काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् । शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ…
Read MoreCategory: समाचार
परिवर्तनलाई आत्मसात गर्नुपर्छ, पूराना पार्टीको योगदान बिर्सनु हुँदैन : जयन्ती राई
काठमाडौं । राष्ट्रिय सभा सदस्य जयन्ती राईले सरकार मुलुकप्रति गम्भीर नहुँदा ‘जेन–जी आन्दोलन’ जस्ता घटनाहरू उत्पन्न भएको बताएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको गैरजिम्मेवारीका कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै जेन–जी आन्दोलनको समिक्षा गर्न आवश्यक रहेको धारणा राखिन् । उनले युवाहरुलाई लक्षित गर्दै आन्दोलनको समिक्षा गर्ने कि नगर्ने भन्ने प्रश्न उठाइन् । उनले भनिन्, ‘देशप्रति अलिकति पनि गम्भीर बनेन सरकार, त्यसकारण जेन–जी आन्दोलन जस्ता घटनाहरू भए । सिंहदरबार जलेको छ, यसले सारा जनताको आवाज जलेको छ । सर्वोच्च अदालत जल्दा भवन मात्र जलेन, सबै जनताको…
Read Moreहामी परिवर्तन चाहन्छौँ तर मौलिकतामा आधारित : सुन्दरसिंह बोहोरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं क्षेत्र नम्बर–३ का उम्मेदवार सुन्दरसिंह बोहोराले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी र दृष्टिकोणबारे जानकारी दिएका छन् । उनले आम नागरिकले भदौ २३ र २४ पछाडि परिवर्तन अनुभव गरेको उल्लेख गर्दै उनले मौलिक संस्कृतिमा बसेर परिवर्तन गर्न चाहेको बताए । ‘हामी त्यसलाई आत्मसात गर्छौँ र परिवर्तन चाहन्छौँ, तर मौलिकतामा आधारित रहेर । मौलिक संस्कृतिमा बसेर परिवर्तन चाहन्छौँ। नवीनतम सोच ल्याउन चाहन्छौँ र एआईसँग पनि आत्मसात गर्न चाहन्छौँ,’ उनले भने । बोहोराले गरिमामय सदनमा सांसदको रूपमा प्रभावशाली व्यक्ति चाहिएको बताए । उनले…
Read Moreओली पुगे गृहजिल्ला झापा
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ । सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् । उनले नयाँ भाई, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए । उनले भने, ‘युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ । भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ ।…
Read Moreसर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट
सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको एक लघुवित्त वित्तीय संस्थामा दिनदहाडै लुटपाट भएको छ। बिहीबार दिउँसो अज्ञात समूहले कार्यालयभित्र प्रवेश गरी कर्मचारीमाथि छुरा प्रहार गर्दै लुटपाट गरेको हो। प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ। घटनाका क्रममा छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ भने संलग्न समूहको खोजी तीव्र बनाइएको छ।
Read Moreबैतडी बस दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको घटनाप्रतिे गहिरो दुःख व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त दुःखद खबरले आफू अत्यन्तै मर्माहत बनेको उल्लेख गरेका छन् । जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन नसकेको जानकारी प्राप्त भएको पनि उनले बताउनुभएको छ। संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै…
Read Moreगृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधी क्रिस्टियन होल्जबिच शिष्टाचार भेट सम्पन्न भएको छ । भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागू औषध नियन्त्रण लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् । साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने बताए । यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा पनि गरे । गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका…
Read Moreलोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर भएको बताएका छन् । आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाई समावेशितालाई सुदृढ गर्ने भएकाले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरे । उनले भने, ‘लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर हो । लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने छ । निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारको रुपमा अनुभूत गराउने काम गर्ने विश्वास लिएका छौं ।’ उनले प्रत्येक…
Read Moreमोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन् । टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफूलाई फेरि एकपटक जनमतको कसीमा राखेका छन् । नेपाली कांग्रेस मोरङ क्षेत्र…
Read Moreनेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई गम्भीर चासोका साथ नियालिरहेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै एमालेले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६३ क्षेत्रमा आफ्ना उम्मेदवार कायम राखेको जानकारी दिएको हो । विज्ञप्तिअनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी दर्ता हुन नसकेको र स्थानीय परिस्थितिका आधारमा विभिन्न राजनीतिक दल तथा समूहसँग संवाद र सहमति प्रक्रिया जारी रहेको एमालेले जनाएको छ । एमालेले उक्त उम्मेदवारीलाई सबै प्रकारका षड्यन्त्र,…
Read More