काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक सिंहदरबारमा मध्यान्ह साढे १२ बजे बस्ने भएको हो । बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ ।
Read MoreCategory: समाचार
मेनपावर सुधारको रोडम्याप सार्वजनिक
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रको संरचनात्मक सुधारका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारसमक्ष विस्तृत नीतिगत सुझावसहित औपचारिक पत्र बुझाएको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङको अग्रसरतामा तयार गरिएको उक्त पत्रलाई मेनपावर व्यवसाय सुधारको स्पष्ट रोडम्यापका रूपमा हेरिएको छ । पत्रमा वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शि व्यवस्थित र श्रमिकमैत्री बनाउने लक्ष्यसहित बहु आयामिक सुधार प्रस्ताव गरिएको छ । विशेषतः कामदार पठाउँदा लाग्ने लागत नियन्त्रण र वित्तीय पारदर्शिता कायम गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । सङ्घले गन्तव्य मुलुकअनुसार अधिकतम लागत निर्धारण गरी कडाइका साथ कार्यान्वयन गर्न सुझाव दिएको छ, जसले श्रमिकमाथि पर्ने…
Read Moreनेपालमा जनप्रतिनिधिको संख्या उल्लेख्य रूपमा घटाउन सुझाव
काठमाडौँ । नेपालमा संघ, प्रदेश तथा स्थानीय निकायहरूको पुनर्संरचना गर्नेबारे बहस चलिरहँदा बेलायतको बरो अफ बार्नेटका पूर्व उपमेयर काउन्सिल लक्ष्य गुरुङले नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या उल्लेख्य रूपमा घटाउन सुझाव दिएका छन् । लन्डनमा बसोबास गर्दै आएका गुरुङले नेपाल सरकारले सडक, यातायात तथा डिजिटल सेवामा सुधार गरी सेवा प्रवाह र राजस्व सङ्कलन प्रणालीलाई क्रमशः डिजिटाइज गर्नसके भूगोल र क्षेत्रफलले व्यवस्थापनमा धेरै असर नपर्ने धारणा व्यक्त गरे । उनका अनुसार देशको अर्थतन्त्रको आकारको तुलनामा नेपालमा तीन तहको सरकार अत्यन्त खर्चिलो बन्दै गएको छ र यसले राज्यलाई अनावश्यक आर्थिक भार थपेको छ । उनले…
Read Moreबफर स्टेटको बहस : भूगोलको नियति कि नीतिको कमजोरी ?
डा.शन्तोष सापकोटा ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’ श्री ५ पृथ्वीनारायण शाहको यो भनाइ आजपनि हामी उत्साहका साथ उद्धृत गर्छौँ, जसरी विद्यार्थीहरूले परीक्षा अघि महत्त्वपूर्ण वाक्यहरू कण्ठ गर्छन्, तर त्यसको अर्थ बुझ्न समय निकाल्दैनन् । नयाँ सरकारले सार्वजनिक गरेको १०० दिने प्राथमिकतामा एउटा उल्लेखनीय कुरा देखियो—नेपाललाई ‘बफर स्टेट’(मध्यवर्ती राज्य) को रूपमा विगतमा परिभाषित गरिएको स्विकारोक्ति । तत्पश्चात सामाजिक सञ्जाल, चिया पसलदेखि नीति वृत्तसम्म यसको समर्थन र विरोधमा बहस तातेको छ । कसैले यसलाई ऐतिहासिक यथार्थको स्वीकारोक्ति भनेका छन्, कसैले राष्ट्रिय आत्मसम्मानमाथि प्रश्न उठाएका छन् । वास्तवमा, ‘बफर’ हुनु कुनै गौरवको…
Read Moreअर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विषयगत मन्त्रालयका मन्त्री र सचिवहरूसँग बजेट तयारी छलफल गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्ले र विषयगत सबै मन्त्रालयका मन्त्री तथा सचिवबिच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सम्बन्धमा छलफल भएको हो । छलफलमा अर्थसचिव डा. घनश्याम उपाध्यायले अर्थ मन्त्रालयले रकमान्तरमा विषयगत मन्त्रालयबाटै हुने गरी सहजीकरणको लागि निर्णय गरेको बताए । उनले बहुवर्षीय ठेक्काको स्रोत सहमतिको समय सीमा परिवर्तन लगायतका विषयमा जानकारी गराएका थिए । बजेट तथा कार्यक्रम महाशाखाका सहसचिव डा. सुमन दाहालले आगामी आर्थिक वर्षको बजेट तयारीको हालसम्मको अवस्थाका बारेमा संक्षिप्त…
Read Moreरौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
रौतहट । रौतहटको बौधिमाई नगरपालिकाबाट प्रहरीले अवैध कटुवा पेस्तोल र मोबाइलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला मौवाह ग्राम पञ्चायतका २० वर्षीय सूर्य कुमार दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई बौधिमाई नगरपालिका वडा नं. ७ स्थित बंकुलमा रहेको मा इँटा उद्योग नजिकैबाट पक्राउ गरेको हो । सोमबार साँझ करिब ६:३० बजेको समयमा शंकास्पद अवस्थामा फेला परेका दासलाई खानतलासी गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल बरामद भएको…
Read Moreयस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५…
Read Moreविश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन् । सरकारले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजीको तयारी गरेपछि ज्ञवालीेले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ज्ञवालीले विद्यार्थी संगठन खारेज गर्ने प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्तता माथीको हस्तक्षेप भएको बताएका छन् । विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्तता माथी नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ । ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी…
Read Moreआजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण निष्कासनमा एक दिन ढिलाई भएको हो । यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी पूँजीको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २९ हजार कित्ता बाँडफाँट भइसकेको छ भने बाँकीमध्ये…
Read Moreसंसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयनपत्र दर्ता दिउँसो १ देखि ४ बजेसम्म संहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने छ । दिउँसो साढे ४ बजे नै उमेदवारहरूको सूची प्रकाशन गरिने कार्यक्रम रहेको छ । समिति सभापतिको निर्वाचन भने भोलिका लागि तोकिएको छ ।
Read More