काठमाडौं । देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाउने गरिन्छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । यस पर्वका अवसरमा चण्डी नाचसमेत नाचिन्छ ।
Read MoreCategory: समाचार
पराजित भएपनि सर्लाही–४ नछाड्ने सभापति थापाको प्रतिबद्धता
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा पराजित भएपनि क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर रहने प्रतिबद्धता जनाएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने संकेत पाएपछि काठमाडौं फर्किएका थिए । त्यसपछि पहिलो पटक बुधबार सर्लाही आएका थापाले सर्लाही–४ अन्तर्गत धनकौलमा आयोजित मतदाता धन्यवाद तथा ‘जरा अभियान’ कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले आफू हार्दा धेरै नेता–कार्यकर्ता तथा शुभेच्छुक भावुक बनेको उल्लेख गरे । उनले आफूलाई साथ, सद्भाव र सहयोग गर्ने सम्पूर्ण मतदाता तथा पार्टी पङ्क्तिप्रति…
Read Moreरोगले थलिएका १९ वर्षे विजय : उपचार नपाएर ओछ्यानमै सुक्दै छ शरीर
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५, नहरको डिलमा एउटा झुपडी शैलीको घर छ । त्यही झुपडी भित्र १९ वर्षका विजय यादव विगत नौं महिनादेखि मृत्युसँग लडिरहेका छन् । गरिबीको चपेटामा परेको यो परिवारमा अहिले खुसी होइन, केवल आँसु र छटपटी मात्र छ । जयराम यादवका छोरा विजयको शरीर अहिले सुकेर अस्थिपञ्जर जस्तै भएको छ । मासु सुकेर करङका हड्डीहरू प्रस्टै देखिन थालेका छन् । हिँडडुल गर्न त परको कुरा, उनी ओछ्यानबाट उठ्न समेत नसक्ने गरी थलिएका छन् । विजयको व्यथा नौं महिनाअघि पेटको दुखाइबाट सुरु भएको थियो ।…
Read Moreस्थानीय तहको विकास बजेट खर्च न्यून, मन्थली नगरपालिकाको ९ महिनाको खर्च जम्मा २१ प्रतिशत मात्र
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना एक चौथाइ विकास बजेट पनि खर्च गर्न नसकेको पाइएको छ । नगरपालिकाले नौं महिनाको अवधिमा जम्मा २१.०७ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । नगरपालिकाको-८ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले सो कुराको जानकारी दिएका हुन् । ठेक्का कार्यको भुक्तानीको क्रममा नै रहेका कारण पुँजीगत खर्च कमजोर देखिएको उनले दाबी गरे । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले १ अर्ब ४ करोड ६५ लाख ६४ हजार रुपैयाँ बजेट स्वीकृत गरेकोमा चालु खर्च ५९.९६ प्रतिशत प्रगति हुँदा…
Read Moreविपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति, तत्काल समाधानको माग
काठमाडौं । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको संयुक्त बैठकले बैठकले सरकारका विभिन्न गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नौं बुँदे निर्णय सार्वजनिक गरेको छ । बैठकले देशका विभिन्न स्थानमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासहरूको पहिचान र वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्यप्रति कडा विरोध गरिएको छ । यस्तो कदमले नागरिकमा भय र असुरक्षा बढाएको उल्लेख गर्दै तत्काल सुरक्षित आवासको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । विपक्षी दलहरूले दैनिक उपभोग्य वस्तुहरूमा…
Read Moreअहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन् । बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई हामीले व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन् । आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको…
Read Moreअनलाइन टिभी पत्रकार संघ मोरङको अध्यक्षमा भण्डारी
मोरङ । अनलाइन टिभी पत्रकार संघ मोरङको प्रथम अधिवेशनबाट अध्यक्षमा रमेश भण्डारी सर्वसम्मत चयन भएका छन् । मोरङको उर्लाबारीस्थित सम्पन्न अधिवेशनले भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सङ्गिता कार्की, सचिवमा विजय धिमाल र कोषाध्यक्षमा देव राई चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा लक्ष्मीकुमार तामाङ, विवेक हिङमाङ र मनिता विश्वकर्मा रहेका छन् । कार्यक्रम मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य यज्ञमणि न्यौपानेको प्रमुख आतिथ्य तामा सम्पन्न भएको थियो । साथै सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, अनलाइन टिभी पत्रकार संघ प्रदेश नम्बर १…
Read Moreरामेछाप जोड्ने तीन वटा पक्की पुलको एकैसाथ टेण्डर खुल्यो
रामेछाप । रामेछाप जोड्ने ३ वटा पक्की पुलको एकै पटक ठेक्का आव्हान भएको छ । डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले सो ठेक्का आव्हान गरेको हो । ठेक्का आव्हान भएका तीन मध्ये खुर्कोट र खैरेनीघाट पुल पुनर्निर्माण हुन थालेका हुन् । २०८० साल असोजको बाढीले खुर्कोट र खैरेनीघाटमा निर्माण भएका मोटरेवल पुल बगाएको थियो । अहिले साबिकमा पुल रहेको स्थान या आसपासमा पुल निर्माण गर्ने गरी ठेक्का आव्हान भएको हो । तेस्रो पुल काभ्रे र रामेछाप जोड्ने गरी दोभानटारमा निर्माण गर्न लागिएको हो । रामेछापलाई तराई र काठमाडौंसँग जोड्न खुर्कोटको पुल…
Read Moreआन्तरिक झगडा मिले पाँच वर्षपछि कांग्रेस सत्तामा फर्किन्छ : लिला दाहाल‘काका’
काठमाडौं । नेपाली कांग्रेसका नेता लिला बल्लभ दाहाल (काका)ले अग्रज नेताहरुलाई सम्मानपूर्वक व्यवहार गर्दै पार्टी एकताका लागि सबै एक हुनुपर्नेमा जोड दिएका छन् । उनले अग्रजहरुलाई ‘घोक्रेठ्याक’ लगाउने परिपार्टी गलत भएको बताए । पार्टीभित्र विगतमा पनि गुट वा टीमको भेला वा बैठकहरु हुने गरेको उदाहरण दिंदै हाल भइरहेको भेलाहरु अस्वभाविक नभएको उनले जिकिर गरे । कांग्रेसको आन्तरिक झगडाका कारण जनमत समेत घटेको उनको बुझाइ छ । ‘फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पनि टिकट वितरणमा विवेक पुगेन । कम्तिमा ३५ वटा टिकट अग्रज भनिएका र गुटमा विभाजित बनेका अग्रज नेताहरुको…
Read Moreसुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
Read More