यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई स्वास्थ्य संस्थामै विभेद !

काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको व्यक्तिहरु विभेदका कारण स्वास्थ्य संस्थासम्म सेवा लिन जान आनाकानी गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् । शुक्रबार काठमाडौंमा सेभ द चिल्ड्रेन्टको सहयोगमा नील हिरा समाजले आयोजना गरेका आयोजनामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका वालबालिका तथा युवाहरुको शिक्षा र स्वास्थ्य अवस्थाबारे छलफल कार्यक्रमका वक्ताहरुले अस्पतालमा गरिने विभेद् र हिंसा रोक्नुपर्ने बताएका हुन् । विभेदकै कारण समूदायका व्यक्तिहरु स्वास्थ्य संस्थामा नजाँदा जोखिम बढेको पनि उनीहरुले बताए । कार्यक्रममा प्रस्तोता पुष्पा जोशीले अस्पतालमा गरिने ब्यवहार र सोधिने प्रश्नहरुबाटै समूदायका व्यक्तिहरु विभेदमा पर्ने गरेको बताइन् । ‘अस्पतालमा…

Read More

बक्यौताको पुनरावलोकनमा प्राधिकरणले मार्गप्रशस्त नगरेको उद्योगीको गुनासो

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता सम्बन्धी विवादमा उद्योगीहरूले विद्युत् प्राधिकरणले पुनरावलोकनका लागि मार्गप्रशस्त नगरेको गुनासो गरेका छन् । अहिले सबै उद्योगीहरुले बक्यौता बापतको आफ्नो किस्ता रकम तिर्न थालेका छन् । तर उक्त किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएतापनि प्राधिकरणले त्यसलाई अवज्ञा गरेको उद्योगीहरुको गुनासो छ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रधानमन्त्री सुशीला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङसहितका अधिकारीहरूसँग गरेको छलफलमा, बक्यौता तिर्नुपर्ने उद्योगीले पहिलो किस्ता बुझाउने र सो किस्तालाई धरौटी मानेर पुनरावलोकनमा जाने सहमति भएको उद्योगीहरूले बताएका छन् । तर, सहमतिअनुसार किस्ता तिरेपनि प्राधिकरणले…

Read More

जेनजी क्रान्तिले पुस्तान्तरणको आवाज उठाएको छ, यो राम्रो पक्ष हो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले जेनजी क्रान्तिले आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होइन् पुस्तान्तरणका बीचमा संवाद गर्नुपर्छ भन्ने आयाम थपेको बताएका छन् । शुक्रबार काठमाडौं नागरिक समूहद्वारा आयोजित ‘व्यवस्था, अवस्था र निकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनले पुस्तानतरणका बीचमा संवाद गर्नुपर्छ भन्ने एउटा नयाँ दृष्टिकोण बनाएको बताएका हुन् । उनले भने,‘यो जेनजी क्रान्तिले एउटा नयाँ आयाम थपेको छ । हामीले संवाद गर्नुपर्छ भन्ने सिकाएको छ । आफूले आफूसँग र आफ्नो पुस्तासँगमात्र होईन् पुस्तान्तरणकाबीचमा संवाद गर्नुपर्छ । यो एउटा नयाँ दृष्टिकोण बनेको छ ।’ त्यस्तै उनले…

Read More

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रदेशवासीका लागि सम्बोधन, मधेशवादी दल र नेताको लहमा नलाग्न प्रदेशवासीलाई आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो नीजि निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे । उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए । कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको…

Read More

जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको स्पष्ट छानविन हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन् । नेपाल विद्युत व्यवसायी महासंघको १३ औँ बार्षिक साधारण सभा एवं छैठौँ महाधिवेशनमा बोल्दै उनले २३ र २४ गते भएको आन्दोलनमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरुमा धेरै नोक्सानी गराउनेहरुलाई कानुनी दायरामा ल्याउनपर्छ भन्दै छानबिनको माग राखेको बताए । उनले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा उठेका मागहरुमा निजी क्षेत्र र आम पब्लिकको पनि चाहना थियो । सबैको चाहनाले जुन…

Read More

गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

काठमाडौँ । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन् । बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए । उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभई…

Read More

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता

जनकपुर । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल माथि महाभियोग दर्ता गरिएको छ । सभामुख मण्डलले पदिय मर्यादा विपरित काम गरेको भन्दै ७ दलका ६४ जना सांसदले मधेश प्रदेश सभामा महाभियोग दर्ता गराएका छन् । महाभियोग दर्ता गराउनेमा जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ । सभामुख मण्डलले सभा कार्य सञ्चालन नियमावली २०७५, परिछ्चेद २१, नियम १८० अनुसार पदीय अनुकूल र पदीय आचरण अनुकूल कार्य नगरेकाले पदमुक्त गर्नसमेत माग गरिएको छ । प्रस्ताव पत्रमा सभामुख मण्डलले प्रदेश सभामा एक दलको…

Read More

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११:१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

Read More

हेटौंडामा तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ

मकवानपुर । मकवानपुरमा गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये तीन जनालाई अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुबास चन्द्र बोहोराका अनुसार आन्दोलनकाक्रममा हेटौंडा उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय सुशिल पौडेलको घरमा आगजनी तथा तोडफोड गर्ने घटनामा संलग्न रहेको आरोपमा ३६ वर्षीय सुजन अधिकारी र ३५ वर्षीय सुरेन्द्र राना मगरलाई नियन्त्रणमा लिइएको हो। दुवैजनामाथि आपराधिक उपद्रव तथा लुटपाट सम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालतबाट म्याद…

Read More

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ५६ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ५७ पैसा…

Read More