काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतिताला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कायम भएको थियो ।
Read MoreCategory: समाचार
लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ
काठमाडौं । बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका-३ लालापुरबाट लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८७० मिलिग्रामसहित कोहलपुर नगरपालिका बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Read Moreयस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २२ रुपैयाँ र आलु रातो (भारतीय) प्रतिकिलो २२ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ रहेको छ । यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाँजर (तराई) प्रतिकिलो २० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो २० रुपैयाँ, काउली…
Read Moreक्रियाशील सदस्यता नवीकरणका लागि थप एक हप्ता समय दिने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको छ । बुधबार सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्येतामा ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बसेको बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील इन्ट्रीका लागि एक हप्ता समय दिने निर्णय गरेको हो । ‘१५ औँ महाधिवेशन कालागि जिल्ला कार्यसमितिबाट क्रियाशील नवीकरण र प्रतिनिधि सभा क्षेत्रबाट नयाँ क्रियाशील सदस्यता नेपाली कांग्रेसको डिजिटल सिस्टममा प्रविष्ट गरी शुल्क सहित केन्द्रीय कार्यालयमा बुझाएका जिल्ला छुट्याउने, नवीकरण शुल्क र नयाँ क्रियाशील सदस्यता शुल्क…
Read Moreआज नरसिंह जयन्ती मनाइँदै
काठमाडौं । आज नरसिंह जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चतुर्दशी तिथिका दिन नरसिंह जयन्ती पर्व मनाइन्छ । नरसिंहलाई भक्तहरूको रक्षा गर्ने र अधर्मको विनाश गर्ने देवता मानिन्छ । यो पर्व भक्ति र असत्यमाथि राम्रोको विजय, अधर्ममाथि धार्मिकताको विजय, सत्य र न्यायको प्रतीक हो । नरसिंह अवतार भगवान् विष्णुको चौँथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको ‘बध’ गरी भक्त प्रह्लादको उद्धार गर्नका निमित्त विष्णु भगवान्ले नरसिंह अवतार धारण गर्नुपरेको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
Read Moreयस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ…
Read Moreअवैध संरचना हटाउने क्रममा मानवीय व्यवहार अपनाइने : कार्यवाहक नगर प्रमुख डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने क्रममा सम्मानजनक र मानवीय व्यवहार अपनाइने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामित्वका जग्गाको संरक्षण गर्दा मानव अधिकारका न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गर्दै काम गरिरहेको उल्लेख गरेकी हुन् । ‘काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी तथा सामुदायिक जग्गा तथा अरूको नीजि स्वामित्वमा रहेको जग्गा संरक्षण गर्ने कार्य गर्दा मानव अधिकारको न्यूनतम मूल्य तथा मान्यतालाई समेत आत्मसात् गर्दै कार्य सम्पादन गर्दै आइरहेको छ,’ उनले…
Read Moreभ्रामक सूचना नफैलाउन नेपाली सेनाको अपिल
काठमाडौंं । नेपाली सेनाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो संस्था तथा नेतृत्वलाई लक्षित गर्दै प्रसारण भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले भ्रामक सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको छ। नेपाली सेनाले यस्ता उच्छृङ्खल र अराजक गतिविधिहरूको सम्बन्धित निकायहरूसँग समन्वय गरी नियमित निगरानी भइरहेको जनाएको छ। साथै, यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने कुरा पनि स्मरण गराइएको छ। आम जनमानसलाई आधारहीन, द्वेषपूर्ण…
Read Moreसुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग
काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् । उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चलाउनु…
Read More३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
काठमाडौं । सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । ‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड…
Read More