबाट गुणात्मक नतिजाको अपेक्षा

काठमाडौं । काठमाडौं महानगरपालिकामा सूचीकृत १५४ जना मेलमिलापकर्तालाई कार्यवाहक प्रमुख सुनिता डंगोलले शपथ गराएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना गरिएको ‘मेलमिलापकर्ताको शपथ तथा अभिमुखीकरण’ कार्यक्रममा उनीहरूलाई शपथ गराइएको हो । कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख एवं न्यायिक समितिकी संयोजक डंगोलले भनिन्, ‘मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति संख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो हाम्रा लागि नतिजा होइन । सत्रबाट कति वटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।’ अभिमुखीकरण कार्यक्रममा प्रस्तुतीकरण गर्दै पूर्व न्यायाधीश द्वारिकामान जोशीले विवाद अदालतमा पुग्दा विषय विमुख भइसकेको हुन सक्ने भएकोले विवाद निरूपणका…

Read More

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ…

Read More