काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमनसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरी समयानुकूल ऐन जारी गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिबाट पेस भएको अध्यागमन ऐन, २०४९ तथा त्यसअन्तर्गत बनेका विधायनसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गर्दै मन्त्रालयबाट भइरहेका कामकारबाहीबारे जानकारी दिएका हुन् । उनले अध्यागमन ऐन, २०४९ तथा अध्यागमन नियमावली, २०५१, अध्यागमन कार्यविधि, २०६२ र परिपत्रका विषयमा गम्भीर तथा सार्वभौम प्रकृतिका व्यवस्थाहरू ऐनमै समेटिनुपर्नेमा नियमावली र कार्यविधिमा राखिएको उल्लेख गरे । प्रत्यायोजनको दायरा पुनःनिर्धारण गरी यस्ता गम्भीर विषयहरू ऐनमै समावेश…
Read MoreCategory: राजनीति
स्वतन्त्र मतदानले मात्र मुलुकमा सुशासन प्रवाह हुन्छ : निर्वाचन आयुक्त भण्डारी
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले काठमाडौंमा शुक्रबार आयोजित निर्वाचन र आम सञ्चार विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यशाला गोष्ठीमा मतदातालाई सचेत गराउनुपर्नेमा जोड दिएका छन् । भण्डारीले कार्यक्रममा भजेर्, अहिले मुख्य रूपमा मतदातालाई प्रशिक्षण दिनु अत्यावश्यक छ। भदौ २३ र २४ मा भएको बिद्रोह र त्यसको विषम परिस्थितिमा यस निर्वाचनको घोषणा गरिएको हो। यो आवधिक निर्वाचन नभई अग्रिम निर्वाचन हो। यस निर्वाचनको उद्देश्य मुलुकलाई अनुशासनको लयमा फर्काएर शान्ति, सुरक्षा कायम गर्दै सुशासन प्रवाह गर्न सक्षम व्यक्ति चयन गर्नु हो।’ उनले थप भनेर्, यदि मतदाता मतदान गर्नबाट…
Read Moreआजपाले सार्वजनिक गर्याे घोषणापत्र, व्यवस्था परिवर्तनदेखि ‘ग्लोबल आईटी हब’ सम्मका एजेन्डा
काठमाडौं । आम जनता पार्टी (आजपा) ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ । पार्टीले मुलुकको वर्तमान राजनीतिक अस्थिरता, आर्थिक संकट र दलतन्त्रको असफलतालाई प्रमुख आधार बनाउँदै ‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नारासहित व्यापक संरचनात्मक सुधारको प्रस्ताव अघि सारेको छ । घोषणापत्रमा देश हाल अस्थिर राजनीतिक संक्रमणबाट गुज्रिरहेको उल्लेख गरिएको छ । दुई–तिहाइको सरकार बर्खास्त, संसद् विघटन र ‘जेनजी आन्दोलन’पछि निर्धारित समयभन्दा अगाडि निर्वाचन गर्नुपर्ने अवस्था आएको दाबी गरिएको छ । हाल सुशीला कार्की नेतृत्वको चुनावी सरकार रहेको उल्लेख गर्दै आजपाले प्रत्यक्ष निर्वाचित कार्यकारी…
Read Moreकांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै प्रतिज्ञापत्र लेखिरहेको छ । उक्त प्रतिज्ञापत्र लेखन अन्तिम चरणमा पुगेको पार्टीले जनाएको छ । पार्टीका अनुसार हरेक क्षेत्रलाई समेटेर प्रतिज्ञापत्र बन्दैछ । यसैबीच स्वास्थ्य क्षेत्रमा समेट्नु पर्ने विषयमा शुभेच्छुक लोकतन्त्रवादी स्वास्थ्यकर्मीका तर्फबाट नेपाल स्वास्थ्यकर्मी संघका पूर्व महासचिव दीपक मुडभरीले सुझावपत्र बुझाएका छन् । उनले ४१ बुँदामा समेटेर स्वास्थ्यका विषय समेट्न आग्रह गर्दै पार्टी प्रवक्ता देवराज चालिसेलाई सुझावपत्र बुझाएका हुन् । उनले नेपालको स्वास्थ्य क्षेत्र पछिल्ला वर्षहरूमा पहुँचको हिसाबले विस्तार भए पनि गुणस्तर, समानता र दिगोपनको दृष्टिले…
Read Moreकाठमाडौं ६ को क्षेत्रगत, व्यक्तिगत र सामूहिक मुद्दाबारे जानकार छु, चुनाव जित्छु : सबुज बाँनिया
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बाँनिया(कृष्ण)ले काठमाडौंको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताएका छन् । विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र कार्यकर्ताहरुसँगको भेटले उत्साह थपेको बताउँदै विजयी हुनेमा विश्वास व्यक्त गरे । ‘हाल मतदाताहरुसँग भेट्ने काम गरिरहेका छौं । क्लस्टर क्लस्टरमा गएर भेट्ने, सुझाव लिने र प्रश्नहरुको उत्तर दिने साथै सहकार्य गर्दै अगाडि बढ्ने काम गरिरहेका छौं । यसक्रममा विशेषगरि राष्ट्रको समृद्धिको, सबै किसिमका जटिलता, त्यसको व्यवस्थापन…
Read Moreप्रतिनिधिसभा निर्वाचनमा कर्णालीका १० पूर्वसहकर्मीहरुको रोचक प्रतिस्पर्धा
सुर्खेत । आसन्न प्रतिनिधी सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन् । प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन् । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ । नेपाली काँग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन् । नेपाली काँग्रेस सुर्खेतका उपसभापति…
Read Moreएमाले उम्मेदवार सुहाङ नेम्बाङ निकट युवाद्वारा पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघ कारोबार दैनिक शाखाका सदस्य तथा वरिष्ठ पत्रकार सचित राईलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको ध्यानाकर्षण भएको छ । इलामको दमक–चिसोपानी सडक निर्माणसम्बन्धी विषयमा इलाम क्षेत्र नम्बर–२ का नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले सांसद बहाल रहँदै ‘सात दिनभित्र ठेक्का लगाइने’ भनी दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा सेयर गर्दै राईले प्रश्न गरेका थिए । सोही विषयमा इलामको माङसेबुङ गाउँपालिका निवासी विनोद साम्बाले फेसबुकमार्फत राईलाई समाचार नलेख्न चेतावनी दिँदै ज्यान मार्ने धम्की दिएको महासंघको आरोप छ । धम्की दिने विनोद साम्बा…
Read Moreसंविधान कार्यान्वयनका लागि १४६ वटा ऐन जारी : मन्त्री सिन्हा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नेपालको संविधान जारी भएसँगै त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाइरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री सिन्हाले संविधान कार्यान्वयनका लागि पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्य निरन्तर भइरहेको जानकारी दिए । उनले संविधान जारी भएपछि हालसम्म १४६ वटा छुट्टाछुट्टै ऐन जारी भइसकेको बताए । उनले भने, ‘नेपालको संविधान जारी भएसँगै संविधान कार्यान्वयनका लागि बनाउनुपर्ने कानुनहरु पहिचान, प्राथमिकीकरण तथा कानुन निर्माणको कार्यालय नेपाल सरकारले उच्च प्राथमिकताका साथ सम्पादन गर्दै आइरहेको छ…
Read Moreकाठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए । उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिदैँन् । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ…
Read Moreदेश निर्वाचनमय भइसकेको छ, पार्टी थप सुदृढ हुँदैछ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान जटिल राजनीतिक परिस्थितिमा जनतामाझ जाने सबैभन्दा उपयुक्त माध्यम निर्वाचन नै भएको बताएका छन् । सोमबार काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ ले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश निर्वाचनको संघारमा पुगेको उल्लेख गरे । उनले निर्वाचन कसरी अगाडि बढ्ने भन्ने विषयमा राष्ट्रिय राजनीतिमा व्यापक तनाव र बहस भएको स्मरण गराउँदै सर्वदलीय र सर्वपक्षीय सरकार तथा संसद पुनःस्थापनाका विषयहरू पनि उठेको बताए । ‘तर हामी सुरुदेखि नै यही निष्कर्षमा डटेर उभिएका छौँ कि आजको जटिल राजनीतिक…
Read More