काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ । कम्पनीको…
Read MoreCategory: समाचार
१३ वटै स्थानीय तह, डिभिजन, वन कार्यालय र सडकका पदाधिकारीसँग प्रशासनले छलफल गर्ने
धनगढी । सुकम्बासी तथा अव्यवस्थित बसोबास समस्याका विषयमा छलफल गर्न कैलालीमा आज सरोकारवालासँग छलफल हुँदैछ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाका १३ वटै पालिकाका प्रमुख, दुई वटा डिभिजन वन कार्यालय तथा सडक डिभिजन कार्यालयका प्रमुखसँग आज छलफल गर्न लागेको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार सङ्घीय सरकारले जिल्लामा सरकारी जग्गा अतिक्रमणको अवस्थल, भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गर्न परिपत्र गरेपछि सवै सरोकारवालासँग छलफल गर्न बैठक आह्वान गरिएको हो । केही पालिकाले काम गर्न सक्ने अवस्था नरहेको भन्ने जवाफ पठाएपछि सबै सरोकारवाला पक्षसँग छलफल गरेर अघि…
Read Moreराधास्वामी सत्संग व्यास आश्रममा रहेका ५२ बालबालिका आजदेखि विद्यालय जाने
काठमाडौँ । राधास्वामी सत्संग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् । महानगरपालिकाको शिक्षा विभागले हिजो (सोमबार) विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नं. १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ । नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधा स्वामी सत्संग आश्रममा छन् । उनीहरूमध्ये अपाङ्गता भएका १ जना सहित…
Read Moreसङ्घीय सरकारको विरोध गर्ने स्थानीय तहको चेतावनी
धनगढी । सङ्घीय सरकारले जग्गा अतिक्रमण हटाउन प्रशासन र स्थानीय तहलाई परिपत्र गरे पनि सुदूरपश्चिम प्रदेशका स्थानीय तहले भने त्यसलाई कार्यान्वयन गर्न नसकिने जनाएका छन् । सरकारी जग्गा नै अतिक्रमण गरी बसोवास गरेका केही परिवारको व्यवस्थापन गरी जग्गा खालि गर्न सकिने भए पनि ऐलाली जग्गाका बर्षे देखि ऐलानी जग्गामा अव्यवस्थित बसोवास गरिरहेका परिवारलाई हटाउन नसकिने जनप्रतिनिधिको धारणा रहेको छ । ‘अघिल्लो सरकारले गठन गरेको भूमि आयोगले अव्यवस्थित वसोवासी, भूमिहीन, सुकुम्वासीहरूको विस्तृत तथ्यांक संकलन गरिसकेको छ,’ नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष तथा कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले भने,…
Read Moreआकस्मिक घटनाका कारण कालोसूचीमा परेका व्यवसायीका लागि छुट्टै आयोग बनाएर छानविन गर्नुपर्छ : लिला दाहाल ‘काका’
काठमाडौं । दुई तिहाइ नजिकको बहुमतसहित बनेको सरकारले प्रारम्भिक चरणमा केही सकारात्मक संकेत देखाएपनि व्यवहारिक र नीतिगत कमजोरी स्पष्ट रुपमा देखिन थालेको व्यवसायीहरुको बुझाइ छ । सरकारको एक महिने कार्यकालप्रति नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा मिश्रित धारणा राख्दै युवा व्यवसायी लिला दाहाल‘काका’ले यस्तो बताएका हुन् । उनका अनुसार आम जनतामा सरकारप्रति अपेक्षा र समर्थन देखिए पनि निजी क्षेत्र भने गम्भीर चिन्तामा रहेको छ । दाहालले सरकारको मुख्य कमजोरीमध्ये एक व्यवसायीमाथिको कारबाही शैली भएको उल्लेख गरे । उनका अनुसार कुनैपनि व्यवसायीलाई कानुनी प्रक्रिया पूरा नगरी सिधै पक्राउ गर्ने प्रवृत्तिले दीर्घकालीन रूपमा…
Read Moreनेपालको शिक्षामा सहकार्यका लागि नर्वे सरकार उत्सुक
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसबित भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा नर्वे सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । विशेष गरी वर्तमान सरकारको प्राथमिकता तथा नेपालको विद्यालय शिक्षामा नर्वेले पु¥याउदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीताका विषयमा केन्द्रित रहेर छलफल भएको छ । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नर्वे सरकारले नेपालको विद्यालय शिक्षा क्षेत्र विशेष गरी समावेशिता, समता, ‘फन्डामेन्टल लर्निङ’, ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ लगायतका क्षेत्रमा गरिरहेको…
Read Moreझापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन
दमक । भूमि अधिकार तथा श्रमिक संगठनको आयोजनामा झापाको कमल गाउँपालिकामा रहेका भूमिहीन तथा सुकुम्बासीहरूले सोमबार विरोध ¥याली प्रदर्शनसहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । सरकारले काठमाडौँसहित देशका विभिन्न स्थानमा सुकुमम्बासी बस्तीमा जबरजस्ती डोजर चलाएर उठीबास लगाउने काम गरेको तथा दैनिक जीवन नै कष्टकर बनाएको आरोप लगाउँदै उनीहरूले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । कमल गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी भएका भूमिहीन, सुकुम्बासी तथा श्रमिकहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक व्यवस्थाबिना बस्ती हटाउन नहुने र भूमिहीन नागरिकलाई राज्यले सम्मानजनक जीवनको ग्यारेन्टी गर्नुपर्ने माग राखेका थिए । गाउँपालिकाका कार्यालयमा पुगेर उपाध्यक्ष प्रमिला…
Read Moreकांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ । संसद् समन्वय बोर्डको पहिलो बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक होे । कांग्रेसले बोर्डका सदस्यहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।
Read Moreबाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु
बाजुरा: बाजुरामा चट्याङ लागेर एक वृद्धकाे मृत्यु भएको छ।बाजुराकाे बुढीनन्दा नगरपालिका–३ डोगडावाडाका ७३ वर्षीय नैना बुढाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिएका छन्। उनका अनुसार,पशु चौपाया चराउन गएका बेला चट्याङ लागेर घाइते भएका बुढाको उपचार गर्न आधारभूत अस्पताल कोल्टीमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताएका छन्।
Read Moreसुकुम्बासी व्यवस्थापनमा सरकारप्रति मिराज ढुंगानाको प्रश्न : ‘स्टाटसले मात्र हुन्छ ?’
काठमाडौं । जेनजी नेता मिराज ढुंगानाले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकारको आलोचना गरेका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन् । उनले प्रधानमन्त्रीले सुकुम्बासीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन स्पष्ट नभएको बताए । चुनावअघि डोजर प्रयोगका क्रममा विरोध जनाउँदै छाती थाप्नेहरू अहिले खै त भन्दै प्रश्न उठाए । उनले भने, ‘सुकुम्बासीलाई प्रधानमन्त्रीले व्यवस्थापन गर्ने भनेका छन् तर कसरी व्यवस्थापन गर्छन् ? चुनाव अगाडि डोजर हान्दा छाती थाप्नेहरु पनि थिए, तर अहिले खै त छाति थाप्नेहरु ?’ ढुंगानाले हाल करिब ५० लाख नेपाली प्रभावित…
Read More