समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो । निर्वाचन आयोगका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् भने २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत दोहोरिएको पाइएको छ। यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका…

Read More

मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ बाट सोमबार चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा सूर्यविनायक नगरपालिका–८ निवासी २६ वर्षीय समिर त्वाटी रहेका छन्। उनले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेका अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त मोटरसाइकल काठमाडौं महानगरपालिका–४, धुम्बाराहीबाट हराएको भनी सर्लाहीको कविलासी नगरपालिका–२ निवासी प्रकाश सिंहले खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए। मोटरसाइकलसहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका…

Read More

मकवानपुरमा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले मनहरी गाउँपालिका–९, ज्यामिरेबाट १० किलो १२४ ग्राम लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार बिहान ४ः३० बजे लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले युपी ३२ एफएफ ००५५ नम्बरको भारतीय कारलाई सुरक्षाजाँच गर्दा लागूऔषध बरामद भएको हो। पक्राउ पर्नेहरूमा उत्तर प्रदेश, मुजफ्फरनगर जिल्लाको सिखेडा गाउँका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मौ जुबेर र मुजफ्फरनगर, अम्बा बिहारका ४४ वर्षीय साबीरा रहेका छन् । प्रहरीले तीनै जनालाई लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानको…

Read More

कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू

काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् । उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाएको…

Read More

हकप्रद शेयरका लागि २० प्रतिशत वित्तिय प्रगतिको प्रावधान हटाउन माग

काठमाडौं । हकप्रद शेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ । मंगलबार बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धिताललाई ज्ञापनपत्र बुझाउँदै कुनै कम्पनीले अर्को आयोजना निर्माण गर्नका लागि २० प्रतिशत वित्तिय प्रगति हुने व्यवस्थाले थप लगानी व्यवस्थापन र आयोजना निर्माणमा अप्ठेरो परेको भन्दै हटाउन माग गरिएको छ । डेडिकेटेड आयोजनाका लागि मात्र हकप्रद शेयरमार्फत संकलित पुँजी…

Read More

राष्ट्रपति पौडेल र जापानका सम्राटबीच भेट, जापानिज सहयोगको प्रशंसा

जापान (टोकियो) । राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितो बीच यहाँ शीष्टाचार भेटघाट भएको छ । जापानको चारदिने भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितो बीच इम्पेरियल प्यालेस टोकियोमा शीष्टाचार भेटवार्ता भएको हो । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आइपुगेका हुन् । सोही क्रममा राष्ट्रपति पौडेल र सम्राट नारुहितोबीच भेटवार्ता भएको हो । सो भेटघाटका अवसरमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा…

Read More

गृह मन्त्रालयको भर्चुअल बैठक : निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न गरेको छ । गृह सचिव राज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारी साधन र मतपेटिका ढुवानी लगायतका विषयमा छलफल भएको हो । बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा…

Read More

राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

जापान (टोकियो ) । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताउँदै यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताएका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले आज गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेको हो । उनले भने, ‘हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग…

Read More

निधारमा ताकेर गोली ठोक्नेहरुविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको भविष्य बदल्ने क्रान्तिका लागि आफू थप त्याग र कठोर तपस्याका लागि तयार भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको बताउँदै अब अन्तिम पर्दा उठ्न बाँकी रहेको धारणा राखे । उनले लेखेका छन्,‘म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविष्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि…

Read More

उज्यालो नेपाल पार्टीले भन्यो : काठमाडौं १ मा मंगलाल श्रेष्ठको जित निश्चित छ

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा आफ्नो पार्टीका उम्मेदवार मंगलाल श्रेष्ठको जित सुनिश्चित रहेको उज्यालो नेपाल पार्टीले दाबी गरेको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को घरदैलो अभियानका क्रममा उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा सदस्यमा इन्जिनियरसमेत रहेका श्रेष्ठको जित सुनिश्चित रहेको बताएको हो। श्रेष्ठले लामो समय इन्जिनियरिङ क्षेत्रमा योगदान पु¥याएका छन्। उनले ३० वर्षभन्दा बढी समय इन्जिनियरिङ तथा सामाजिक क्षेत्रमा व्यतित गरेका छन्। श्रेष्ठले आफू सुशासन, समृद्धि, सामाजिक न्याय र दिगो विकासको एजेन्डासहित चुनावी मैदानमा होमिएको बताएका छन्। ‘अहिले नेपाली राजनीतिले परिवर्तन खोजेको छ। योजना भएको युवा नेतृत्व अहिलेको…

Read More