विराटनगर । महिला उद्यमशीलता, वित्तीय पहुँच र नीतिगत सहभागितालाई केन्द्रमा राख्दै आयोजित ‘वुमन लिडरसिप समिट २०२६’ विराटनगरमा सम्पन्न भएको छ। सम्मेलनले महिलालाई अर्थतन्त्रको मुख्य चालक शक्तिका रूपमा स्थापित गर्न स्पष्ट नीतिगत हस्तक्षेपको माग गर्दै १६ बुँदे ‘विराटनगर घोषणापत्र’ सार्वजनिक गरेको छ। नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश र सीएनआई महिला नेतृत्व फोरमको संयुक्त आयोजनामा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको सभापतित्व तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी सरकारका मन्त्रीहरू, स्थानीय तहका प्रमुख, उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र उद्यमीहरूको उल्लेखनीय…
Read MoreCategory: समाचार
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्। उनले भनिन्, ‘समिति र समितिको कार्य क्षेत्र जे हो त्यसमा सरकारलाई किन बोलाइन्छ भने सरकारले त्यो विषयमा आवश्यक तयारी गरेर जवाफ दिन सक्नुपर्छ। तर समितिमा राखिएका कुराहरु एजेण्डाभन्दा बाहिरबाट ल्याइयो भने त्यो प्रश्न र औचित्य प्रभावकारी ढंगले हुँदैन जस्तो मलाई लाग्छ । सरकारले यहाँ उठेका हरेक विषयहरुमा स्पष्ट…
Read Moreसभामुख अर्यालले गरे प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न बैठक बोलाएका थिए। बैठकपछि नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुखले बधाई दिनकोसाथै संसदीय काम गर्दै जाँदा आफूहरुसँगको सहकार्यको भूमिकाको अपेक्षा व्यक्त गरेको जानकारी दिइन् । बैठकमा समसामयिक राजनीतिक विषयमा कुनै छलफल नभएको उनले बताइन् । ‘प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर वधाई दिनुभयो । उहाँले संसदीय काम गर्दै…
Read Moreसुकुमबासीको अग्रिम व्यवस्थापन नगरी डोजर चलाइनु गलत : ट्रेड युनियन कांग्रेस
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले ११ बुँदे विशेष प्रस्ताव सार्वजनिक गरेको छ । शासकीय सुधारसम्बन्धी कार्यक्रम अन्तर्गत सरकारले सार्वजनिक गरेको संघीय निजामती सेवा विधेयकको मस्यौदा जारी गरी ट्रेड युनियन अधिकार सम्बन्धी प्रावधानहरू हटाएकोप्रति ट्रेड युनियन कांग्रेसले आपत्ति जनाएको हो । नेपालको संविधान २०७२, श्रम ऐन २०७४ र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको विरुद्धमा सरकारको निर्णय आएकाले त्यसलाई तत्काल सच्याउनका साथै श्रमिकसँग सम्बन्धित विषयहरू सामाजिक संवादमार्फत समाधान गर्न पनि सरकारसँग माग गरिएको छ । विभिन्न कारणले गर्दा बजारमा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण जनताको दैनिक जीवनमा गम्भीर असर पारिरहेको प्रति चिन्ता व्यक्त गर्दै ट्रेड…
Read Moreसंवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए । यसैगरी सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । बैठकले भारतसँग जीटूजी माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन…
Read Moreडिजिटल लोकतन्त्र होइन, डिजिटल भ्रमबाट बच्ने बाटो (भाग ३)
डा. शन्तोष सापकोटा नेपालले प्रत्यक्ष लोकतन्त्र चाहन्छ भने अनलाइन रोमान्सबाट होइन, चरणबद्ध संवैधानिक निर्माणबाट सुरु गर्नुपर्छ । डिजिटल सार्वभौमिकता, खुला प्रक्रिया, स्थानीय परीक्षण र कानूनी स्पष्टता बिना प्रत्यक्ष लोकतन्त्र नाराभन्दा बढी केही हुँदैन । नेपालको सुधार सम्बन्धी बहसमा एउटा पुरानो कमजोरी छ–हामी अन्तिम नतिजा कल्पना गर्न माहिर छौँ, तर त्यहाँ पुग्ने बाटो बनाउने धैर्य कम राख्छौं । हामी परिणामको पोस्टर छिटो बनाउँछौँ, प्रक्रिया कसरी काम गर्छ भन्ने प्रश्नलाई पछि सार्छौं । प्रत्यक्ष लोकतन्त्र र डिजिटल लोकतन्त्रको बहसमा पनि अहिले यही भइरहेको छ । जनताले बढी शक्ति पाउनुपर्छ–ठीक कुरा । राज्य…
Read Moreलिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण
काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न सञ्चारमाध्यमबाट उठेका प्रश्न र चासोप्रति प्रतिक्रिया जनाउँदै मन्त्रालयले नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार स्पष्ट र अडिग रहेको बताएको छ । मन्त्रालयका अनुसार १८१६ को सुगौली सन्धिबाट नै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू—भाग हुन ्। यस विषयमा कुनै अन्योल नरहेको पनि स्पष्ट पारिएको छ । नेपाल सरकारले लिपुलेक क्षेत्र हुँदै सञ्चालन गर्न लागिएको कैलाश मानसरोवर यात्राबारे आफ्नो असहमति भारत र चीन दुवैलाई कूटनीतिक…
Read Moreनेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोली) काठमाडौँमा हुने भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो । आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात भोली नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघको ७३ पदाधिकारीका लागि १३७ व्यवसायीले उम्मेदवारी दिएका छन् । जिल्ला÷नगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिनेछ । जिल्ला÷नगर…
Read Moreसर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै ८५ हजार कित्ता साधारण शेयर सार्वजनिक गरेको हो । जारीपूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्तामध्ये १० प्रतिशत शेयर उक्त समूहका लागि छुट्याइएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने आवश्यक परेमा जेठ ४ गतेसम्म समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।…
Read Moreरास्वपाको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ पारित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा ( २०८३)” पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा (२०८३) पारित गरेको हो । बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै पहिलो महाधिवेशन सम्पन्न गर्न ुमहाधिवेशन कार्यविधि (२०८३) समेत पारित गरेको छ । बैठकले मुलुकभर विद्यमान अव्यवस्थित बसोबासको समस्या समाधानका लागि सरकारलाई अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ । वास्तविक भूमिहीन सुकुम्बासी नागरिकहरूको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिँदै प्राधिकरणको प्रतिवेदन आउनुअघि…
Read More