सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने,‘सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकति प्रदान गर्ने निर्णय भएको छ ।’ त्यस्तै उनले निर्माणाधिन संसद भवन परिसरमा जेनजी आन्दोलनका सहीदहरुको शालिक निर्माण गर्नेगरी सिंहदरबार परिसरको गुरु योजनाको संशोधन गर्न स्वीकृति दिने अर्को निर्णय गरेको पनि…

Read More

महिलाको सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव छैन : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिलाको वास्तविक सशक्तिकरण आर्थिक सबलीकरण बिना सम्भव नहुने बताएकी छन् । मिथिला आर्ट ट्रेनिङ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले समाजमा महिला सशक्तिकरणका नारा व्यापक रूपमा सुनिँदै आएको उल्लेख गर्दै त्यसलाई व्यवहारमा उतार्न आर्थिक आत्मनिर्भरताको आवश्यकता रहेको बताइन् । उनले भनिन्, ‘अहिले जताततै महिला सशक्तिकरणका नारा सुनिन्छन् । तर जबसम्म महिलालाई आर्थिक रूपमा सबल बनाउन सकिँदैन, तबसम्म गरिएका नारा र प्रयासहरूको खास अर्थ हुँदैन ।’ मन्त्री श्रेष्ठले नेपाललाई निर्वाचनमय देशको रूपमा चित्रण गर्दै जनसंख्याको ५१ प्रतिशत महिला भएपनि मतदानमा उनीहरूको सहभागिता सन्तोषजनक…

Read More

हेटौँडा–१५ मा खुलेआम गाँजा खेती, जनप्रतिनिधिकै संरक्षण ?

हेटौँडा । मकवानपुर जिल्लामा अवैध लागूऔषधविरुद्ध प्रहरी प्रशासनले कैलाश र राक्सिराङ गाउँपालिकामा मात्रै केन्द्रित रूपमा गाँजा तथा अफिम फडानी गर्दै आएको बेला हेटौँडा उपमहानगरपालिका–१५ का विभिन्न स्थानमा भने लामो समयदेखि खुलेआम गाँजा खेती भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्थानीयवासीको सूचनापछि हाम्रो मिडिया टोली स्वयं हेटौँडा–१५ अन्तर्गतका माझी खोला, सल्लाघारी, चिपरेटी, बासघारी, सलाकारी र बङ्गेरी आसपासका विकट क्षेत्रमा स्थलगत अनुगमनमा पुगेको थियो। अनुगमनका क्रममा ती क्षेत्रहरूमा पुग्न मुख्य बस्तीबाट करिब एक किलोमिटर पैदल यात्रा गर्नुपर्ने देखियो। अमरेशगञ्ज तथा अमलेखगञ्जतर्फबाट सहज पहुँच हुने गोरेटो बाटो प्रयोग गरी उक्त स्थानमा पुग्न सकिने…

Read More

अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन : कुलमान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय नहुने स्पष्ट पारेका छन् । उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए । उनले पार्टी १२ दिनसम्म ‘कोमा’मा पुगेको जस्तो अवस्था आएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई क्षति पुगे पनि अहिले तन्दुरुस्त भएर अघि बढेको दाबी गरे । उनले भने, ‘उज्यालो नेपाल पार्टी गठन भएको तीन महिना पनि पूरा भएको छैन । तीन महिना पूरा हुँदै गर्दा हामी १२ दिन…

Read More

कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गर्याे, १०६ जना नयाँ अनुहार मैदानमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ । प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए । ‘जहाँ–जहाँ बागी उम्मेदवारी परेको थियो, पार्टीले औपचारिक निर्देशन दिएको छ, धेरैजसो ठाउँमा फिर्ता समेत भइसकेको छ,’ उनले भने । उनका अनुसार कांग्रेसले सातै प्रदेश, जिल्ला, स्थानीय तहदेखि वडास्तरसम्म सम्पूर्ण संगठनलाई निर्वाचन केन्द्रित हुन स्पष्ट…

Read More

सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

काठमाडौं । नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् । उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित हुने बताए । सोही कारण पछिल्लो समय नेपाल सहित विश्वभर सुनचाँदीको मूल्य व्यापक रुपले बढेको उनले जानकारी दिए । ‘यो आजको मात्र होइन, सयौँ वर्षदेखि चल्दै आएको अभ्यास पनि यहि हो,’ उनले भने । शाक्यका…

Read More

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै, मकवानपुरमा चुनावी सरगर्मी बढ्दै, राप्रपा उम्मेदवार थोकर घरदैलो अभियानमा सक्रिय

मकवानपुर । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातिँदै गएको छ । उम्मेदवारहरू रणनीति निर्माण, टोल–टोल भ्रमण तथा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त देखिएका छन् । यसैक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामबहादुर थोकरले आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्रता दिएका छन् । विभिन्न समूह परिचालन गर्दै निर्वाचन क्षेत्रमा सक्रिय बनेका थोकर जनताको सेवक बन्ने उद्देश्यसहित घरदैलो कार्यक्रममा केन्द्रित छन् । थोकरको सचिवालयका अनुसार उनी बिहानदेखि साँझसम्म मतदाताकै घरआँगनमा पुगेर आफ्ना विचार, नीति तथा योजनाबारे जानकारी…

Read More

बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

काठमाडौं । निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशको नायक रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछाने भएको भन्दै महानयक बालेन शाह भएको दाबी गरेका छन् । सोमबार रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले देश अहिले बालेनमय भएको भन्दै उनलाई प्रधानमन्त्री बनाउँदा शहीदको सपना र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिने धारणा राखे । उनले भने,‘बालेन शाहलाई प्रधानमन्त्री बनायौं भने सहीदको सपना साकार गर्न र मधेशको छोराछोरीको भविष्य साकार पार्न सकिन्छ । त्यसलै बालेनलाई जिताउन आवश्यकता छ । जेनजी आन्दोलनको तमाम शहीदहरुको साक्षी राखेर घोषणा गर्न चाहन्छु कि देश बालेनमय भएको…

Read More

जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले अब मधेस जनता अधिकार माग्न काठमाडौं जान नपर्ने बताएका छन् । सोमबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले काठमाडौं घुम्न, पशुपति र स्वयम्भूको दर्शन गर्न मात्र जान आग्रह गर्दै अब अधिकार माग्न जान नपर्ने बताए । उनले भने,‘काठमाडौं घुम्न जानुहोस् । पशुपति स्वयम्भूको दर्शन गर्न जानुहोस् । अब अधिकार माग्न जाने होइन् । त्यो अधिकार अब यही प्रदेश प्रदेशमा नै उपलब्ध हुनेछ ।’ यस्तै उनले मधेसको छोरो अब प्रधानमन्त्री बन्ने भन्दै सबैले घण्टीमा भोट हाले सही समय र सही सरकार आउने दाबी…

Read More

छलछाम गरेर संसदबाट हटायो, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं : रवि लामिछाने

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट बाहिर निकालिएको दाबी गर्दै आगामी दिनमा रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाइ संसदमा फर्किने बताएका छन् । जनकपुरमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट अत्यधिक मतसहित निर्वाचित भए पनि षड्यन्त्रपूर्वक संसद सदस्य पद गुमाउनुपरेको बताए । उनले भने, ‘चितवनबासीले मलाई सबैभन्दा धेरै भोट दिएर संसदमा पठाएका थिए तर छलछाम गरेर संसदबाट निकालियो । हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद थिएँ, अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसदमा जानेछौं ।’ आफूमाथि निरन्तर मुद्दा…

Read More