प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।

Read More

सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनसः अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा

काठमाडौं । नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आईटी निर्यातकर्ताहरूको व्यावसायिक सहजताका लागि वार्षिक ५ हजार अमेरिकी डलरसम्मको प्रिपेड डलर कार्ड सुविधा दिने नयाँ व्यवस्था गरेको हो । साधारण आईटी उद्योगहरूले अनलाइनमार्फत सेवा खरिद गर्न वार्षिक ३ हजार डलरसम्मको सीमा पाउने भए तापनि निर्यातमा संलग्न उद्योगहरूका हकमा भने राष्ट्र बैंक लचिलो बनेको हो । विदेशी मुद्रा आर्जन गरेको आधारमा त्यस्ता कम्पनीले थप २ हजार डलर (कुल ५ हजार डलर)…

Read More

सार्वजनिक बिदाका कारण सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्काशन मिति परिवर्तन

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको प्राथमिक शेयर (आईपीओ) को मितिमा सामान्य हेरफेर गरेको छ । यसअघि २०८३ बैशाख २ गतेदेखि निष्काशन गर्ने तयारी गरिएको भए तापनि गृह मन्त्रालयको सूचना अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा पर्ने भएकाले अब बैशाख ३ गतेदेखि मात्रै आवेदन खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको कुल जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि यसअघि नै शेयर बाँडफाँट…

Read More

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन । उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक गरेका थिए । प्रताव गर्दै लामिछानेले आफूहरूका उम्मेदवारलाई सर्वसम्मत गराउनका लागि अन्य राजनीतिक दलहरूले देखाएको राजनीतिक सम्मानका लागि धन्यवादसमेत दिए । साथै सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए । समर्थक…

Read More

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन् । गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ गरुङ गृहमन्त्री बनेपछि भ्रष्टाचार काण्डमा मुछिएका व्यापारी देखि नेता सम्मलाई प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ ।

Read More

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद वैशाख ७ सम्म थप

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले चैत ८ गतेदेखि निष्कासन गरेको उक्त आईपीओमा अपेक्षित आवेदन नपरेपछि चैत २२ सम्म तोकिएको म्याद बढाएर अब वैशाख ७ गतेसम्म कायम गरिएको जनाएको छ । तोकिएको समयअघि नै मागभन्दा बढी आवेदन परेमा भने निष्कासन प्रक्रिया अगावै बन्द गरिनेछ । नेपाल धितोपत्र बोर्ड बाट ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरका २८ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले पहिलो चरणमा ७ लाख कित्ता…

Read More

डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिने भएको छ । संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गरिने कार्यसूची रहेको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका हुन् । उनको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए ।

Read More

उद्यमशिलतामा ग्रामीण महिलाहरुको छलाङ : प्रेरणादायी व्यवसायिक कथा

काठमाडौं । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित नवौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यतिबेला स्वदेशी पहिचान र महिला उद्यमीहरुको संघर्ष, साहस र सफलताको साझा मञ्च बनेको छ । ‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं, स्वदेशी उद्यमशिलतालाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ संचालन भएको मेलामा महिलाहरुले आफ्नो उत्पादन प्रदर्शनीमा राखेर प्रचार गरिरहेका छन् । स्टलहरुमा भेटिएका उद्यमी महिलाका संघर्ष र सफलताका कथाहरू सुन्दा लाग्छ अव नेपाली महिलाहरू केवल गृहिणीका रुपमा मात्र सीमित छैनन्, उनीहरू देशको अर्थतन्त्रका बलिया खम्बा बन्दै छन् । प्रदर्शनी कक्षभित्र पस्नेबित्तिकै नेपालका ७७ वटै जिल्लाको सुगन्ध र सीप एकै ठाउँमा संकलित…

Read More

कालिन्चोक हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्कासनको अनुमति नेपाल धितोपत्र बोर्ड बाट पाएको थियो । जसमध्ये केही हिस्सा प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड भइसकेको छ । अब ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता शेयर…

Read More

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । दुवै…

Read More